Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

फागुनको निर्वाचनमा ६३ लाख ८४ हजार जेनजी मतदाता बन्दै

खबरडबली संवाददाता

काठमाडौं । जेन–जी आन्दोलनको जगमा बनेको नागरिक सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन मिति तोकेको छ । उक्त निर्वाचनको नतिजामा पनि जेन–जी युवा नै निर्णायक हुने देखिन्छ । २१ फागुनको निर्वाचनमा मतदान गर्न पाउने उमेरका जेन–जीको संख्या ६३ लाख ८४ हजार पुग्ने भएको हो ।

१८ वर्ष पूरा भएर मतदाता नामावलीमा नाम दर्ता भएका नेपाली नागरिकले आमनिर्वाचनमा मतदान गर्न पाउँछन् । निर्वाचन आयोगले बिहीबारदेखि पुनः मतदाता नामावली संकलन सुरु गर्दै आगामी २० फागुनसम्म १८ वर्ष पूरा हुने नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गरेर मतदानको अधिकार प्रयोग गर्न सक्ने जनाएको छ । 

जेन–जी समूहमा १३ वर्षदेखि २८ वर्षसम्म उमेरका व्यक्ति पर्छन् । ०७८ को जनगणनाअनुसार त्यतिबेला (चार वर्षअघि) १८ देखि २४ वर्ष उमेरका युवाको जनसंखया ३९ लाख ९२ हजार ५७७ थियो । जुन अहिले पनि २८ वर्षभित्रै अर्थात् जेन जी समूहमा पर्छ । त्यस्तै, ०७८ को जनगणनामा १४ देखि १७ वर्ष उमेर भएकाको जनसंख्या २३ लाख ९२ हजार १८८ थियो । त्यतिबेला १४ वर्ष उमेर रहेका व्यक्ति अहिले १८ वर्षका भएका छन् । यसरी आगामी निर्वाचनका लागि कुल ६३ लाख ८४ हजार ७६५ जेन–जी युवा मतदानका लागि योग्य हुनेछन् । चुनावी नतिजाका लागि यो निकै शक्तिशाली संख्या हो । 

निर्वाचन घोषणा भएपछि मतदाता नामावली संकलन स्थगित हुने प्रावधान सरकारले अध्यादेशमार्फत् संशोधन गरिसकेको छ । सरकारले बाधा फुकाइदिएपछि निर्वाचन आयोगले बिहीबारदेखि मतदाता नमावली संकलन पनि सुरु गरिसकेको छ । आयोगका अनुसार गत १५ असारसम्म मतदाता संख्या एक करोड ८१ लाख ६७ हजार ५७० पुगेकामा अब खुल्ने नामावली संकलनमा मतदाता बन्न योग्य २३ लाख ९२ हजार १८८ जेन–जी थपिने अवस्थामा कुल मतदाता दुई करोड पाँच लाख ५९ हजार ७५८ हुनेछन् । 

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नामावली संकलन कार्य अगाडि बढाइएको बताए । उनका अनुसार नामावली संकलनका लागि आयोगको जनशक्ति र संरचना तयारी अवस्थामा थियो । ‘मतदाता नामावली संकलन गर्ने प्रयोजनका लागि उहाँहरू (जेन–जी)लाई आह्वान गर्छाैँ । मतदाता बनेर मत हाल्न अपिल गर्छाैँ । मतदाता बन्न योग्य नभएका युवालाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दा प्रचारको भूमिकामा प्रयोग गर्छाैँ,’ उनले भने, ‘उनीहरूले मत हाल्नुपर्छ, मतको महत्व छ, हामीले भोट हालेनौँ भने कसरी राम्रो हुन्छ भनेर अभियान चलाउन सक्छन् । कुनै हालतमा मत हाल्नुपर्छ भन्ने वातावरण बनाउन सक्छन् ।’ 

अन्तर्राष्ट्रिय मापदण्डअनुसार सन् १९९७ देखि २०१२ सम्म जन्मिएका युवालाई जेन–जी अर्थात् जेनेरेसन जेड भनिन्छ । नेपाली क्यालेन्डरअनुसार ०५३ पुसदेखि ०६९ पुससम्म जन्मिएका व्यक्ति यो समूहमा पर्छन् । यो अवधिमा जन्मिएकाको अधिकतम उमेर २८ वर्ष हुँदा न्यूनतम उमेर भने १३ वर्ष पुग्छ । निर्वाचन कानुनअनुसार १८ वर्षमुनिका युवाले मत दिन पाउने छैनन् । तर, यो उमेरका जेन–जी युवाले आफू अभ्यस्त रहेको प्रविधिको विभिन्न प्लाटफर्ममार्फत हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्छन् । प्रविधिले निर्वाचनमा परम्परागत प्रणाली र प्रवृत्तिलाई धक्का दिन सक्ने आकलन अन्तर्राष्ट्रिय अध्येताहरूको छ । तथ्यांक विभागका अनुसार १३ वर्षदेखि १८ वर्षमुनिका जेन–जी युवाको संख्या २८ लाख छ । 

त्यसो त ०७९ को निर्वाचनमै यो पुस्ताले सशक्त हस्तक्षेपको भूमिका खेल्दै केही नयाँ मानक पनि स्थापित गरिसकेको छ । परम्परागत शक्तिको जनाधार घट्नु, नयाँ वैकल्पिक शक्तिप्रति आकर्षण देखिनु, मतदानमा वयस्क पुस्तालाई रूपान्तरण हुन बाध्य पार्नु जेन–जीको असर हो । उक्त चुनावमा जेन–जीको आधा संख्या मात्रै प्रत्यक्ष सहभागी थियो । किनभने सन् २००४ अर्थात् ०६१ सालसम्म जन्मिएका मात्रै मतदानका लागि योग्य थिए । 

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र विभागका प्राध्यापक डा. दीपेश घिमिरे आगामी निर्वाचनमा जेन–जीको भूमिकालाई चारवटा आयामबाट हेर्न सकिने विश्लेषण गर्छन् । ‘पहिलो, अहिले पुराना दलमा विवाद र रिफर्मको बहस चलेको छ, यो तिनै जेन–जी युवाको कारणले हो । पार्टीहरू स्वयं जेन–जीलाई सम्बोधन नगरी सर्भाइभ नगर्ने ठाउँमा पुगेका छन् । अब ती पार्टीबाट जेन–जी युवाले टिकट पाउने क्रम बढ्छ । दोस्रो, जसले आन्दोलन गरे, उनीहरूकै नेतृत्वमा पार्टी गठनको गृहकार्य भइरहेको छ । आफ्नो एजेन्डा, आफ्नै नेतृत्व गर्ने भनेर आफ्नै पार्टीमार्फत आउने देखिन्छ,’ उनले भने । 

घिमिरेका अनुसार आगामी निर्वाचनमा अभिव्यक्त हुने जेन–जीको मतबाट रिभोलुसन नै हुन्छ । जसले पुराना पार्टीको पतन नै निम्त्याउन सक्ने उनको विश्लेषण छ । ‘जेन–जीबाट अभिव्यक्त हुने मतबाट रिभोलुसन नै हुन्छ । यसलाई तेस्रो आयामको रूपमा हेर्न सकिन्छ । जसले जेन–जीको सोच र एजेन्डा अगाडि बढाउन सक्ने ल्याकत राख्छ, उसैलाई मत दिन्छ,’ उनले भने, ‘त्यस्तै, चौथोमा पुराना पार्टी पतनको संकेत दिन सक्छ । अहिलेका प्रमुख पार्टीहरू रिफर्म हुन सक्ने स्थिति भएन भने विघटन हुन्छ । पार्टीभित्रै विद्रोह भएर नयाँ पार्टीहरू फर्मेसन हुन सक्ने सम्भावना छ । स्थिति हेर्दा अहिलेका पार्टी चुनावमा एकताबद्ध भएर जाने सम्भावना पनि छैन ।’ 

देशमा भ्रष्टाचार मौलाएको, कुशासन फस्टाएको र नातावाद भाँगिएकोजस्ता मुद्दा बोकेर आन्दोलनमा होमिएका जेन–जी युवाहरूले आगामी चुनावलाई देशको मुहार फेर्ने अवसरका रूपमा सदुपयोग गर्न चाहिरहेका छन् । जेन–जी नेता प्रदीप ज्ञवाली आगामी निर्वाचनमा युवाहरूको मतको सदुपयोग हुनेमा उत्साहित छन् । 

‘अब हामी जेन–जीहरू परिवर्तनका लागि आफ्नो मत र नेतृत्व प्रयोग गर्छाैँ । पुराना दलका उच्च तहका नेता राजनीतिमा आउनुहुँदैन भन्ने आन्दोलनको म्यान्डेट थियो । दोस्रो र तेस्रो तहका नेताले पनि विचार गर्नुपर्छ भन्ने थियो । त्यो नभएको परिस्थितिमा जेन–जी साथीहरू पार्टी खोलेर पनि आउँछन्, म संसद्मा जानुपर्छ भनेर आफैँ उम्मेदवार भएर आउँछन्,’ उनले भने, ‘अर्काे, राम्रो मान्छे जहाँबाट लडेर पनि संसद् भवन पुग्नुप¥यो भन्ने भावनाअनुसार मतबाट परिवर्तन स्थापित गर्छाैँ । मतदाता बन्न योग्य नभएका जेन–जी भाइबहिनीहरूले घर परिवारमा सम्झाउन सक्छन् । अग्रजलाई सम्झाउने, सिकाउने काम गर्न सक्छन् ।’ यो समाचार नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नकाबधारी समूहद्वारा बैंक लुटपाट, ३ करोडभन्दा बढी रकम चोरी

नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा

ओलीको आधार क्षेत्रबाट लड्दै बालेन, डेरा खोज्दै सहयोगी

काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...

पछि हट्न होइन, फुट्न तयार भए देउवा

काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...

सुमन सायमी नेतृत्वको समूह आज नेकपामा समाहित हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ताको समय पुनः थप

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, विशेष महाधिवेशन पक्षधर सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...

तनहुँंको तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ

दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...

निर्वाचन आउन ५० दिन बाँकीः १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । निर...

देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी पूरा

तनहुँ । माघेसङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । तनहुँ, चितवन र नवलपुरलाई जोड्ने त्रिशूली र कालीगण्डकीको सङ्गम ...

कांग्रेस विशेष महाधिवेशनः प्रतिवेदनमाथि छलफल जारी, नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending