काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचनाका पुन:निर्माणको अभियानमा सबैलाई साथ दिन आह्वान गरेको छन् ।
बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले जेनजी आन्दोलनका क्रममा प्रभावित भौतिक संरचनाको पुन:निर्माण, राहत, पुन:स्थापना तथा आर्थिक पुनरुत्थानका लागि ‘भौतिक पूर्वाधार पुन:निर्माण कोष’ स्थापना गरिएकोे जानकारी गराए।
मन्त्री घिसिङले कोषमा सरकार, प्रदेश सरकार एवम् स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्रराष्ट्रहरु, विकास साझेदार तथा अन्तरराष्ट्रिय सङ्घ संस्थाबाट अमूल्य योगदान गरी राष्ट्र पुन:निर्माणको अभियानमा सहभागी हुन अनुरोध गरेको हो ।
उनले भने,“भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भई ठूलो धनजन क्षति भएको भन्दै भौतिक संरचनाको पुन:निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यका लागि कोष स्थापना गरेका छौँ ।”
सरकारले यसका लागि भौतिक पूर्वाधार पुन:निर्माण समिति गठन गरेको छ।समितिले विश्व समुदायसमक्ष ‘कल फोर ग्लोबल सपोर्ट: अर्जेन्ट अपिल फोर द रिस्टोरेशन एन्ड रिकन्सट्रक्सन अफ नेपालस् पब्लिक एसेट्स’ अनुरोधसहित सहयोगका लागि आह्वान गरेको छ ।
मन्त्री घिसिङले राष्ट्र पुन:निर्माणको अभियानमा साथ दिन आह्वान गर्दे कोषमा सङ्कलित रकम पारदर्शी रूपमा खर्च गरिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।कोषमा योगदान रकम जम्मा गर्ने बैंक खाताको विवरणमा राष्ट्रिय वाणिज्य बैँकको खाता नं १९६०१००१०२०७०००४ रहेको छ भने स्वीफ्ट कोड ‘आरबिबिएएनकेए’ रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...




प्रतिकृया लेख्नुहोस्: