चितवन । दसैँलाई मिठो खाने चाडको रूपमा लिइन्छ । महाअष्टमीका दिन घरघरमा पशु बलि दिई मासु खाने परम्परा पुरानो भए पनि चिकित्सकहरूले यसलाई पूर्ण रूपमा रोक्नुपर्ने नभई स्वस्थ तरिकाले पकाएर मात्र खानुपर्ने सुझाव दिएका छन्।
पुष्पाञ्जली अस्पतालका फिजिसियन डा। भोजराज अधिकारीले मासु आफैँमा खराब नभए पनि पकाउने तरिकाका कारण अस्वस्थ बन्ने बताए। उनले बोसो नभएको ताजा मासु थोरै मात्रामा खाने र पोल्ने, तार्ने वा धेरै दिनसम्म राखेर खाने नगर्न चेतावनी दिए। दसैँमा खानपिनमा लापरबाहीका कारण रक्तचाप, मधुमेह, ग्यास्ट्रिक, युरिक एसिड र पेटजन्य समस्या बढ्ने उनको भनाइ छ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका प्रमुख डा। गुरुशरण साहले रातो मासु धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको जोखिम बढ्ने बताए। वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा। विनय ठाकुरले बोसो भएको मासुलाई आगोमा पकाउँदा आन्द्राको क्यान्सर हुने खतरा बढ्ने चेतावनी दिए।
चितवन मेडिकल कलेजका डीएम इण्डोक्राइनोलोजिस्ट डा। सौरभ खतिवडाले अस्वस्थ तरिकाले पकाएको मासुले मोटोपन, उच्च कोलेस्ट्रोल र मधुमेहको जोखिम बढाउने बताए। उनका अनुसार राति बोसोयुक्त मासु खाँदा बिहानसम्मै रगतमा चिनीको मात्रा बढिरहने भएकाले स्वास्थ्यलाई थप असर गर्छ।
मुटुरोग विशेषज्ञ प्रा. डा. श्यामराज रेग्मीले चिल्लो मासु र असन्तुलित खानपानले मुटु रोगीमा समस्या बढाउने बताए। उनका अनुसार सामान्य अवस्थामा थोरै मात्रामा बोसो रहित मासु खान सकिए पनि उच्च रक्तचाप, सुगर र कोलेस्ट्रोल भएका बिरामीले विशेष सावधानी अपनाउनुपर्छ।
चिकित्सकहरूका अनुसार दसैँमा मासु खानु नै गलत होइन तर बासी, पोलिएको, तारिएको र अत्यधिक बोसोयुक्त मासुबाट टाढा रहनु, सागसब्जी र गेडागुडीसँग सन्तुलन मिलाउनु, मिठाई र मदिरा–चुरोट कम गर्नु स्वास्थ्यका लागि आवश्यक छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...
पौष ११ गते, २०८२ - २१:४९
सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...
पौष ११ गते, २०८२ - २१:२४
अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा
पौष ११ गते, २०८२ - २१:११
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...
पौष ११ गते, २०८२ - २१:०८
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...
पौष ११ गते, २०८२ - २१:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...
पौष ११ गते, २०८२ - २०:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...
पौष ११ गते, २०८२ - २०:२०
काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...
पौष ११ गते, २०८२ - २०:०५
काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...
पौष ११ गते, २०८२ - २०:०४
धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...




प्रतिकृया लेख्नुहोस्: