Khabar Dabali २७ कार्तिक २०८२ बुधबार | 12th November, 2025 Wed
Investment bank

दसैँका लागि हिमाली च्याङ्ग्रा पुगे पहाड र तराईका मुख्य बजारमा

खबरडबली संवाददाता

बागलुङ । दसैँ नजिकिएसँगै हिमाली क्षेत्रबाट व्यापारीले धमाधम च्याङ्ग्रा बजार झारिरहेका छन् । दश दिन अगाडिबाटै व्यापारीले मुस्ताङ र डोल्पाका उच्च क्षेत्रबाट म्याग्दी, बागलुङ, पर्वत, पोखरा हुँदै चितवन र बुटवलसम्म पुर्याउने गरेका छन्। 

मुस्ताङका किसानले उत्पादन गरेको च्याङ्ग्रा सहरी क्षेत्र व्यापारीले खरिद गरी बजार पुर्याउने गरेका छन् । यतिबेला सडक छेउछाउमा बाक्लै च्याङ्ग्राका बथानहरू भेटिन्छन् । सडकमै ग्राहक पुगेर खरिद गर्ने गरेका छन्।

हिमाली क्षेत्रमा हुर्किएका च्याङ्ग्रा अन्यको तुलनामा स्वादिष्ट र औषधीय गुण हुने हुँदा धेरैको रोजाइमा पर्ने गरेको छ । मुस्ताङ र डोल्पामा खरिद गरेका ल्याएका च्याङ्ग्राको मूल्य चितवन र बुटवलसम्म पुर्याउँदा बढी हुने गरेको व्यापारी बताउँछन्। 

व्यापारीले काठमाडौँ, पोखरा, चितवन र बुटवलसम्म ट्रकमार्फत ढुवानी गर्ने मुस्ताङका च्याङ्ग्रापालक किसान नामदेव गुरुङले बताए।

तीन दिन हिँडेर बागलुङ आइपुगेका गुरुङले पोखरासम्म पुगेर फर्किने बताए। तीन सय च्याङ्ग्रा लिएर आएका गुरुङले बागलुङको मालढुङ्गा आइपुग्दा ७० वटा बिक्री भएको पनि सुनाए।

किसानले उत्पादन गरेको च्याङ्ग्रा खरिदका लागि पोखरा र काठमाडौँबाट व्यापारीहरू गोठमै पुगेर खरिद गर्ने गरेका छन्। हिमाली गोठबाट खरिद गरिएका च्याङ्ग्रा व्यापारीले तराईसम्म पुर्याउने गरेका छन्।

‘भदौ महिनामै व्यापारीहरू गोठमा पुगेर खरिद गर्छन्, कतिले त अघिल्लो वर्षनै बैना दिएर आएका हुन्छन्, उनीहरूले गोठमा सस्तोमै पाउँछन्, बजार पुर्याउँदा महँगो पर्छ, किनकि गाडीमा ढुवानी गरेर भाडा तिर्नुपर्छ, बाटोमा हिडाउँदै लिए पनि खर्च धेरै हुन्छ’, उनले भने, ‘सहरबजारका मान्छेले हिमाली च्याङ्ग्रा खुब मन पराउँदा रैछन्, दसैँमा त ठूलो सङ्ख्यामा च्याङ्ग्रा बिक्री हुन्छ, पाल्न सके त राम्रो आम्दानी गर्न सकिन्छ, तर धेरै दुःख छ।’

च्याङ्ग्राले हिमाली क्षेत्रमा जडीबुटीयुक्त घाँस खाने हुँदा धेरैले महँगो रकम तिरेर किन्ने गर्छन् । पाँच वर्ष पुगेका च्याङ्ग्रा मासुका लागि राम्रो मानिने डोल्पाका किसान थमसिंह बुढाले बताए। 

सत्र दिनको यात्रा गरेर बागलुङ आइपुगेको बताउने बुढाले आफ्नो मुख्य आम्दानीको स्रोत च्याङ्ग्रा व्यापार भएको बताए। उनले च्याङ्ग्रा व्यापारबाट नौ जनाको परिवार पाल्दै आएका छन्। च्याङ्ग्रा हिउँ बढी हुने क्षेत्रमा पालन हुने गरेको छ। हिउँचितुवा र ब्वाँसोबाट च्याङ्ग्रा जोगाउन मुस्किल हुने बुढा बताउछन्। 

उनले आठ वर्षदेखि निरन्तर दसैँमा च्याङ्ग्रा लिएर बजार झर्ने गरेका छन्। आफूले सुरुमा रु १२ हजारदेखि बिक्री गर्न सुरु गरेको भन्दै उनले अहिले च्याङ्ग्राको मूल्य करिब रु ५० हजारसम्म पुगेको बताए। चितवन र बुटवलसम्म पुग्दा मूल्य अझै बढ्ने गर्छ।

‘जति टाढा पुर्याइन्छ, च्याङ्ग्राको मूल्य बढ्नु स्वाभाविक हो, ट्रकमा ढुवानी गर्दा भाडा तिर्नुपर्छ, हिँडाउँदै लैजाँदा पनि गाह्रो हुन्छ, अघिल्लो वर्ष बुटवल पुगेको थिए, यसपालि पोखराबाट फर्किने योजना छ, हरके वर्ष मूल्य बढेकोबढ्यै छ, बाहिरी व्यापारीले गर्दा च्याङ्ग्राको मूल्य बढेको हो, गोठालाले नै ल्याउने हो भने त्यति धेरै पर्ने थिएन,’ उनले भने।

मुस्ताङसहित डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी–जोमसोम कोरला सडकमार्ग देशका ठूला सहरमा च्याङ्ग्रा भित्रिने गरेका छन् । तिब्बतबाट समेत भेडाच्याङ्ग्रा भित्रिने गरेका छन्। दसैँको खर्च जोहो गर्नका लागि यो सिजनमा बजार झरेको च्याङ्ग्रा व्यापारी मोहन लामाले बताए। उनले १५ वर्षदेखि चितवन, पोखरा र काठमाडौँमा च्याङ्ग्रा व्यापार गर्दै आएका छन्।

च्याङ्ग्रासँगै बागलुङका किसानले पनि भेडा बिक्री गर्न बजार झरेका छन्। जिल्लाको तमानखोला, ढोरपाटन, निसीखोलाको माथिल्लो क्षेत्रका अधिकांश किसान भेडापालनमा आबद्ध छन्। उनीहरूले लेकबाट झारेका भेडा बुर्तिबाङ, खर्बाङ, गुल्मी, पाल्पा हुँदै बुटवलसम्म पुर्याउने गर्छन्। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दर्शकले रुचाउन थाले नेपाली चलचित्र, घरेलु बजारमा राम्रो व्यापार

काठमाडौँ । गत तिहारको अवसर पारेर प्रदर्शन गरिएका नेपाली चलचित्रलाई दर्शकले साथ दिएका छन् । केही वर्षअगाडि सम्म तिहारमा नेपालीभन्दा विदेशी चलचित्रको...

सोनापुर मिनरलले बुझायो बिजुलीको बक्यौता, जोडियो लाइन

काठमाडौँ । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयालले उपभोग गरेको बिजुलीको बक्यौता बुझाएको छ ।  मङ्गलबार उक्त उद्योगले पहिलो किस्ताबापत रु ८...

प्रचण्ड-माधव पार्टी एकता गरेपछि समाजवादी मोर्चाबाट अलग भए विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चाबाट अलग भएको छ । महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्...

मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेसका ७४ सांसदको रिटमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध दायर गरिएको रिटमा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ। प्रदेशका ७४ जना सांसदहरूले ...

देशभर मौसम सफा रहने, कोशी र बागमतीमा हल्का वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी र वाग्मती प्रदेशका पहाडी भाग...

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

चितवन । मङ्गलबार साँझ इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार...

प्रचण्ड-माधवसँग आज मिसिँदै भीम रावल, नारायणकाजीपछिको छैटौँ वरीयतामा रहने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानबीच आज एकता घोषणा हुँदैछ।  राष्ट्रिय सभागृहमा बुधबार दिउँसो २ बजे एकत...

च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गर्दै पूर्णबहादुर

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमका पूर्णबहादुर नेपाली च्याङ्ग्रापालन व्यवसायबाट वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन्। ...

२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

काठमाडौँ ।  गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ ।  यस वर्ष प्रदर्शनमा आएका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending