Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

गाउँपालिकाको कार्यालयमा अगाडि टायर बालेर प्रदर्शन

खबरडबली संवाददाता

सप्तरी। सप्तरीको अग्नीसाइर कृष्णाासवरण गाउँपालिकाका जनप्रतिनिधिहरूको राजिनामाको माग गर्दै स्थानीय गाउँपालिकाको कार्यालयको अगाडि अनिश्चितकालीन धर्नामा बसेका छन्।

गाउँपालिका चलाउन असक्षम रहेको आरोप लगाउँदै जनप्रतिनिधिहरूको राजिनामाको माग गर्दै उनीहरू गाउँपालिकाको अगाडि प्रदर्शन गर्दै धर्नामा बसेका हुन् । जडिया गाउँपालिका अध्यक्ष राजिनामा दे, सुशासन कायम गर, भ्रष्ट अध्यक्ष राजिनामा दे,सरकारी गाडी फिर्ता गर लगायत नारा लगाउदै स्थानीयले टायर बालेर प्रदर्शन गर्दै धर्नामा बसेका हुन् ।

बेथिति विसंगति विरूद्ध संघर्ष समितिका सचिव मिलन कुमार चौधरीको अध्यक्षतामा शनिबार बसेको बैठकले जनप्रतिनिधिहरू असक्षम भएकोले जनप्रतिनिधिहरूले राजिनामा दिनुपर्ने, जनप्रतिनिधि र कर्मचारीमाथि छानबिन गरि कारबाही गर्नुपर्ने लगायत माग राखि अनिश्चितकालीन धर्नामा बसेको संघर्ष समितिका अध्यक्ष चौधरीले जानकारी दिए।

दसैँ जस्तो चाडपर्वमा समेत कर्मचारीलाई तलब खुवाउन नसकेको आरोप लगाउँदै गाउँपालिका चलाउन जनप्रतिनिधिको कुनै योग्यता र क्षमता नरहेकोले तत्काल राजिनामा गर्नुपर्ने संघर्ष समितिको माँग रहेको छ ।

गाउँपालिकामा कामभन्दा पनि भ्रष्टाचार गर्ने आखाडा बनेको ले जनप्रतिनिधिले राजिनामा नदिएसम्म आन्दोलन जारी राख्ने उनले बताए। आन्दोलनका कार्यक्रम तथा धर्नामा स्थानीय बिभिन्न राजनीतिक दलका जनप्रतिनिधि,जेनजी पुस्ता, पूर्व जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाको उपस्थिति रहेको छ । यस विषयमामा जानकारी लिन गाउँपालिकाको उपाध्यक्ष कल्पना चौधरीलाई फोन गर्दा उनको फोन उठेन । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु

काठमाडौं । भक्तपुरमा आफ्नै छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। उदयपुरको कटारी नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–९...

डे ब्रुएनाको गोलमा बेल्जियम न्युजिल्यान्डविरुद्ध ३–० ले अगाडि

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार जारी समूह ‘जी’ को खेलमा बेल्जियमले न्युजिल्यान्डविरुद्ध ३–० को सहज अग्रता बनाएको छ। बेल्जियमका लागि पहि...

सार्वजनिक बिदामा पनि खुल्ने मोदी गाउँपालिका कार्यालय

पर्वत । आर्थिक वर्षको अन्त्यमा बजेट तथा कार्यक्रमहरूको भुक्तानी प्रक्रिया प्रभावकारी बनाउन पर्वतको मोदी गाउँपालिकाले सार्वजनिक बिदाको दिन पनि गाउँपालि...

भारतबाट अवैध कुखुरा आयातले बाँकेमा बर्डफ्लुको जोखिम बढ्यो

नेपालगन्ज। सरकारले भारतबाट कुखुरा, चल्ला र अण्डा आयातमा प्रतिबन्ध लगाए पनि अवैध रूपमा तस्करी जारी रहेकाले बाँके जिल्ला बर्डफ्लुको उच्च जोखिममा परेको स...

मनसुन कमजोर हुँदा औसतभन्दा कम वर्षा

काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...

रास्वपाको अधिवेशनका लागि संसद् बन्धक बनाउन पाइँदैन : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक प...

बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार

गुल्मी । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए। आजभोली ति दिन ...

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ ...

रास्वपा पदाधिकारी निर्वाचन सम्पन्न, १,२८९ मत मात्रै खस्यो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा ...

बाल सामाजिक सञ्जाल नियन्त्रण कडा बनाउँदै अस्ट्रेलिया

मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending