काठमाडौं । नेकपा एमालेभित्र नेतृत्वको बदलाबको बहस तीव्र बन्दै गएको छ। पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीलाई ‘अर्ली महाधिवेशन’ (छिटो महाधिवेशन) गरेर मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै धेरै नेताहरू सक्रिय भएका छन्।
पार्टी सचिवालय र पदाधिकारीहरूकै बहुमतले ओलीलाई राजीनामा दिन सुझाउँदै आएका छन्। २०८३ मंसिरमा हुने नियमित महाधिवेशनको सट्टा पार्टीभित्र समयभन्दा पहिला महाधिवेशन गरेर नेतृत्वमा फेरबदल गर्नुपर्ने आवाज तीव्र भएको हो।
२०७८ मंसिरमा दसौँ महाधिवेशन गरेर ओलीले तेस्रो कार्यकालका लागि विधान संशोधनमार्फत बाटो खोलेका थिए। तर पछिल्ला राजनीतिक उथलपुथल, विशेषगरी जेन–जी आन्दोलनपछि पार्टीभित्रको असन्तुष्टि चुलिएको छ।
पार्टी अध्यक्ष ओलीलाई सचिवालय र पदाधिकारीहरूको बहुमतले नेतृत्वबाट राजीनामा दिन दबाब दिइरहेका छन्। ओलीले सुरुमा ती नेताहरूविरुद्ध कारबाहीको तयारी गरे पनि सचिवालयमा बहुमत गुमाएपछि उक्त योजना थाँती राखिएको बताइन्छ।
अब ओली आफैँ महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न सहमत हुने वा आफूले रोजेको व्यक्तिलाई अघि सार्ने मनस्थितिमा पुगेको बुझिएको छ।
पार्टी उपाध्यक्ष गुरु बरालका अनुसार, प्रतिनिधि सभा चुनाव २०८२ फागुन २१ गते तोकिएपछि एमालेमा नयाँ जनसमर्थन जुटाउन महाधिवेशन आवश्यक भएको तर्क गर्दै आएका छन्।
असोज २४ गते ओली निवास गुन्डुमा बस्ने सचिवालय बैठकले महाधिवेशनबारे निर्णय लिई असोज २७, २८, २९ मा बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्ताव लैजाने तयारी भइरहेको छ।
उपमहासचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले पनि नेतृत्व चयनका लागि महाधिवेशन आवश्यक रहेको बताएका छन्। तर, यसबारे स्पष्ट एजेन्डा अझै तय नभएको उल्लेख गरेका छन्।
अध्यक्ष ओली भने आफैंको नेतृत्वमै महाधिवेशन गर्न चाहने मनस्थितिमा रहेको बताइएको छ। तर, केही पदाधिकारीहरू ओलीले महाधिवेशनअघि राजीनामा दिनुपर्ने अडानमा छन्।
ओलीको विकल्पका रूपमा वरिष्ठ उपाध्यक्ष वा अन्य उपयुक्त नेतालाई महाधिवेशन आयोजक समितिको नेतृत्व सुम्पिनुपर्ने प्रस्ताव सचिवालय बैठकमा उठ्ने सम्भावना रहेको छ।
पार्टी उपाध्यक्ष बरालले मुलुक संकटमा रहेको बेला एमालेभित्र एकता अपरिहार्य भएको बताए। उनले ओलीलाई हटाएर मात्रै समस्या हल हुने नभएको जिकिर गर्दै पार्टीले लोकतान्त्रिक प्रक्रियालाई सम्मान गर्दै अघि बढ्नुपर्ने धारणा राखे।
‘देश र लोकतन्त्रको रक्षा गर्न हामी सबैले मिलेर अघि बढ्नुपर्छ,’ बरालले भने।
उता उपाध्यक्ष युवराज ज्ञवालीले सचिवालय बैठकमा जेन–जी आन्दोलन, सरकार छाड्नु परेको अवस्था, वर्तमान राजनीतिक संकट लगायत विषयमा समीक्षा गरेर पार्टीको भावी कार्यदिशा तय गरिने जानकारी दिए।
महाधिवेशनमा जानुअघि केन्द्रीय कमिटीलाई यथावत राख्ने वा विघटन गरेर जाने भन्नेबारे निर्णय अझै टुंगिएको छैन। स्थायी कमिटी सदस्य राजेन्द्र गौतमका अनुसार, सचिवालय बैठकले यसबारे प्रस्ताव तयार गर्नेछ र अन्तिम निर्णय केन्द्रीय कमिटीले गर्नेछ।
अब आउने सचिवालय र केन्द्रीय कमिटी बैठकहरूले एमालेको नेतृत्व परिवर्तनको सम्भावना कत्तिको छ भन्नेबारे स्पष्ट संकेत दिनेछ। पार्टीभित्र नेतृत्वको बहस गहिरिँदै जाँदा ओलीको राजनीतिक भविष्य पनि दायाँबायाँ हुँदै गएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - ०९:१२
तनहुँ । बुटवल बसोबास गर्दै आएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती भएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभि...
चैत्र १५ गते, २०८२ - ०९:०७
काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कार्यकर्तालाई सडकमा ओरालेर मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा नभएको बताएका छन्। पार...
चैत्र १५ गते, २०८२ - ०८:५१
काठमाडौं । पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो। कांग्रेस नेतासमेत र...
चैत्र १५ गते, २०८२ - ०८:००
काभ्रे । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ । जिल्ला प्रहरी क...
चैत्र १५ गते, २०८२ - ०७:५६
काठमाडौं । एमालेले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी गिरफ्तार गरेको भन्दै आइतबारै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता...
चैत्र १५ गते, २०८२ - ०७:५२
काठमाडौं । २३ भदौको जेन–जी आन्दोलनमा लापरबाहीपूर्वक बल प्रयोग गरी युवाको ज्यान लिएको कसुरमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई ...
चैत्र १५ गते, २०८२ - ०७:४२
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्...
चैत्र १५ गते, २०८२ - ०७:३७
काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ। एमालेले आज देशभरका जिल्ला प्रशास...
चैत्र १५ गते, २०८२ - ०७:३१
काठमाडौँ । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्...
चैत्र १५ गते, २०८२ - ०७:२३
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका क...



प्रतिकृया लेख्नुहोस्: