Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

जेनजी आन्दोलन- सिंहदरबारभित्रका एक हजारभन्दा बढी सवारीसाधनमा आगजनी

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौं । सिंहदरबार र आसपासका क्षेत्रहरूमा भदौ २४ गते भएको आन्दोलनका क्रममा एक हजारभन्दा बढी सवारीसाधनमा आगजनी र तोडफोड भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। आन्दोलनका क्रममा सरकारी कार्यालयहरूको परिसरभित्र र बाहिर रहेका सवारीसाधनमा व्यापक क्षति पुगेको हो।

सरकारी स्रोतका अनुसार प्रदर्शनकारीहरूले जम्मा ४४१ वटा साना र ठूला चारपांग्रे सवारीसाधनमा आगजनी तथा तोडफोड गरेका छन्। त्यस्तै, ६०१ वटा मोटरसाइकल र स्कुटरमा समेत क्षति पुगेको प्रारम्भिक तथ्यांकमा उल्लेख गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मात्र ४७ वटा चारपांग्रे र ७४ वटा दुईपांग्रे सवारीसाधनमा आगजनी भएको पुष्टि गरिएको छ। अर्थ मन्त्रालयमा ३६ वटा चारपांग्रे र ५४ वटा मोटरसाइकलमा क्षति पुगेको छ। त्यस्तै, गृहमन्त्रालयले २५ वटा कार र ३० वटा मोटरसाइकलको क्षति विवरण सार्वजनिक गरेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ९ वटा कार र ३९ वटा मोटरसाइकलमा क्षति पुगेको छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दुई ठूला बससहित ३२ वटा साना गाडी र ३९ वटा मोटरसाइकलमा आगजनी भएको उल्लेख छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा २६ वटा कार र ४७ वटा दुईपांग्रे सवारी जलाइएको छ। युवा तथा खेलकुद मन्त्रालयले १९ वटा चारपांग्रे र २३ वटा दुईपांग्रे सवारी जलेको जनाएको छ। संघीय संसद् अन्तर्गत १८ वटा कार र ३६ वटा मोटरसाइकलमा क्षति पुगेको विवरण आएको छ।

वन तथा वातावरण मन्त्रालयमा १७ वटा सवारीसाधन र १० वटा मोटरसाइकल जलेका छन् भने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका ९ वटा दुईपांग्रे सवारीमा क्षति पुगेको छ।

बग्गीखानास्थित ट्राफिक प्रहरी कार्यालयमा रहेका १८ वटा गाडी र ३९ वटा मोटरसाइकलमा आगजनी भएको पुष्टि भएको छ। सर्वोच्च अदालतको परिसरमा ५१ वटा सवारीसाधनमा क्षति पुगेको अनुमान गरिएको भए पनि यसको पुष्टि भने हुन बाँकी छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा २२ वटा चारपांग्रे र १४ वटा दुईपांग्रे सवारी जलेका छन्। सर्वाधिक क्षति सहरी विकास तथा भवन निर्माण विभागमा भएको देखिन्छ, जहाँ ५० वटा कारसहित २०० भन्दा बढी मोटरसाइकलमा आगजनी भएको छ।

सडक विभागले ६५ वटा चारपांग्रे सवारीसाधन पूर्ण रूपमा जलेर ध्वस्त भएको जनाएको छ भने मोटरसाइकलको संख्या गन्नै नसकिने अवस्थामा पुगेको छ। महान्यायाधिवक्ता कार्यालयमा दुई साना गाडी र एकवटा बसमा आगजनी भएको जानकारी प्राप्त भएको छ।

सरकारी कार्यालयहरूले संकलन गरेका प्रारम्भिक विवरणहरूबाट आन्दोलनको हिंसात्मक रूप र सार्वजनिक सम्पत्तिमा पुगेको क्षति स्पष्ट देखिन्छ। घटनापछि क्षतिको यथार्थ मूल्यांकन र दोषी पहिचान गर्न सुरक्षानिकाय तथा प्रशासन सक्रिय भएको छ।

jaleka-gadi-1757991537.png

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...

चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट

काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...

शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित, विद्यालयमा बिदा

रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...

निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...

थुनामुक्त भएपछि रवि लामिछाने केको हिसाब खोजिरहेका छन् ?

काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...

विमानस्थलबाट चार किलो गाँजासहित एक भारतीय पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...

कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु

जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार, गिट्टी कुटेर जीविका

कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...

निर्वाचन ७३ दिन बाँकी: यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending