काठमाडौं । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगरेको हुनाले नै आजको परिस्थितिमा आफूलाई अपराधी जस्तो प्रस्तुत गर्ने प्रयास भएको गुनासो गरेका छन्।
पार्टीसम्बद्ध पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालका प्रतिनिधिमण्डलसँग गुण्डुमा भएको भेटमा अध्यक्ष ओलीले पछिल्लो समय आफूविरुद्ध राजनीतिक तथा वैचारिक हमला भइरहेको बताएका हुन्।
“मैले भ्रष्टाचार गरेको छैन, गर्दिनँ, गर्न सक्दिनँ। यही नै मेरो अपराध हो जस्तो बनाइएको छ,” प्रेस चौतारी अध्यक्ष गणेश पाण्डेका अनुसार ओलीले भने।
ओलीले पूर्वाधार निर्माण, विकास योजनाको खाका र शान्ति स्थापनामा आफूले निर्वाह गरेको भूमिका अपराध ठहरिने हो भने त्यो विडम्बना हुने टिप्पणी गरे। “पृथकतावाद र हिंसाको वकालत गर्नेहरूलाई राष्ट्रिय मूलधारमा ल्याउनु अपराध हो? देशमा शान्ति कायम गर्नु अपराध हो?” भन्ने प्रश्न गर्दै उनले अहिले आफूलाई लक्षित गरी चलाइएको अभियानको विरोध गरे।
ओलीले पछिल्लो समय राजनीतिक प्रतिशोध, अराजकता र हिंसात्मक आह्वान बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। “कसले सिंहदरबार घेरिन्छ भने, कसले उत्पात मच्चाइन्छ भनिराखेका छन्? यसको खोजी हुनुपर्छ,” भन्दै उनले यस्ता गतिविधिको अनुसन्धान गर्न सरकारलाई आग्रह गरे।
उनले प्रजातान्त्रिक प्रणाली हटाएर के ल्याउन खोजिएको हो भन्ने प्रश्न पनि उठाए। “लोकतन्त्र होइन भने के व्यवस्था ल्याउन खोजिएको हो? यसको सिफारिस खुला रूपमा आऊँ,” उनले भने।
अध्यक्ष ओलीले प्रेस तथा वाक स्वतन्त्रता जोगिनुपर्नेमा जोड दिंदै फरक धारणा राख्नेहरूमाथि सामाजिक सञ्जालमा भइरहेका चरित्र हत्या र ‘झोले ट्रेन्ड’ को आलोचना गरे। उनले यस्तो प्रवृत्तिले समाजमा घृणा र हिंसा बढाउने चेतावनी दिए। “झोले ट्रेन्ड होइन, काटीकाटी गर्नुपर्छ भन्ने जस्ता कुरा कस्तो सभ्यता हो?” भन्दै उनले यसविरुद्ध युवालाई सचेत हुन आग्रह गरे।
पार्टीभित्र उठेका संगठनात्मक प्रश्नहरूबारे पनि ओलीले टिप्पणी गर्दै भने, “हामीभित्र उठेका प्रश्नको समाधान सडकले होइन, पार्टी कमिटी (फोरम) ले गर्छ। त्यसैले समस्याको हल संस्थागत रूपमा खोजिनुपर्छ।”
अध्यक्ष ओलीले देशमा न्याय, विधि र समावेशी लोकतन्त्र स्थापनाको लागि सबै राजनीतिक दलहरू जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा जोड दिए। “देश कानुन र न्यायको रीतअनुसार चलोस्। प्रतिशोध र अपमानको राजनीति स्थायी समाधान होइन,” उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: