Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

संसद विघटनको विरोधमा उत्रिएका दल- संवैधानिक संकट टार्न भन्दै निर्वाचनमा जान सहमत

खबरडबली संवाददाता

काठमाडौं । संसद् विघटनको विरोधमा उभिएका प्रमुख राजनीतिक दलहरू अब भने निर्धारित मिति अनुसार प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नुपर्ने पक्षमा उभिन थालेका छन्। 

जेन–जी आन्दोलनको दबाबमा बनेको अन्तरिम सरकारको सिफारिसमा संसद् विघटन भएपछि दलहरूले यसको विरोध गर्दै आएका थिए। तर सोमबार प्रमुख दलका दोस्रो तहका नेताहरूले देशलाई थप संवैधानिक र राजनीतिक अन्यौलमा लैजानु नहुने भन्दै निर्वाचन आवश्यक भएको धारणा सार्वजनिक रूपमा व्यक्त गरेका छन्।

प्रतिनिधिसभा विघटनपछि उत्पन्न संवैधानिक रिक्तता र राजनीतिक अस्थिरताप्रति दलहरू चिन्तित छन्। कांग्रेसका महामन्त्री गगन थापाले निष्पक्ष निर्वाचन र संविधानको रक्षा अहिलेको प्रमुख कार्यभार भएको बताए। 

उनले संसद् विघटनले सिर्जना गरेको संवैधानिक अन्यौललाई ढिलोचाँडो संवैधानिक निरूपण गरिने विश्वास व्यक्त गरे। ‘आजको परिस्थिति यथार्थ हो, यसलाई स्वीकार गरेर निर्वाचन सुनिश्चित गर्नुपर्छ,’ थापाले भने, ‘जिम्मेवार लोकतान्त्रिक दलको नाताले निर्वाचन गराउने सरकारलाई सहयोग गरौँ।’

थापाले सरकार जिम्मेवारीबाट विचलित भए खबरदारी गर्नुपर्ने पनि स्पष्ट पारे। साथै, उनले आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न निरन्तर दबाब आवश्यक भएको बताए।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए। उनले निर्वाचन नहुँदा देश थप संकटतर्फ जाने खतरा औंल्याए। श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आजको मुख्य कार्यभारका रूपमा प्रस्तुत गर्दै जेन–जी आन्दोलनले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्नुपर्ने धारणा राखे।

एमाले महासचिव शंकर पोखरेलले पनि पार्टी निर्वाचनको पक्षमा रहेको बताएका छन्। उनले अन्तरिम सरकारको प्रमुख कर्तव्य समयमै निर्वाचन गराउने रहेको स्पष्ट पार्दै निर्वाचनको वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरे।

यद्यपि, निर्वाचनको समर्थन गर्दै आएका दलहरूले औपचारिक तथा संस्थागत निर्णय भने गरेका छैनन्। संसद् विघटनको विरोधमा यसअघि कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, लोसपा, जनमत, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले संयुक्त विज्ञप्ति जारी गरी संसद् पुनःस्थापनाको माग गरेका थिए।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने पहिले नै संसद् विघटन र निर्वाचन घोषणाको स्वागत गर्दै आएको छ। पार्टी प्रवक्ता मनीष झाले २७ भदौमा जारी विज्ञप्तिमा सुशासनका लागि नयाँ सरकार र निर्वाचनको निर्णय सकारात्मक भएको बताएका थिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending