काठमाडौँ। त्रिभुवन विश्वविद्यालय परिसरअन्तर्गत कीर्तिपुरको जंगल क्षेत्रमा मृत भेटिएका कागहरूमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि कीर्तिपुर नगरपालिकाले सात बुँदे आपतकालीन सूचना जारी गरेको छ।
प्रयोगशाला परीक्षणमा एच पाँच एन एक प्रकारको संक्रमण देखिएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। निमित्त प्रमुख प्रशासकीय अधिकृत विमलप्रसाद निरौलाद्वारा जारी सूचनामा यो पन्छीबाट मानिसमा सर्न सक्ने रोग भएकाले सबै सरोकारवालालाई सचेत रहन भनिएको छ।
पशु सेवा विभागले संकलित नमुनाको परीक्षण गर्दा संक्रमण पुष्टि भएको जनाएको छ। विभागका वरिष्ठ पशु चिकित्सक डा. नवराज श्रेष्ठका अनुसार त्रिविको रसायनशास्त्र केन्द्रीय विभाग आसपास मृत कागहरू बढी भेटिएका छन्।
उनका अनुसार केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले परीक्षण गरेको नमुनामा बर्डफ्लु प्रमाणित भएको हो। जंगली चरालाई नियन्त्रण गर्न कठिन हुने भएकाले मृत कागहरूको सुरक्षित व्यवस्थापन र प्रभावित क्षेत्रको निसंक्रमणलाई प्राथमिकता दिइएको उनले बताए।
नगरपालिकाले प्रभावित क्षेत्रबाट पन्छी, अण्डा, मासु, सुली, दाना तथा उपकरणको ओसारपसार अर्को सूचना जारी नभएसम्म बन्द गरेको छ। असामान्य बिरामी वा मृत पन्छी देखिए तुरुन्त पशु विकास शाखामा जानकारी गराउन आग्रह गरिएको छ।
कुखुरा पालक कृषकलाई फार्ममा अनावश्यक व्यक्तिको प्रवेश रोक्न र प्रवेश–निर्गमन स्थानमा चुना, फिनेल, स्यानिटाइजर, फर्मालिन वा साबुनपानी अनिवार्य प्रयोग गर्न निर्देशन दिइएको छ। सर्वसाधारणलाई मृत वा बिरामी पन्छी नछुन र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन अपिल गरिएको छ।
संक्रमित वा संकास्पद पन्छीलाई मापदण्डअनुसार नष्ट गरिने तथा स्थानीय बजार र कुखुरा पसलमा अनुगमन कडाइ गरिने नगरपालिकाले जनाएको छ। रोग नियन्त्रणमा नगरबासीको सहयोग अपेक्षित रहेको सूचनामा उल्लेख छ।
नगरपालिकाका प्रवक्ता दिवाकर अधिकारीका अनुसार मृत कागहरूको सुरक्षित व्यवस्थापनका लागि टोली खटाइएको छ। जीवित कागमा संक्रमण फैलिन नदिन मरेका कागलाई सुरक्षित रूपमा गाड्ने काम भइरहेको उनले बताए।
चैत ६ गतेको निर्णयअनुसार प्रभावित क्षेत्रमा जैविक सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयलाई समेत घटनाबारे जानकारी गराइएको विभागले जनाएको छ।



यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८२ - २०:५९
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका ...
चैत्र १० गते, २०८२ - २०:५७
सुर्खेत । भौतिक पूर्वाधार तथा यातायाता एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गरेका छन् । उनले जाजरकोटको भेरी...
चैत्र १० गते, २०८२ - २०:५४
महोत्तरी । महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । सदरमुकाम जलेश्वरमा मंगलबार आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ ...
चैत्र १० गते, २०८२ - २०:४७
काठमाडाैँ । अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए पनि जलवायु परिवर्तनका कारण वन्यजन्तु र प्राकृतिक वातावरणमा क्षति तीव्र रूपमा बढिरह...
चैत्र १० गते, २०८२ - २०:४४
पर्वत । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आ...
चैत्र १० गते, २०८२ - १९:५४
काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९...
चैत्र १० गते, २०८२ - १९:५२
काठमाडाैँ । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्ग...
चैत्र १० गते, २०८२ - १९:४९
काठमाडौं । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो र...
चैत्र १० गते, २०८२ - १९:४८
भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो ...
चैत्र १० गते, २०८२ - १९:४५
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपा...


प्रतिकृया लेख्नुहोस्: