काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ्गकी तत्कालीन उपकुलपति प्राडा। सङ्गिता सिंह भण्डारीसहित १३ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ।
गैरकानुनी लाभ लिई संस्थालाई आर्थिक हानि पुर्याएको आरोपमा विशेष अदालत, काठमाडौँमा बिहीबार आरोपपत्र दायर गरेको जानकारी आयोगले दिएको छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुुसार, एमआरआई मेसिन खरिद प्रक्रियामा प्रचलित सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ को उल्लङ्घन गर्दै बदनियतपूर्वक निर्णय, प्रक्रिया र मूल्याङ्कन गरिएकाले प्रतिष्ठानलाई करिब ६२ लाख रुपियाँभन्दा बढी आर्थिक क्षति पुर्याइएको ठहर गरिएको हो।
मेसिन खरिदमा खरिद आवश्यकताको पहिचान र गुरुयोजना बिना बजेट माग, निश्चित कम्पनीलाई मात्र मेल खाने गरी प्राविधिक स्पेसिफिकेसन तयार पारिएको र एकै परिवारद्वारा सञ्चालित कम्पनीहरूमार्फत दररेट माग गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार राष्ट्रियस्तरको बोलपत्रमा नेपाली रुपियाँमा सम्झौता गर्नुपर्ने प्रावधान हुँदाहुँदै पनि अमेरिकी डलरमा शुल्क र भन्सार खर्चसमेत प्रतिष्ठानको कोषबाटै भुक्तानी गरिएको पाइएको छ।
यसरी कुल १२ करोड ७ लाख ६० हजार ९४६ रुपियाँ १८ पैसा बराबरको खर्च भई प्रतिष्ठानलाई ६२ लाख ६० हजार ९४६ रुपियाँ बराबरको अतिरिक्त आर्थिक हानि पुगेको आयोगको निष्कर्ष छ।
आयोगले प्रतिवादीहरूलाई भ्रष्टाचार निवारण ऐनको दफा ८ बमोजिम कैद सजाय, विगो रकम बराबर जरिवाना र बिगो असुलउपर गर्न माग गरेको छ।
साथै, ऐनको दफा १९ र २२ बमोजिम अतिरिक्त सजायसमेत माग गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएको छ ।
अनियमिततामा संलग्न १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आरोपितहरू
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्राडा.सङ्गिता सिंह भण्डारी
तत्कालीन कार्यवाहक रजिष्ट्रार झन्कार लामिछाने
तत्कालीन फाइनान्स मेनेजर कैलाशप्रसाद देव
बायोमेडिकल इन्जिनियर शरद भण्डारी
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी
डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मी
शाखा अधिकृत छायाँ डीसी
शाखा अधिकृत श्रीराम चौधरी
आइटी अफिसर हीरालाल भण्डारी
सिभिल इन्जिनियर मदन भण्डारी
वरिष्ठ सहायक अन्जु शर्मा
स्वास्थ्य सेवा विभागकी बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई
लुम्बिनी हेल्थकेयर प्रालिका अध्यक्ष पोष्टराज ज्ञवाली
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - १७:५४
काठमाडौं । सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको मन्...
चैत्र १६ गते, २०८२ - १७:२१
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ अनुमति दिन जिल्ला अदालतले अस्वीकार गरेको छ। धादिङकी शोभा पाठकले पहिल्यै दर्ता गरिएको तामेली मुद...
चैत्र १६ गते, २०८२ - १७:११
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बन्दी प्रत्यक्षीकरणमा छोड्न अदालतले अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाध...
चैत्र १६ गते, २०८२ - १७:०३
काठमाडौँ। जुम्लाको तातोपानी गाउँपालिका वडा नं. १ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्र बहादुर महतसहित तीन जनाविरुद्ध छात्रावृत्ति...
चैत्र १६ गते, २०८२ - १६:५४
काठमाडौं । यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले उ...
चैत्र १६ गते, २०८२ - १६:४८
काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग ग...
चैत्र १६ गते, २०८२ - १६:३८
काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूमाथि ज्यान मार्ने धम्की आएको भन्दै नेपाल प्रहरी साइबर ब्युरोमा उजुरी दिएका छन्। साम्पा...
चैत्र १६ गते, २०८२ - १६:३०
काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। आजको बैठक बालेन शाह नेतृत्वमा बसेको दोस्रो ब...
चैत्र १६ गते, २०८२ - १६:२१
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छिन् । त्रिभुवन विश्वव...
चैत्र १६ गते, २०८२ - १६:०६
काठमाडौं । अर्थ मन्त्रालय ले एकैपटक ३० जना उपसचिवहरूको सरुवा गरेको छ। मन्त्रालयका अनुसार अर्थमा कार्यरत उपसचिवहरूलाई भन्सार विभाग, आन्तरिक राजस्व विभा...


प्रतिकृया लेख्नुहोस्: