चितवन । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोला नजिकै खसेको सुख्खा पहिरो हटाउने कार्य बिहीबार बिहानैदेखि सुरु गरिएको छ। तर मौसम प्रतिकूल रहेकाले काममा अवरोध आइरहेको छ।
बुधबार दिउँसो खसेको ठूलो पहिरोका कारण यो मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको हो। हिजो साँझ ६ बजेपछि भारी वर्षाका कारण पहिरो हटाउने काम रोकिएको थियो। अझै कति समय लाग्ने भन्ने यकिन नभएकोले सडक डिभिजन कार्यालयले सवारी चालक तथा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, मौसम अनुकूल रहेमा शुक्रबार रातिसम्म पहिरो पन्छाएर शनिबार बिहानदेखि सडक सञ्चालनमा ल्याउने लक्ष्य छ।
सडक बन्द भएको अवस्थामा तनहुँको खैरेनीटार हुँदै डेढगाउँतर्फको वैकल्पिक मार्ग प्रयोग गर्न सकिने स्थानीय प्रशासनले जनाएको छ। गण्डकी प्रदेश सरकारको गौरवको योजना अन्तर्गत निर्माणाधीन यो सडक मुस्ताङदेखि तराई जोड्ने महत्वपूर्ण मार्गका रूपमा रहेको छ।
वैकल्पिक मार्ग अन्तर्गत दमौली–खैरेनीटारबाट भीमाद, मानपुर, डेढगाउँ, वुलिङटार, ढोडेनी हुँदै गैँडाकोट पुग्न सकिन्छ। मुग्लिनदेखि खैरेनीटारसम्मको दूरी करिब ७० किलोमिटर रहेको छ।
यसअघि, गत शुक्रबार साँझ खसेको पहिरोले पनि मुग्लिन–नारायणगढ सडक करिब ४६ घण्टासम्म पूर्णरूपमा बन्द रहँदा दशैंमा घर फर्किने यात्रुहरू ठूलो समस्यामा परेका थिए।
त्यस्तै, हिजो साँझ धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलामा पनि पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। तर, पहिरो हटाएपछि यो सडक शुक्रबार बिहान ३ बजेदेखि पुनः सञ्चालनमा आएको छ।
यसैबीच, काठमाडौं प्रवेशका लागि वैकल्पिक मार्गको रूपमा प्रयोग हुने धार्के–सितापाइला सडक अझै सञ्चालनमा आउन सकेको छैन। हिजो राति ८ बजे ठुलो खोलानजिक खसेको पहिरो अझै हटाउन सकिएको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...
पौष १० गते, २०८२ - ०९:०९
काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...
पौष १० गते, २०८२ - ०९:०२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...
पौष १० गते, २०८२ - ०८:३१
कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल
पौष १० गते, २०८२ - ०८:११
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...
पौष १० गते, २०८२ - ०८:००
काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...
पौष १० गते, २०८२ - ०७:५७
काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...
पौष १० गते, २०८२ - ०७:४६
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ। विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...
पौष १० गते, २०८२ - ०७:३५
वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...
पौष १० गते, २०८२ - ०७:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...




प्रतिकृया लेख्नुहोस्: