बरहथवा (सर्लाही)। अविरल वर्षापछि आएको बाढीले यहाँको जनजीवन प्रभावित बनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लखन्देही खोलामा आएको बाढीले करिव एक हजार ६१९ परिवारलाई प्रभावित बनाएको र उनीहरुलाई अन्यत्र सारिएका छन् ।
बाढीमा फसेका १९ जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ । जिल्लाको लखन्देही, झिम, बाँके, सोती, मनुस्मारालगायतका खोलामा पानीको वहाव उच्च भएको छ भने बागमती नदीको बाढीलेसमेत जिल्लाको दक्षिणी क्षेत्र बलरा नगरपालिकाको चार गाउँ डुबानको जोखिममा पारेको छ ।
जिल्लामा सबै भन्दा धेरै लखन्देही खोलाले क्षति पु¥याएको प्रहरीले जनाएको छ । सो खोलामा आएको बाढीले चक्रघट्ट गाउँपालिका–१, पडरियामा २० कच्ची घरमा पूर्णरुपमा क्षति पुगेको छ भने कौडेना गाउँपालिका–३, मा १५० मिटर हुलाकी सडक क्षति पु¥याएको छ । जिल्लाको ब्रह्मपुरी गाउँपालिका–७, मा रहेको कलभट आदवारा खोलामा आएको बाढीले बगाउँदा ब्रह्मपुरी–भक्तिपुर–चौलिखा सडक अवरुद्ध भएको छ ।
बाढी तथा डुबानका कारण जिल्लाको बसवरिया गाउँपालिका, चक्रघट्ट गाउँपालिका, मलङ्वा नगरपालिका, बलरा नगरपालिका, धन्कौल गाउँपालिका, बरहथवा नगरपालिका, कौडेना गाउँपालिका, ब्रह्मपुरी गाउँपालिका, हरिवन नगरपालिका, गोडैता नगरपालिका र कबिलासी नगरपालिकामा स्थानीय प्रभावित भएका छन् । प्रहरी कार्यालयका अनुसार लखन्देही खोलाको बाढीले चक्रघट्ट गाउँपालिका–५, मा १८ घर स्थानीय विस्थापित भएका छन् । विस्थापित परिवारले नजिकै छिमेकीका बसेका छन् ।
यस्तै जिल्लाको बसवरिया गाउँपालिकास्थित बागमती खोलामा फसेका दुई जनालाई प्रहरीले उद्धार गरेको थियो । लखन्देही खोलाको पानीले मङ्गवा नगरपालिका–५, भाडसरका घरमा पानी पसेको थियो । यसैगरी मलङ्वा नगरपालिका–८, गोरखकालीमा रहेको भन्सार कार्यालय र प्रहरी चौकीमा पानी जमेको छ ।
यसैबीच बलरा –१, ३, ४ र ५ नम्बर वडामा गरी नौ सय घर डुबानमा परेको छ । वडा नं १ को छन्की टोलका ५० परिवार पानीमा घर डुबेपछि विस्थापित भएका हुन । सोही पालिकाको वडा नं ४ को सहनी टोला र मुस्लिम टोला डुबानमा परेको छ । घरहरू डुबानमा परे पनि स्थानीयलाई सुरक्षितसँग बागमती ड्याममा राखिएको छ ।
मनुस्मारा खोला र वर्षाको पानीले जिल्लाको धन्कौल गाउँपालिका–३, हरकठवा र वडा नं ४ महिनाथपुर जोखिममा परेको छ । खोलाको पानी जुनसुकै बेला गाउँ पस्नसक्ने जोखिम रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । उक्त खोलाको पानीले धन्कौलबाट रौतहटको धरमपुर जोड्ने बाटो अवरुद्ध भएको छ ।
यस्तै बरहथवा नगरपालिकामा सोती खोला र टिकुलिया खोलाको पानीले वडा नम्बर ७ र १६ का बस्तीमा जोखिम निम्त्याएको छ । यसैबीच जिल्लाको कौडेना गाउँपालिका–७, शिवनगर, वडा नं ३ कौडेना, वडा नं–५, पर्सा र छप्कैया, वडा नं–६, सक्रौलमा लखन्देही खोलाको बाढी पसेर ठूलो क्षति पु¥याएको छ । खोलेले बाँध कटान गर्दा शिवनगर गाउँमा पानी पसेको छ ।
उक्त स्थानबाट प्रहरीले १७ जना स्थानीयलाई उद्धारसमेत गरेको छ । वर्षाले घरको पर्खाल भत्किँदा कविलासी नगरपालिका–२, पिपरियामा अन्दाजी ९ वर्षकी शिवानी सिंहको खुट्टाको हड्डी भाँच्चिएको छ । कविलासी–८, अघर्वा र वडा नं–४, हेमपुरमा पनि पानीको निकास नहुँदा घरहरुमा पानी पसेको हो ।
गोडैता–८, प्रहरी चौकी गोडैता र चन्द्रनगर–५, स्थित प्रहरी चौकी मोहनपुरको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै ब्रह्मपुरी –४ स्थित झिम खोलामा आएको बाढीलाई ड्याम निर्माण गरेर रोकथाम गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: