Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

रातो राहदानीः सत्ताको रंग र संस्कृतिको छायाँ

सांसदले राहदानी फिर्ता नगरेको प्रसङ्गले देखाएको राजनीतिक चरित्र

खबरडबली संवाददाता

काठमाडौं ।  प्रतिनिधि सभा विघटन भएको एक महिना नाघिसक्दा पनि अधिकांश निवर्तमान सांसदहरूले अझै आफ्नो कूटनीतिक राहदानी  अर्थात् रातो पासपोर्ट  फिर्ता गरेका छैनन्।  संघीय संसद् सचिवालयका अनुसार दुई सयभन्दा बढी सांसदमध्ये जम्मा छ जनाले मात्र कानुनले तोकेको दायित्व पूरा गरेका छन्।

यो केवल प्रशासनिक बेवास्ता होइन, यो हाम्रो राजनीतिक संस्कृतिको दर्पण हो । जहाँ पद गुमे पनि सुविधा गुमाउनु नपर्ने सोच सत्तासँगै टाँसिएको छ।

नियम स्पष्ट  व्यवहार अस्पष्ट

राहदानी नियमावली २०७७ को नियम १८ अनुसार, पदमा नरहेका व्यक्तिले एक महिनाभित्र आफ्नो र परिवारको नाममा जारी भएको कूटनीतिक वा विशेष राहदानी परराष्ट्र मन्त्रालयमा बुझाउनुपर्छ। तर,  समयसीमा सकिन लाग्दा पनि बहुसंख्यक सांसदहरू मौन छन्। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका शब्दमा “पद सकिएपछि स्वतः राहदानी फिर्ता गर्नुपर्ने हो, तर धेरैले बुझाएका छैनन्।”

यो मौनता केवल अनभिज्ञता होइन । सत्ता र जिम्मेवारीबीचको गहिरो दूरीको प्रतीक हो। नेपालको राजनीतिक संस्कृतिमा सार्वजनिक पद अझै पनि व्यक्तिगत हैसियतको रूपमा बुझिन्छ।  संसद् विघटन भए पनि गाडी, ड्राइभर, सुरक्षा, घर र पासपोर्टजस्ता राज्य–सुविधा तत्काल फिर्ता गर्ने परिपाटी दुर्लभ छ।

नेपालमा राजनीतिक पदसँगै आउने विशेषाधिकारलाई स्वतःस्फूर्त रूपमा त्याग्न सक्ने नेतृत्वको खोजी आज पनि चुनौती बनेको छ।

नेताहरू कानुनी दायित्व पूरा गर्न हिच्किचाउँछन् भने, जनताले उनीहरूबाट नैतिक नेतृत्वको अपेक्षा कसरी गर्न सक्लान् ?

‘नयाँ पुस्ता’ पनि पुरानो बाटोमा

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई राहदानी र परिचयपत्र फिर्ता गर्न निर्देशन दिएको थियो। तर, त्यसको पालना गर्ने एक मात्र सांसद ठहरिइन् — तोसिमा कार्की।
यो सानो तथ्यले ठूलो सन्देश दिन्छ —नयाँ भनिएका दलहरू पनि पुरानो सत्ताको सहजताबाट मुक्त हुन सकेका छैनन्। राजनीतिक नविनता केवल भाषणमा सीमित छ, व्यवहारमा होइन।

संसद् सचिवालयले राहदानी लिएका सबैको विवरण संकलन सुरु गरेको छ। नियमले  तोकिएको अवधिभित्र फिर्ता नभए, ती राहदानीहरू रद्द गर्न सकिन्छ भन्छ । तर, नेपालमा कानुनले होइन, पहुँचले निर्णय गर्ने चलन अझै बाक्लो छ।

यदि यसपटक सचेत प्रशासनले नियमलाई कडाइका साथ लागू गर्न सक्यो भने, त्यो लोकतान्त्रिक आचरणतर्फको सानो तर महत्वपूर्ण कदम हुनेछ।  लोकतन्त्र केवल निर्वाचनको प्रणाली होइन । यो संस्कारको अनुशासन पनि हो।

रातो राहदानी फिर्ता नगर्ने सांसदहरूले जनतालाई सन्देश दिएका छन् । हाम्रो राजनीति अझै पनि सुविधा–केन्द्रित छ, जवाफदेहीता–केन्द्रित होइन। राजनीतिक पद गुमेपछि पनि राज्यको साधनलाई आफ्नो सम्पत्ति ठान्ने बानी जबसम्म अन्त्य हुँदैन, नयाँ अनुहारहरू आए पनि पुरानो संस्कृतिले देशलाई उही ठाउँमा बाँधिरहन्छ।

रातो राहदानी फिर्ता नगरेर सांसदहरूले सायद राज्यलाई ठूलो क्षति पु¥याएका छैनन् । तर लोकतन्त्रले फेरि एकपटक  विश्वासको एउटा रंग हराएको छ।

सत्तामा रहँदा मात्रै होइन, सत्ताबाट बाहिरिँदा पनि जिम्मेवारी देखाउने चरित्र लोकतन्त्रको मेरुदण्ड हो।  रातो राहदानी फिर्ता नगर्ने सांसदहरूको मौनता कानुनी उल्लङ्घन मात्र होइन, राजनीतिक परिपक्वतामाथिको प्रश्न पनि यही हो । कतै हामी अझै पदलाई सेवा होइन, सुविधा ठान्ने देशमै त  छैनौं ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

बागमतीमा नेकपाभित्र मतभेद छताछुल्ल, माधव पक्षधर सांसदद्वारा संसदीय दलको बैठक बहिस्कार

काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...

सरकारद्वारा ११२ शाखा अधिकृतको सरुवा, विभिन्न मन्त्रालय र कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...

श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे   । बौद्धमा खाजा घर सञ्च...

सद्भाव कसले भड्काउँदै छ ? सुनसरी घटनापछि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...

२४ उपसचिवको सरुवा, मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, दिनभर तीन पटक अवरुद्ध

काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...

जापानमा ७।१ म्याग्निच्युडको भूकम्प स् सुनामीको चेतावनी फिर्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending