Khabar Dabali २७ कार्तिक २०८२ बुधबार | 12th November, 2025 Wed
Investment bank

हमासले ७२ घण्टाभित्र २० बन्धक रिहा गर्ने, विपिन जोशीको अवस्था अज्ञात

खबरडबली संवाददाता

काठमाडौं । गाजामा जारी द्वन्द्व अन्त्यका लागि इजरायलले युद्धविराम र बन्धक मुक्तिसम्बन्धी अमेरिकी प्रस्ताव स्वीकृत गरेको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले एक विज्ञप्ति जारी गर्दै उक्त योजना अनुमोदन भएको पुष्टि गरेको हो।

प्रधानमन्त्री नेतन्याहूले यस सहमतिलाई "ऐतिहासिक प्रगति" भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि सम्झौताको पहिलो चरणअनुसार सोमबार वा मंगलबारसम्म इजरायली बन्धकहरू मुक्त हुने अपेक्षा व्यक्त गरेका छन्। इजिप्टको मध्यस्थतामा इजरायल र हमासबीच उक्त प्रारम्भिक सहमति भएको जनाइएको छ।

सम्झौता अनुसार, हमासले जीवित रहेको विश्वास गरिएका २० बन्धकलाई आगामी ७२ घण्टाभित्र रिहा गर्नुपर्नेछ। साथै, मृत्यु भइसकेका २८ बन्धकको शव पनि पछि फिर्ता गरिनेछ, तर यसमा कति समय लाग्ने भन्ने अझै स्पष्ट भएको छैन।

इजरायलले यो सम्झौताको भागस्वरूप सयौँ प्यालेस्टाइनी कैदीहरूलाई पनि रिहा गर्नेछ।

नेपालका विपिन जोशी र अर्का एक व्यक्तिको अवस्थाबारे भने अझै कुनै जानकारी सार्वजनिक गरिएको छैन।

सम्झौता स्वीकृत भएसँगै अब छिट्टै युद्धविराम लागू हुने अपेक्षा गरिएको छ।

योजनाअनुसार, इजरायली सेना गाजा पट्टीको करिब ५३ प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा राख्दै एक सीमित रेखासम्म फिर्ता हुनेछ। 

यो प्रक्रिया तीन चरणमा सम्पन्न हुने बताइएको छ, जसको पहिलो चरण हाल सुरु भएको हो। गत साता ह्वाइट हाउसले सार्वजनिक गरेको नक्सा अनुसार यो सैनिक फिर्तीको प्रारम्भिक चरण हो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दर्शकले रुचाउन थाले नेपाली चलचित्र, घरेलु बजारमा राम्रो व्यापार

काठमाडौँ । गत तिहारको अवसर पारेर प्रदर्शन गरिएका नेपाली चलचित्रलाई दर्शकले साथ दिएका छन् । केही वर्षअगाडि सम्म तिहारमा नेपालीभन्दा विदेशी चलचित्रको...

सोनापुर मिनरलले बुझायो बिजुलीको बक्यौता, जोडियो लाइन

काठमाडौँ । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयालले उपभोग गरेको बिजुलीको बक्यौता बुझाएको छ ।  मङ्गलबार उक्त उद्योगले पहिलो किस्ताबापत रु ८...

प्रचण्ड-माधव पार्टी एकता गरेपछि समाजवादी मोर्चाबाट अलग भए विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चाबाट अलग भएको छ । महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्...

मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेसका ७४ सांसदको रिटमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध दायर गरिएको रिटमा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ। प्रदेशका ७४ जना सांसदहरूले ...

देशभर मौसम सफा रहने, कोशी र बागमतीमा हल्का वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी र वाग्मती प्रदेशका पहाडी भाग...

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

चितवन । मङ्गलबार साँझ इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार...

प्रचण्ड-माधवसँग आज मिसिँदै भीम रावल, नारायणकाजीपछिको छैटौँ वरीयतामा रहने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानबीच आज एकता घोषणा हुँदैछ।  राष्ट्रिय सभागृहमा बुधबार दिउँसो २ बजे एकत...

च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गर्दै पूर्णबहादुर

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमका पूर्णबहादुर नेपाली च्याङ्ग्रापालन व्यवसायबाट वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन्। ...

२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

काठमाडौँ ।  गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ ।  यस वर्ष प्रदर्शनमा आएका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending