Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

फागुनको निर्वाचनमा ६३ लाख ८४ हजार जेनजी मतदाता बन्दै

खबरडबली संवाददाता

काठमाडौं । जेन–जी आन्दोलनको जगमा बनेको नागरिक सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन मिति तोकेको छ । उक्त निर्वाचनको नतिजामा पनि जेन–जी युवा नै निर्णायक हुने देखिन्छ । २१ फागुनको निर्वाचनमा मतदान गर्न पाउने उमेरका जेन–जीको संख्या ६३ लाख ८४ हजार पुग्ने भएको हो ।

१८ वर्ष पूरा भएर मतदाता नामावलीमा नाम दर्ता भएका नेपाली नागरिकले आमनिर्वाचनमा मतदान गर्न पाउँछन् । निर्वाचन आयोगले बिहीबारदेखि पुनः मतदाता नामावली संकलन सुरु गर्दै आगामी २० फागुनसम्म १८ वर्ष पूरा हुने नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गरेर मतदानको अधिकार प्रयोग गर्न सक्ने जनाएको छ । 

जेन–जी समूहमा १३ वर्षदेखि २८ वर्षसम्म उमेरका व्यक्ति पर्छन् । ०७८ को जनगणनाअनुसार त्यतिबेला (चार वर्षअघि) १८ देखि २४ वर्ष उमेरका युवाको जनसंखया ३९ लाख ९२ हजार ५७७ थियो । जुन अहिले पनि २८ वर्षभित्रै अर्थात् जेन जी समूहमा पर्छ । त्यस्तै, ०७८ को जनगणनामा १४ देखि १७ वर्ष उमेर भएकाको जनसंख्या २३ लाख ९२ हजार १८८ थियो । त्यतिबेला १४ वर्ष उमेर रहेका व्यक्ति अहिले १८ वर्षका भएका छन् । यसरी आगामी निर्वाचनका लागि कुल ६३ लाख ८४ हजार ७६५ जेन–जी युवा मतदानका लागि योग्य हुनेछन् । चुनावी नतिजाका लागि यो निकै शक्तिशाली संख्या हो । 

निर्वाचन घोषणा भएपछि मतदाता नामावली संकलन स्थगित हुने प्रावधान सरकारले अध्यादेशमार्फत् संशोधन गरिसकेको छ । सरकारले बाधा फुकाइदिएपछि निर्वाचन आयोगले बिहीबारदेखि मतदाता नमावली संकलन पनि सुरु गरिसकेको छ । आयोगका अनुसार गत १५ असारसम्म मतदाता संख्या एक करोड ८१ लाख ६७ हजार ५७० पुगेकामा अब खुल्ने नामावली संकलनमा मतदाता बन्न योग्य २३ लाख ९२ हजार १८८ जेन–जी थपिने अवस्थामा कुल मतदाता दुई करोड पाँच लाख ५९ हजार ७५८ हुनेछन् । 

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नामावली संकलन कार्य अगाडि बढाइएको बताए । उनका अनुसार नामावली संकलनका लागि आयोगको जनशक्ति र संरचना तयारी अवस्थामा थियो । ‘मतदाता नामावली संकलन गर्ने प्रयोजनका लागि उहाँहरू (जेन–जी)लाई आह्वान गर्छाैँ । मतदाता बनेर मत हाल्न अपिल गर्छाैँ । मतदाता बन्न योग्य नभएका युवालाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दा प्रचारको भूमिकामा प्रयोग गर्छाैँ,’ उनले भने, ‘उनीहरूले मत हाल्नुपर्छ, मतको महत्व छ, हामीले भोट हालेनौँ भने कसरी राम्रो हुन्छ भनेर अभियान चलाउन सक्छन् । कुनै हालतमा मत हाल्नुपर्छ भन्ने वातावरण बनाउन सक्छन् ।’ 

अन्तर्राष्ट्रिय मापदण्डअनुसार सन् १९९७ देखि २०१२ सम्म जन्मिएका युवालाई जेन–जी अर्थात् जेनेरेसन जेड भनिन्छ । नेपाली क्यालेन्डरअनुसार ०५३ पुसदेखि ०६९ पुससम्म जन्मिएका व्यक्ति यो समूहमा पर्छन् । यो अवधिमा जन्मिएकाको अधिकतम उमेर २८ वर्ष हुँदा न्यूनतम उमेर भने १३ वर्ष पुग्छ । निर्वाचन कानुनअनुसार १८ वर्षमुनिका युवाले मत दिन पाउने छैनन् । तर, यो उमेरका जेन–जी युवाले आफू अभ्यस्त रहेको प्रविधिको विभिन्न प्लाटफर्ममार्फत हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्छन् । प्रविधिले निर्वाचनमा परम्परागत प्रणाली र प्रवृत्तिलाई धक्का दिन सक्ने आकलन अन्तर्राष्ट्रिय अध्येताहरूको छ । तथ्यांक विभागका अनुसार १३ वर्षदेखि १८ वर्षमुनिका जेन–जी युवाको संख्या २८ लाख छ । 

त्यसो त ०७९ को निर्वाचनमै यो पुस्ताले सशक्त हस्तक्षेपको भूमिका खेल्दै केही नयाँ मानक पनि स्थापित गरिसकेको छ । परम्परागत शक्तिको जनाधार घट्नु, नयाँ वैकल्पिक शक्तिप्रति आकर्षण देखिनु, मतदानमा वयस्क पुस्तालाई रूपान्तरण हुन बाध्य पार्नु जेन–जीको असर हो । उक्त चुनावमा जेन–जीको आधा संख्या मात्रै प्रत्यक्ष सहभागी थियो । किनभने सन् २००४ अर्थात् ०६१ सालसम्म जन्मिएका मात्रै मतदानका लागि योग्य थिए । 

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र विभागका प्राध्यापक डा. दीपेश घिमिरे आगामी निर्वाचनमा जेन–जीको भूमिकालाई चारवटा आयामबाट हेर्न सकिने विश्लेषण गर्छन् । ‘पहिलो, अहिले पुराना दलमा विवाद र रिफर्मको बहस चलेको छ, यो तिनै जेन–जी युवाको कारणले हो । पार्टीहरू स्वयं जेन–जीलाई सम्बोधन नगरी सर्भाइभ नगर्ने ठाउँमा पुगेका छन् । अब ती पार्टीबाट जेन–जी युवाले टिकट पाउने क्रम बढ्छ । दोस्रो, जसले आन्दोलन गरे, उनीहरूकै नेतृत्वमा पार्टी गठनको गृहकार्य भइरहेको छ । आफ्नो एजेन्डा, आफ्नै नेतृत्व गर्ने भनेर आफ्नै पार्टीमार्फत आउने देखिन्छ,’ उनले भने । 

घिमिरेका अनुसार आगामी निर्वाचनमा अभिव्यक्त हुने जेन–जीको मतबाट रिभोलुसन नै हुन्छ । जसले पुराना पार्टीको पतन नै निम्त्याउन सक्ने उनको विश्लेषण छ । ‘जेन–जीबाट अभिव्यक्त हुने मतबाट रिभोलुसन नै हुन्छ । यसलाई तेस्रो आयामको रूपमा हेर्न सकिन्छ । जसले जेन–जीको सोच र एजेन्डा अगाडि बढाउन सक्ने ल्याकत राख्छ, उसैलाई मत दिन्छ,’ उनले भने, ‘त्यस्तै, चौथोमा पुराना पार्टी पतनको संकेत दिन सक्छ । अहिलेका प्रमुख पार्टीहरू रिफर्म हुन सक्ने स्थिति भएन भने विघटन हुन्छ । पार्टीभित्रै विद्रोह भएर नयाँ पार्टीहरू फर्मेसन हुन सक्ने सम्भावना छ । स्थिति हेर्दा अहिलेका पार्टी चुनावमा एकताबद्ध भएर जाने सम्भावना पनि छैन ।’ 

देशमा भ्रष्टाचार मौलाएको, कुशासन फस्टाएको र नातावाद भाँगिएकोजस्ता मुद्दा बोकेर आन्दोलनमा होमिएका जेन–जी युवाहरूले आगामी चुनावलाई देशको मुहार फेर्ने अवसरका रूपमा सदुपयोग गर्न चाहिरहेका छन् । जेन–जी नेता प्रदीप ज्ञवाली आगामी निर्वाचनमा युवाहरूको मतको सदुपयोग हुनेमा उत्साहित छन् । 

‘अब हामी जेन–जीहरू परिवर्तनका लागि आफ्नो मत र नेतृत्व प्रयोग गर्छाैँ । पुराना दलका उच्च तहका नेता राजनीतिमा आउनुहुँदैन भन्ने आन्दोलनको म्यान्डेट थियो । दोस्रो र तेस्रो तहका नेताले पनि विचार गर्नुपर्छ भन्ने थियो । त्यो नभएको परिस्थितिमा जेन–जी साथीहरू पार्टी खोलेर पनि आउँछन्, म संसद्मा जानुपर्छ भनेर आफैँ उम्मेदवार भएर आउँछन्,’ उनले भने, ‘अर्काे, राम्रो मान्छे जहाँबाट लडेर पनि संसद् भवन पुग्नुप¥यो भन्ने भावनाअनुसार मतबाट परिवर्तन स्थापित गर्छाैँ । मतदाता बन्न योग्य नभएका जेन–जी भाइबहिनीहरूले घर परिवारमा सम्झाउन सक्छन् । अग्रजलाई सम्झाउने, सिकाउने काम गर्न सक्छन् ।’ यो समाचार नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending