Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

रतुवा खोलामा आएको बाढीले ६५ भन्दा बढी परिवार प्रभावित

खबरडबली संवाददाता

दमक। अविरल वर्षासँगै रतुवा खोलामा आएको बाढीका कारण झापाको कमल गाउँपालिका वडा ७ मा ६५ भन्दा बढी घर डुबानमा परेका छन् । गाउँपालिका अध्यक्ष हुकुमसिंह राईका अनुसार कमल गाउँपालिकामा वडा ७ सबैभन्दा बढी प्रभावित बनेको पाइएको छ ।

बाढीका कारण २६ घर परिवारलाई सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको र थप ४२ घरपरिवार डुबानका कारण प्रभावित बनेको राईले जानकारी दिए। वडा कार्यालयको संयोजनमा तत्कालै खानेकुरासहितको राहत प्रदान गरिएको उनले बताए।

स्थानीयको घरगोठसहित स्थानीय विद्यालय, मन्दिर लगायतका सार्वजनिक स्थलहरु समेत बाढीका कारण प्रभावित बनेको वडाध्यक्ष पृथ्वीपति राईले बताए। सोमबार बिहानदेखि पानीको बहाव कम भएपछि केही सहज भएको उनको भनाइ छ ।

वडा ६ को खयरबारीमा पनि खोलाको किनारमा कटान तीव्र बनाएर तटबन्ध भत्काउने अवस्थामा पुग्न लागेको वडाध्यक्ष नरेन्द्र भट्टराईले बताए। सशस्त्र प्रहरी र स्थानीय मिलेर तटबन्ध जोगाउने काम सुरु गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोलुखुम्बुका तत्कालीन मालपोत प्रमुखसहित तीन जनाविरुद्ध २० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिको हिनामिना र भ्रष्टाचार गरेको अभियोगमा केशवबहादुर कार्कीसहित चार जनाविरुद्ध भ्रष्टाचार...

मानव फेरि चन्द्रतर्फ, नयाँ इतिहास सुरु

फ्लोरिडा। करिब पाँच दशकपछि मानवयुक्त अन्तरिक्ष यात्रा पृथ्वीको कक्षाभन्दा बाहिर निस्कँदै चन्द्रमातर्फ अग्रसर भएको छ । नासाको आर्टेमिस द्वितीय मिसन अन्...

सरकारी कार्यालयमा बिचौलियाको प्रवेश निषेध

सप्तरी। जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारी कार्यालय परिसरमा अनधिकृत रूपमा सक्रिय रहदै आएका ‘बिचौलियाहरूको प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ । ...

सभामुखमा रास्वपाका डीपी अर्याल निर्विरोध निर्वाचित

काठमाडौँ। प्रतिनिधि सभाको रिक्त सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालको एकल उम्मेदवारी दर्ता भएको ...

एमाले सचिवालय बैठक सुरु, बादलको अभिव्यक्तिमाथि छलफल हुने

काठमाडौं । नेकपा एमाले को सचिवालय बैठक सुरु भएको छ। पार्टी मुख्यालय च्यासलमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बैठक बसेको हो। य...

सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

सिन्धुली। सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बिपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।  काठमाडौँबाट काँकडभि...

सर्लाहीमा मोबाइल लगेर चिट चोर्ने तीन परीक्षार्थी पक्राउ

सर्लाही। सर्लाहीको गोडैतामा एसईईको परीक्षा केन्द्रभित्रै मोबाइल फोन लगेर चिट चोरी गर्ने तीन जना परीक्षार्थी शुक्रबार पक्राउ परेका छन् ।  गोडैता नगर...

मादक पदार्थ सेवन गरी होहल्ला गर्ने पाँच पक्राउ

दमक। दमकमा रातिको समयमा मादक पदार्थ र लागु औषध सेवन गरेर होहल्ला गर्ने तथा अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको ...

नेकपाले सभामुखमा अर्याललाई समर्थन गर्ने, उपसभामुख पदमा भने दाबी गर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। उसले राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार डोलप्र...

सभामुख पदमा उम्मेदवारी दिने एमालेको तयारी

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दिने वा नदिने विषयमा छलफल गरेर निर्णयमा पुग्ने जनाएको छ। सभामुख निर्वाचनका लागि आज दिउँ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending