रौतहट । असोज १८ गतेकाे साँझ आकाशमा मडारिएको कालो बादल, हावाहुरीको गर्जन, र त्यसपछि चट्याङको चट्याङ चट्याङ आवाज, यही आवाजले क्षणचभरमै रौतहटमा तीनजनाको ज्यान लियो।
शनिबार साँझ ६ बजेतिर परेको चट्याङले कटहरिया नगरपालिका–२ र ईशनाथ नगरपालिका–८ मा विनाश बोकेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार, चट्याङको प्रहारबाट तीनजनाको मृत्यु भएको छ भने प्रहरी कार्यालयका उपकरणसमेत क्षतिग्रस्त भएका छन्।
दुई किशोर र एक वृद्धको गयाे ज्यान
कटहरियाका १६ वर्षे सेराज लहेरी र १६ वर्षे नवीन यादव घर बाहिर साथीहरूसँग घुमिरहेका थिए। वर्षाको सुस्केरा र हावाको झोक्कासँग रमाइरहेका ती किशोरहरूलाई क्षणभरमै आकाशले पोलायो— चट्याङले दुबैलाई एकैचोटि ढाल्यो। स्थानीयहरूका अनुसार, “एकछिन अन्धकार भयो, अनि थाहा भयो—छोराहरू मरेछन्।”
उता, भारतसँग सिमाना जोडिएको ईशनाथ नगरपालिका–८ मनसरी गाउँका ४५ वर्षे शेख जमरुन (ननक) आफ्नै घरको बरन्डामा बसिरहेका थिए। चट्याङको बिजुली सीधै छतमा बज्रियो— र उनी घटनास्थलमै निस्सासिए। तीनैजनाको शव राति नै प्रादेशिक अस्पताल गौर पठाइएको छ।
डिएसपी कार्कीका अनुसार, “पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको छ, प्रहरी टोलीले थप क्षतिको विवरण सङ्कलन गरिरहेको छ।”
प्रहरी उपकरणमा समेत क्षति
वर्षासँगै आएको चट्याङले केवल जनजीवन मात्र होइन, प्रहरी संरचनामा पनि असर पुर्यायो।
इलाका प्रहरी कार्यालय शिवनगरको भवनभित्र रहेको इनभर्टर र १२ भोल्टको ब्याट्री जल्दै बिग्रिएको छ। प्रहरीका अनुसार, “त्यो समयमा कार्यालयमा ड्युटीमा रहेका कर्मचारी बालबाल बचे।”
मौसमविद्हरूका अनुसार हाल देशभर मनसुनी वायु अझै सक्रिय छ। दक्षिण र पूर्वी नेपालमा हावाहुरीसहित चट्याङ पर्ने सम्भावना बढेको छ।
विशेषगरी रौतहट, सिरहा, धनुषा र सर्लाही जस्ता मधेशका जिल्लाहरूमा हरेक वर्ष चट्याङका कारण जनधनको क्षति भइरहेकाले सतर्कता आवश्यक रहेको विशेषज्ञहरूको भनाइ छ।
पीडामा डुबेको गाउँ
रौतहटको कटहरिया र मनसरी गाउँ अहिले शोकमा छ। चट्याङको आवाज सुन्नासाथ बत्ती निभाउने, आकाशतिर नहेर्ने र मोबाइल बन्द गर्ने चलन अझै पनि त्यहाँ सामान्य छ।
तर, हरेक वर्ष यो प्राकृतिक विपत्तिले नयाँ कथा लेख्छ— यो वर्ष त्यो कथा तीन निर्दोष जीवनको अन्त्यसँग जोडिएको छ। चट्याङको एक चमकले उज्यालो होइन, अँध्यारो ल्यायो । रौतहट आज फेरि भिजेको छ, पानीले मात्र होइन, पीडाले पनि।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: