Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

गल्तीप्रति माफी माग्दै विष्णु पौडेलले भने- एमालेले गरेका कामको गम्भीर समीक्षा हुनेछ

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पार्टीले विगतमा लिएका निर्णय, गरेका कार्य र त्यसका परिणामहरूबारे गम्भीर समीक्षा गरिने बताएका छन्।

फेसबुकमार्फत् सार्वजनिक सन्देशमा उनले हालैको 'जेन्जी आन्दोलन'प्रति टिप्पणी गर्दै त्यसको मूल कारण भ्रष्टाचार नियन्त्रणमा असफलता, सुशासन अभाव र जनसेवामा सुधारको कमी भएको उल्लेख गरे। विशेष गरी युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोशलाई समयमै सम्बोधन गर्न नसक्नु आन्दोलन चर्किनुको प्रमुख कारक भएको पौडेलले बताएका छन्।

उनले भने, "जेन्जी आन्दोलनका क्रममा देखिएको हिंसा, हत्या, तोडफोड र आगजनीप्रति गहिरो चिन्ता छ। ती घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुन अनुसार कारबाही गर्न र क्षतिग्रस्त संरचनाहरूको छिटो पुनर्निर्माण गर्न सरकारसँग माग गर्दछु।"

पौडेलले व्यक्तिगत रूपमा पनि विगतमा आफूबाट भएका गल्ती, कमजोरी र भूलप्रति क्षमायाचना गरेका छन्। साथै, पार्टी भित्र आवश्यक सुधारको संकेत दिंदै भने, "पार्टीको संगठन, कार्यशैली र आचरणमा परिवर्तन ल्याइनेछ।"

उनका अनुसार अहिलेको प्रमुख आवश्यकता भनेको पार्टीलाई जनतासँग, विशेषतः युवा पुस्तासँग नजिक बनाउनु हो। नीति निर्माण र नेतृत्व निर्माणमा युवाशक्तिको निर्णायक भूमिका हुने बताउँदै, एमालेलाई परिवर्तनको संवाहक शक्तिका रूपमा स्थापित गर्नुपर्ने जिम्मेवारीमा आफूहरू तयार रहेको उनले बताए।

शुभकामना सन्देशमार्फत पौडेलले पार्टी नेतृत्व, विचार र व्यवहारमा आमूल परिवर्तन आवश्यक रहेको स्पष्ट पारेका छन्। संविधान दिवसलाई उनले आत्मसमीक्षा र सुधारको अवसरको रूपमा लिएको संकेत गरेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सारङ्गीको धुनमा गुजारा

तनहुँ । बुटवल बसोबास गर्दै आएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती भएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभि...

७७ जनाको ज्यान जानु सामान्य कुरा होइन, मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा छैन : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कार्यकर्तालाई सडकमा ओरालेर मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा नभएको बताएका छन्।  पार...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौं । पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो। कांग्रेस नेतासमेत र...

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रे । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ  । जिल्ला प्रहरी क...

एमालेले आज अदालत खुल्नेबित्तिकै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्ने

काठमाडौं ।  एमालेले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी गिरफ्तार गरेको भन्दै आइतबारै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता...

ओली र लेखकमाथि ज्यान मुद्दामा अघि बढ्यो अनुसन्धान

काठमाडौं । २३ भदौको जेन–जी आन्दोलनमा लापरबाहीपूर्वक बल प्रयोग गरी युवाको ज्यान लिएको कसुरमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई ...

ओली-लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्...

ओली पक्राउको विरोधमा एमालेले आज पनि प्रदर्शन गर्ने, सीडीओ कार्यालयमा विरोधपत्र पनि बुझाउँदै

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ। एमालेले आज देशभरका जिल्ला प्रशास...

यी हुन् शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठ)

काठमाडौँ । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्...

आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, यी स्थानमा हुनसक्छ हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका क...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending