Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

तुइनखोलाको पहिरो हटाउन अझै केही दिन लाग्ने, यी हुन् वैकल्पिक मार्ग

खबरडबली संवाददाता

चितवन । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोला नजिकै खसेको सुख्खा पहिरो हटाउने कार्य बिहीबार बिहानैदेखि सुरु गरिएको छ। तर मौसम प्रतिकूल रहेकाले काममा अवरोध आइरहेको छ।

बुधबार दिउँसो खसेको ठूलो पहिरोका कारण यो मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको हो। हिजो साँझ ६ बजेपछि भारी वर्षाका कारण पहिरो हटाउने काम रोकिएको थियो। अझै कति समय लाग्ने भन्ने यकिन नभएकोले सडक डिभिजन कार्यालयले सवारी चालक तथा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, मौसम अनुकूल रहेमा शुक्रबार रातिसम्म पहिरो पन्छाएर शनिबार बिहानदेखि सडक सञ्चालनमा ल्याउने लक्ष्य छ।

सडक बन्द भएको अवस्थामा तनहुँको खैरेनीटार हुँदै डेढगाउँतर्फको वैकल्पिक मार्ग प्रयोग गर्न सकिने स्थानीय प्रशासनले जनाएको छ। गण्डकी प्रदेश सरकारको गौरवको योजना अन्तर्गत निर्माणाधीन यो सडक मुस्ताङदेखि तराई जोड्ने महत्वपूर्ण मार्गका रूपमा रहेको छ।

वैकल्पिक मार्ग अन्तर्गत दमौली–खैरेनीटारबाट भीमाद, मानपुर, डेढगाउँ, वुलिङटार, ढोडेनी हुँदै गैँडाकोट पुग्न सकिन्छ। मुग्लिनदेखि खैरेनीटारसम्मको दूरी करिब ७० किलोमिटर रहेको छ।

यसअघि, गत शुक्रबार साँझ खसेको पहिरोले पनि मुग्लिन–नारायणगढ सडक करिब ४६ घण्टासम्म पूर्णरूपमा बन्द रहँदा दशैंमा घर फर्किने यात्रुहरू ठूलो समस्यामा परेका थिए।

त्यस्तै, हिजो साँझ धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलामा पनि पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। तर, पहिरो हटाएपछि यो सडक शुक्रबार बिहान ३ बजेदेखि पुनः सञ्चालनमा आएको छ।

यसैबीच, काठमाडौं प्रवेशका लागि वैकल्पिक मार्गको रूपमा प्रयोग हुने धार्के–सितापाइला सडक अझै सञ्चालनमा आउन सकेको छैन। हिजो राति ८ बजे ठुलो खोलानजिक खसेको पहिरो अझै हटाउन सकिएको छैन।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending