काठमाडौं । माओवादीसहितका दलहरू समाजवादी मोर्चालाई पार्टीमा रूपान्तरण गर्ने तयारीमा छन् । दसैँका बिचमा एकताको घोषणा गर्ने अन्तिम तयारीमा माओवादी, एकीकृत समाजवादी, नेकपा र नेसपा जुटेका छन् । तर, यसबारे मोर्चाका नेताहरू औपचारिक रूपमा बोल्न खोज्दैनन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी बैठकमै समाजवादी मोर्चाका घटकसँग पार्टी एकतासँगै देशभक्त र परिवर्तनका पक्षधरसँग बृहत् मोर्चा बनाउने प्रस्ताव गरेका छन् । बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्न तयार राजनीतिक प्रतिवेदनमा उनले पार्टी एकता र बृहत् मोर्चाको प्रस्ताव गरेका हुन् ।
एकताको विषयमा समाजवादी मोर्चाका घटकहरूबिच पटक–पटक छलफलसमेत भइसकेको छ । मोर्चाका घटक एकीकृत समाजवादी, नेकपा र नेसपाले पनि विचार मिल्ने दलहरूसँग एकताका लागि पहल गर्ने निर्णय गरिसकेका छन् । स्रोतहरूका अनुसार यही दसैँमा एकता घोषणा गर्ने र आगामी मंसिरमा एकता महाधिवेशन गर्ने गृहकार्य छ ।
‘समाजवादी मोर्चालाई एकतामा रूपान्तरण गर्न विशेष पहल गर्ने, विचार मिल्ने अन्य दलसँग पनि एकताका लागि पहल गर्ने भन्ने हो,’ माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने, ‘देशभक्त र परिवर्तनका पक्षधरसँग बृहत् मोर्चा बनाउन पनि पहल गर्ने विषय छ ।’
एकीकृत समाजवादीको गत शुक्रबार बसेको सचिवालय बैठकले चुनौतीपूर्ण अवस्थामा कम्युनिस्ट आन्दोलन तथा राष्ट्रिय स्वाधीनता र जनक्रान्तिको उपलब्धिको रक्षाका लागि सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, समाजवादी शक्ति र पार्टीहरूलाई एकताबद्ध भएर अगाडि बढ्न अपिल गरेको थियो ।
‘हाम्रो पार्टीले अँगालेको नीति, विचार, सिद्धान्त, कार्यक्रम र कार्यदिशासँग सहमत हुने वामपन्थी, कम्युनिस्ट तथा समाजवादी पार्टी र समूहसँग पार्टी एकता गर्न र अन्य पार्टी र समूहसँग वर्तमान सन्दर्भमा सहकार्य गर्न पहलकदमी अघि बढाउने निर्णय भएको छ,’ एकीकृत समाजवादीका उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले भने ।
विप्लव नेतृत्वको नेकपाले पार्टी एकताको पहल गर्न प्रवक्ता खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । नेकपाको केन्द्रीय समिति बैठकले बनाएको समितिमा नेताहरू अनिल शर्मा र कर्णजित बुढाथोकी सदस्य छन् ।
‘परिस्थिति फेरिएको छ । विचार, सिद्धान्त मिल्ने दलहरू एक भएर जानुपर्ने आवश्यकता छ । त्यसका लागि हामी एजेन्डा बनाएर छलफल गर्छौँ,’ उनले भने ।
नेसपा अध्यक्ष महिन्द्र राय यादवले समाजवादी मोर्चाका घटकबिच एकताको विषयमा छलफल हुँदै आएको बताउँदै वर्तमान परिस्थितिमा एकताको आवश्यकता झन् बढेर गएको बताए । उनले एकता र सहकार्यको नीतिअनुसार पार्टी अगाडि बढ्ने बताए ।
‘समाजवादी मोर्चाका घटकबिच एकताको विषयमा पहिलेदेखि नै छलफल हुँदै आएको हो । अहिलेको अवस्थामा एकता र सहकार्यको झन् बढी आवश्यकता भएको छ,’ उनले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...
पौष १० गते, २०८२ - ०९:०९
काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...
पौष १० गते, २०८२ - ०९:०२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...
पौष १० गते, २०८२ - ०८:३१
कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल
पौष १० गते, २०८२ - ०८:११
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...
पौष १० गते, २०८२ - ०८:००
काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...
पौष १० गते, २०८२ - ०७:५७
काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...
पौष १० गते, २०८२ - ०७:४६
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ। विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...
पौष १० गते, २०८२ - ०७:३५
वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...
पौष १० गते, २०८२ - ०७:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...




प्रतिकृया लेख्नुहोस्: