रौतहट । असोज १८ गतेकाे साँझ आकाशमा मडारिएको कालो बादल, हावाहुरीको गर्जन, र त्यसपछि चट्याङको चट्याङ चट्याङ आवाज, यही आवाजले क्षणचभरमै रौतहटमा तीनजनाको ज्यान लियो।
शनिबार साँझ ६ बजेतिर परेको चट्याङले कटहरिया नगरपालिका–२ र ईशनाथ नगरपालिका–८ मा विनाश बोकेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार, चट्याङको प्रहारबाट तीनजनाको मृत्यु भएको छ भने प्रहरी कार्यालयका उपकरणसमेत क्षतिग्रस्त भएका छन्।
दुई किशोर र एक वृद्धको गयाे ज्यान
कटहरियाका १६ वर्षे सेराज लहेरी र १६ वर्षे नवीन यादव घर बाहिर साथीहरूसँग घुमिरहेका थिए। वर्षाको सुस्केरा र हावाको झोक्कासँग रमाइरहेका ती किशोरहरूलाई क्षणभरमै आकाशले पोलायो— चट्याङले दुबैलाई एकैचोटि ढाल्यो। स्थानीयहरूका अनुसार, “एकछिन अन्धकार भयो, अनि थाहा भयो—छोराहरू मरेछन्।”
उता, भारतसँग सिमाना जोडिएको ईशनाथ नगरपालिका–८ मनसरी गाउँका ४५ वर्षे शेख जमरुन (ननक) आफ्नै घरको बरन्डामा बसिरहेका थिए। चट्याङको बिजुली सीधै छतमा बज्रियो— र उनी घटनास्थलमै निस्सासिए। तीनैजनाको शव राति नै प्रादेशिक अस्पताल गौर पठाइएको छ।
डिएसपी कार्कीका अनुसार, “पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको छ, प्रहरी टोलीले थप क्षतिको विवरण सङ्कलन गरिरहेको छ।”
प्रहरी उपकरणमा समेत क्षति
वर्षासँगै आएको चट्याङले केवल जनजीवन मात्र होइन, प्रहरी संरचनामा पनि असर पुर्यायो।
इलाका प्रहरी कार्यालय शिवनगरको भवनभित्र रहेको इनभर्टर र १२ भोल्टको ब्याट्री जल्दै बिग्रिएको छ। प्रहरीका अनुसार, “त्यो समयमा कार्यालयमा ड्युटीमा रहेका कर्मचारी बालबाल बचे।”
मौसमविद्हरूका अनुसार हाल देशभर मनसुनी वायु अझै सक्रिय छ। दक्षिण र पूर्वी नेपालमा हावाहुरीसहित चट्याङ पर्ने सम्भावना बढेको छ।
विशेषगरी रौतहट, सिरहा, धनुषा र सर्लाही जस्ता मधेशका जिल्लाहरूमा हरेक वर्ष चट्याङका कारण जनधनको क्षति भइरहेकाले सतर्कता आवश्यक रहेको विशेषज्ञहरूको भनाइ छ।
पीडामा डुबेको गाउँ
रौतहटको कटहरिया र मनसरी गाउँ अहिले शोकमा छ। चट्याङको आवाज सुन्नासाथ बत्ती निभाउने, आकाशतिर नहेर्ने र मोबाइल बन्द गर्ने चलन अझै पनि त्यहाँ सामान्य छ।
तर, हरेक वर्ष यो प्राकृतिक विपत्तिले नयाँ कथा लेख्छ— यो वर्ष त्यो कथा तीन निर्दोष जीवनको अन्त्यसँग जोडिएको छ। चट्याङको एक चमकले उज्यालो होइन, अँध्यारो ल्यायो । रौतहट आज फेरि भिजेको छ, पानीले मात्र होइन, पीडाले पनि।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - २२:४२
काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...
श्रावण ११ गते, २०८३ - २२:०७
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...
श्रावण ११ गते, २०८३ - ०८:२२
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...
श्रावण ११ गते, २०८३ - ०८:२०
सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...
श्रावण ११ गते, २०८३ - ०८:१७
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...



प्रतिकृया लेख्नुहोस्: