Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन निर्देशन

खबरडबली संवाददाता

खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन यातायात व्यवसायीलाई निर्देशन दिएको छ । दसैँ, तिहार तथा छठ पर्वको मौका छोपेर यातायात व्यवसायीले यात्रुबाट बढी भाडा लिने गरेको गुनासो आएपछि प्रशासनले तोकिएको भाडा दरभन्दा बढी नलिन निर्देशन दिएको हो। 

चाडपर्वको बहानामा यातायात व्यवसायीले तोकिएको दरभन्दा बढी भाडा लिएको खण्डमा तत्काल प्रहरीलाई खबर गर्न यात्रुहरूलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन्। 

‘चाडपर्वको अवसरमा यात्रुको चाप बढी हुने भएकाले सिट क्षमताभन्दा बढी यात्रु नराख्न, अनिवार्य टिकटको व्यवस्था गर्न तथा गति सीमित गर्न यातायात व्यवसायीलाई निर्देशन दिएका छौँ । यात्रुको सहजताका लागि विभिन्न ठाउँमा यात्रु सहायता कक्षसमेत सञ्चालन गर्ने तयारी गरिएको छ’, उनले भनिन्, ‘प्रशासनको निर्देशनलाई अवज्ञा गरेको खण्डमा कारबाहीको दायरामा ल्याउँछौँ । यसमा व्यवसायीहरूसमेत सहमत भएका छन्।’

चाडपर्वमा यात्रुको आवागमन सहज र सुरक्षित यात्रा बनाउन भाडा दर नियमनमा कडाइ गर्ने निर्णय गरिएको जिल्ला प्रशासनले जनाएको छ । हरेक वर्ष चाडपर्वमा घर जाने र फर्कने यात्रुको चाप बढ्ने हुँदा यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुल्ने, अतिरिक्त शुल्क लिने, क्षमताभन्दा बढी यात्रु चढाउनेलगायत समस्या देखिँदै आएकाले यस पटक प्रशासनले विशेष निगरानी गर्ने प्रजिअ श्रेष्ठले जानकारी दिइन्। 

प्रशासन र यातायात व्यवसायीबिच यसअघि भएको बैठकले तोकेको भाडादरअनुसार दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलको एकतर्फी बसको भाडा रु एक हजार ६१०, दिक्तेल–धरान तथा धरान–दिक्तेलको एकतर्फी बसको भाडा रु एक हजार ५०० कायम गरिएको थियो । जिपमा दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलको एकतर्फी भाडा रु दुई हजार तथा दिक्तेल–धरान–विराटनगर तथा विराटनगर–धरान–दिक्तेलको एकतर्फी भाडा रु दुई हजार १०० कायम गरेर कार्यान्वयनमा ल्याइएको छ। 

छोटो दूरीमा सञ्चालन हुने सवारीसाधनलाई यसअघि निर्धारण गरिएको दरअनुसार यात्रुबाट भाडा लिएर यात्रा गराउन प्रशासनले आग्रह गरेको छ । जिल्लामा निर्धारण गरिएको भाडा दर अनुगमनका लागि जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षण समिति र यातायात व्यवसायी सङ्घ तथा विभिन्न संस्था सम्मिलित संयुक्त टोली खटाइने प्रशासन कार्यालयले जनाएको छ। 

देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै जिल्लामा सञ्चालित सबै यातायातका साधनको भाडा दर पुरानै रहने गरी कायम गरिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए । ‘गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनपछि मुलुक रोइरहेको छ। यस्तो अवस्थामा सबै समस्या र चिन्तामा छन्’, उनले भने, ‘देश निर्माणका लागि यातायात व्यवसायीको महत्त्वपूर्ण भूमिका हुन्छ । यात्रुको सहजताका लागि हाललाई पुरानै भाडा दर कायम गरेका हौँ । यदि कसैले तोकिएको भाडादरभन्दा बढी लिएको खण्डमा कारबाहीको दायरामा ल्याउँछौँ।’

दश स्थानीय तह रहेको जिल्लाका सबै ठाउँमा यातायातका साधन सञ्चालन हुन्छन् । जिल्लाका ग्रामीण सडकमा सञ्चालन हुने यातायातका साधनबाट यात्रुहरू सबैभन्दा बढी ठगिने गरेका गुनासो आउने गरेको छ। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सारङ्गीको धुनमा गुजारा

तनहुँ । बुटवल बसोबास गर्दै आएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती भएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभि...

७७ जनाको ज्यान जानु सामान्य कुरा होइन, मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा छैन : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कार्यकर्तालाई सडकमा ओरालेर मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा नभएको बताएका छन्।  पार...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौं । पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो। कांग्रेस नेतासमेत र...

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रे । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ  । जिल्ला प्रहरी क...

एमालेले आज अदालत खुल्नेबित्तिकै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्ने

काठमाडौं ।  एमालेले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी गिरफ्तार गरेको भन्दै आइतबारै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता...

ओली र लेखकमाथि ज्यान मुद्दामा अघि बढ्यो अनुसन्धान

काठमाडौं । २३ भदौको जेन–जी आन्दोलनमा लापरबाहीपूर्वक बल प्रयोग गरी युवाको ज्यान लिएको कसुरमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई ...

ओली-लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्...

ओली पक्राउको विरोधमा एमालेले आज पनि प्रदर्शन गर्ने, सीडीओ कार्यालयमा विरोधपत्र पनि बुझाउँदै

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ। एमालेले आज देशभरका जिल्ला प्रशास...

यी हुन् शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठ)

काठमाडौँ । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्...

आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, यी स्थानमा हुनसक्छ हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका क...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending