कञ्चनपुर । दसैँ घरआँगनमै आएको छ । मीठो मसिनो खाने, नयाँ लुगा लगाउने सबैलाई रहर हुन्छ । तर, कञ्चनपुरको पूर्वपश्चिम राजमार्ग नजिकैको शुक्लाफाँटा नगरपालिका–११ को वनहरा शिविरमा बसोबास गर्दै आएका सुकुम्बासी ९भूमिहीन० परिवारका लागि त्यो रहर केबल सपना मात्रै बनेको छ । दुई छाकको खाना जुटाउनै सङ्घर्ष भइरहेको अवस्थामा दसैँले शिविरवासीको पीडा झन् थपिदिएको छ ।
शिविरमा बस्दै आएकी ६५ वर्षीया माथुदेवी दमाईंले विगतका दुःखद् अनुभव सम्झिँदै भनिन्, ‘कमाइ खाने जग्गा छैन, उमेर पनि ढल्किँदै छ, सधैँ मजदुरी पाइँदैन, हप्तामा एक दिन गर्ने मजदुरीले साँझबिहानको छाक टार्नै कठिन छ । दसैँमा मीठोमसिनो खाने, नयाँ लुगा लगाउने रहर त छ एकसुको पैसो छैन आश मानेर के पो हुन्छ र हाम्रा दिन यसैगरी बित्ने भए ।’
वनहरा शिविरमा अहिले बुढापाका, महिला र बालबालिका मात्र छन् । युवा मजदुरीका लागि भारततर्फ गएका छन् । दसैँ भए पनि फर्किएका छैनन् । शिविरवासी देउमती देवी बोहराले भने, ‘कमाई नभएकाले तिहारमा फर्किन्छु भन्ने खबर गरेका छन्, यसपाली दसैँ खल्लो हुने नै भयो ।’
शिविरका बालबालिका र वृद्धवृद्धा बिरामी पर्दा स्वास्थ्य चौकीसम्म लैजाने मान्छेसम्म नपाइने अवस्था छ ।
“नयाँ लुगा किनेको वर्ष दिनभन्दा बढी भयो, मीठो मसिनो खानु त टाढाको कुरा भयो, बिहान साँझको छाक जुट्यो भने ठूलो कुरा हुन्छ”, उनको भनाई छ।
वनहरा नदी किनारमा टालटुल गरेर बनाइएका झुपडीमाथि राखिएका त्रिपाल दातृ निकायले उपलब्ध गराएका हुन् । तर, त्रिपालभित्र गर्मी असह्य हुने भएकाले धेरै परिवार राति पुलमुनि सुत्न बाध्य छन् ।
रञ्जित रावत भन्छन्, ‘कोही डोरीको खटिया राखेर सुत्छौँ, कोही भुइँमै बोरी ओछ्याएर, लामखुट्टेले रातभर टोकेर निन्द्रै पर्दैन, ओढ्ने–बिछ्याउने छैन, जसोतसो रात काट्छौँ ।’
दुई महिनाअघि बाढीको त्रासले राजमार्ग किनारमा सरेका परिवार फेरि पुरानै ठाउँमा फर्किएका छन् । तर, समस्या उस्तै छ । दलबहादुर बोहराले भने, ‘पुलमुनि सुत्दै आएको वर्षौं भयो, तर हाम्रोबारेमा सोच्ने कोही छैन, झुल, त्रिपाल र टर्चको व्यवस्था गरिदिन वडादेखि नगरपालिकासम्म धायौँ, सुनुवाइ भएन ।’
सुरुमा जनप्रतिनिधिले समस्या समाधान गर्ने आश्वासन दिए पनि अहिले मौन बसेको शिविरवासीको गुनासो छ । ‘अब त माग्न जानै छाडेका छौँ।’, उनी भन्छन् ।
वनहरा शिविरमा बसोबास गर्ने २८ परिवारले भूमि समस्या समाधान आयोगमार्फत जग्गा र आवासका लागि निवेदन दिएका छन् । बसोबासको टुङ्गो भने लागेको छैन । झण्डै दुई दशकदेखि भूमिहीन परिवार वनहरामा झुपडीमा बस्दै आएका छन् । हरेक वर्षजस्तै यसपालीको दसैँले भूमिहीन परिवारको जीवनमा खुसीभन्दा पीडाको घाउ बोकेर आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...
पौष ११ गते, २०८२ - २१:४९
सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...
पौष ११ गते, २०८२ - २१:२४
अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा
पौष ११ गते, २०८२ - २१:११
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...
पौष ११ गते, २०८२ - २१:०८
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...
पौष ११ गते, २०८२ - २१:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...
पौष ११ गते, २०८२ - २०:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...
पौष ११ गते, २०८२ - २०:२०
काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...
पौष ११ गते, २०८२ - २०:०५
काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...
पौष ११ गते, २०८२ - २०:०४
धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...




प्रतिकृया लेख्नुहोस्: