Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

जेनजी आन्दोलन- सिंहदरबारभित्रका एक हजारभन्दा बढी सवारीसाधनमा आगजनी

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौं । सिंहदरबार र आसपासका क्षेत्रहरूमा भदौ २४ गते भएको आन्दोलनका क्रममा एक हजारभन्दा बढी सवारीसाधनमा आगजनी र तोडफोड भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। आन्दोलनका क्रममा सरकारी कार्यालयहरूको परिसरभित्र र बाहिर रहेका सवारीसाधनमा व्यापक क्षति पुगेको हो।

सरकारी स्रोतका अनुसार प्रदर्शनकारीहरूले जम्मा ४४१ वटा साना र ठूला चारपांग्रे सवारीसाधनमा आगजनी तथा तोडफोड गरेका छन्। त्यस्तै, ६०१ वटा मोटरसाइकल र स्कुटरमा समेत क्षति पुगेको प्रारम्भिक तथ्यांकमा उल्लेख गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मात्र ४७ वटा चारपांग्रे र ७४ वटा दुईपांग्रे सवारीसाधनमा आगजनी भएको पुष्टि गरिएको छ। अर्थ मन्त्रालयमा ३६ वटा चारपांग्रे र ५४ वटा मोटरसाइकलमा क्षति पुगेको छ। त्यस्तै, गृहमन्त्रालयले २५ वटा कार र ३० वटा मोटरसाइकलको क्षति विवरण सार्वजनिक गरेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ९ वटा कार र ३९ वटा मोटरसाइकलमा क्षति पुगेको छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दुई ठूला बससहित ३२ वटा साना गाडी र ३९ वटा मोटरसाइकलमा आगजनी भएको उल्लेख छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा २६ वटा कार र ४७ वटा दुईपांग्रे सवारी जलाइएको छ। युवा तथा खेलकुद मन्त्रालयले १९ वटा चारपांग्रे र २३ वटा दुईपांग्रे सवारी जलेको जनाएको छ। संघीय संसद् अन्तर्गत १८ वटा कार र ३६ वटा मोटरसाइकलमा क्षति पुगेको विवरण आएको छ।

वन तथा वातावरण मन्त्रालयमा १७ वटा सवारीसाधन र १० वटा मोटरसाइकल जलेका छन् भने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका ९ वटा दुईपांग्रे सवारीमा क्षति पुगेको छ।

बग्गीखानास्थित ट्राफिक प्रहरी कार्यालयमा रहेका १८ वटा गाडी र ३९ वटा मोटरसाइकलमा आगजनी भएको पुष्टि भएको छ। सर्वोच्च अदालतको परिसरमा ५१ वटा सवारीसाधनमा क्षति पुगेको अनुमान गरिएको भए पनि यसको पुष्टि भने हुन बाँकी छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा २२ वटा चारपांग्रे र १४ वटा दुईपांग्रे सवारी जलेका छन्। सर्वाधिक क्षति सहरी विकास तथा भवन निर्माण विभागमा भएको देखिन्छ, जहाँ ५० वटा कारसहित २०० भन्दा बढी मोटरसाइकलमा आगजनी भएको छ।

सडक विभागले ६५ वटा चारपांग्रे सवारीसाधन पूर्ण रूपमा जलेर ध्वस्त भएको जनाएको छ भने मोटरसाइकलको संख्या गन्नै नसकिने अवस्थामा पुगेको छ। महान्यायाधिवक्ता कार्यालयमा दुई साना गाडी र एकवटा बसमा आगजनी भएको जानकारी प्राप्त भएको छ।

सरकारी कार्यालयहरूले संकलन गरेका प्रारम्भिक विवरणहरूबाट आन्दोलनको हिंसात्मक रूप र सार्वजनिक सम्पत्तिमा पुगेको क्षति स्पष्ट देखिन्छ। घटनापछि क्षतिको यथार्थ मूल्यांकन र दोषी पहिचान गर्न सुरक्षानिकाय तथा प्रशासन सक्रिय भएको छ।

jaleka-gadi-1757991537.png

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending