काठमाडौँ। २०८२ फागुन २१ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका तयारी तथा कार्यक्रमबारे नेपाल सरकारका मन्त्रीहरू र निर्वाचन आयोगबीच आइतबार छलफल भएको छ।
छलफलमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, गृह मन्त्री ओम प्रकाश अर्याल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारी, निर्वाचन आयुक्त डा। जानकी कुमारी तुलाधर, निर्वाचन आयुक्त सगुन शम्शेर जबरालगायतका पदाधिकारीहरू सहभागी थिए।
छलफलका क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रतिनिधि सभा निर्वाचनको तयारीका बारेमा आयोगले गरेको काम–कारबाहीको जानकारी गराएको थिए ।
सो अवसरमा नेपाल सरकारको तर्फबाट स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी निर्वाचन सम्पन्न गर्न आवश्यक स्रोत, साधन र शान्ति सुरक्षाको भरपर्दो व्यवस्था सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरिएको जानकारी आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले दिए।
उपनिर्वाचन स्थगित
यसैबीच, मनाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। १ अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र नं। २ को उपनिर्वाचन स्थगित गरिएको छ। आयोगले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मिति २०८२ असोज १७ गतेका लागि तोकिएको उक्त उपनिर्वाचन हाललाई स्थगन गरिएको हो।
आयोगले स्पष्ट पारेको छ कि भदौ २३ गतेदेखि भएको आन्दोलनका कारण स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि पूर्व निर्धारित कार्यतालिकाअनुसारका कार्यक्रम सञ्चालनमा असर परेकाले उक्त निर्णय गरिएको हो।
निर्वाचन आयोगले आसन्न निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, मतदाता तथा सम्पूर्ण सरोकारवालामा सहयोगका लागि आग्रह गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...




प्रतिकृया लेख्नुहोस्: