Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

सुरुमा गोली चलाउने प्रहरी, क्रमश: माथिल्लो ओहदाका हुँदै तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीसँग बयानको तयारी

खबरडबली संवाददाता

काठमाडौँ । जेन–जी आन्दोलनमा भएको दमन र विध्वंस घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले गत २३ भदौमा नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनकारीमाथि भएको दमनमा केन्द्रित भई छानबिन र चरणबद्ध बयान अघि बढाउने भएको छ । 

प्रारम्भिक चरणमा गोली चलाउने प्रहरीको हुँदै माथिल्लो ओहदामा रहेका अधिकारीहरूको बयान लिने आयोगको तयारी छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई तीन महिनाभत्र काम सक्ने जिम्मेवारी छ ।

आयोगका एक पदाधिकारीका अनुसार सुरुमा फिल्डमा खटिएका प्रहरी तथा उनीहरूका कमान्डरको बयान लिइनेछ । त्यसपछि क्रमश: सिडिओ, आइजिपी, गृहसचिव, तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीको बयान लिने प्रक्रिया अगाडि बढाइने ती पदाधिकारीले बताए । ‘२३ गते बानेश्वरमा किन बढी बल प्रयोग भयो भनेर पत्ता लगाउनु हाम्रो मुख्य दायित्व हो,’ आयोगका ती पदाधिकारी भन्छन्, ‘जसकारण पहिला फिल्डका प्रहरी हुँदै माथिल्लो तहसम्म बयान लिएर वास्तविकता पत्ता लगाउँछौँ ।’

बयानका लागि आयोगले सरकारसँग थप जनशक्ति माग गरेको छ । विशेषज्ञ र आवश्यक जनशक्ति प्राप्त हुनासाथ छानबिनको काम तीव्र पार्ने आयोगको तयारी छ । सरकारले हाल आयोगमा सहसचिवसहित सात कर्मचारी खटाएको छ ।

आयोगका अध्यक्ष कार्की कार्यादेशअनुसार अब छानबिनको कामलाई तीव्रता दिइने बताउँछन् । ‘विशेषज्ञ र थप जनशक्ति उपलब्ध भएसँगै छानबिनको कामले तीव्रता पाउँछ,’ उनी भन्छन्, ‘छानबिनका प्रक्रिया धेरै बाहिर ल्याउन मिल्दैन, हामीले काम गरिरहेका छौँ ।’

आयोगलाई सरकारले मानवीय तथा भौतिक क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीको सम्बन्धमा आवश्यक राय दिने कार्यादेश दिएको छ । गत ६ असोजदेखि काम सुरु गरेको आयोगलाई तीन महिनाको समय दिइएको छ ।

आन्दोलनका पीडित पक्ष तथा जेन–जी अगुवाहरूले आन्दोलनमा दमन गर्ने तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकमाथि कारबाहीका लागि निरन्तर दबाब दिइरहेका छन् । तर, गृह मन्त्रालयका अधिकारीहरूले आयोगकै सिफारिसअनुसार कारबाही प्रक्रिया अगाडि बढ्ने बताएका छन् ।

आयोगले यसअघि नै तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकसहित तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन गुप्तचर प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सिडिओ छविलाल रिजाललाई विदेश जान रोक लगाउने निर्णय गरेको थियो । सोधपुछका लागि जुनसुकै वेला बोलाउनुपर्ने भएकाले उपत्यकाबाहिर जानसमेत अनुमति लिन भनिएको छ । फिल्डमा खटिएका प्रहरी र उनीहरूको कमान्डको विवरण यही साता माग्ने आयोगको तयारी छ ।

आयोगको कार्यालय हाल बबरमहलस्थित जल तथा मौसम विज्ञान विभागमा रहेकोमा ठाउँ नपुग्ने भएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुरानो भवनमा सार्न लागिएको छ । आन्दोलनको क्रममा जलेको सो भवनका कतिपय कोठाहरू प्रयोग गर्न सकिने भएकाले आयोगको कार्यालय त्यहाँ सार्न लागिएको हो । आयोगमा १० जना प्रहरी कर्मचारीसमेत माग गरिएको छ ।

आयोगको सदस्यमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी छन् । आयोगलाई २३ र २४ गते भएको प्रदर्शनमा भएको क्षतिको विस्तृत छानबिन गर्ने जिम्मेवारी दिइएको छ । आयोगको प्रतिवेदन आएपछि मात्र तोडफोड तथा क्षतिको अनुसन्धान गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ । यो समाचार आजकोे नयाँ पत्रिका दैनिकले लेखेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending