Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

कांग्रेसद्वारा सभापति देउवा दम्पत्तिमाथिको आक्रमणको भर्त्सना

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसले सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा उनकी धर्मपत्नी एवं केन्द्रीय सदस्य डा आरजु राणा देउवामाथिको बर्बतापूर्ण भौतिक आक्रमणको निन्दा र भर्त्सना गरेको छ ।

कांग्रेसले एक वक्तव्यमार्फत लोकतन्त्रका लागि जीवनपर्यन्त अविचलित रूपमा सङ्घर्ष गर्नुभएका पार्टी सभापति देउवा र केन्द्रीय सदस्य डा राणामाथिको आक्रमणको निन्दा गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

‘जेनजी’ आन्दोलनका क्रममा भएको मृत्यु एवं खर्बौको भौतिक संरचनाको विनाश, अन्य कयौँ राजनैतिक नेतृत्वमाथिको भौतिक आक्रमण, राष्ट्रपतिद्वारा गरिएको संवाद पहलकदमी, अन्तरिम प्रधानमन्त्रीको घोषणा, प्रतिनिधिसभा विघटन यी समग्र विषयमा पार्टीको धारणा सार्वजनिक गरिसकेको कांग्रेसले जनाएको छ ।

उपसभापति पूर्णबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा युवा सहादत हुनु र खर्बौं सम्पत्तिको तोडफोड, आगजनी भई पूर्णक्षति हुनु अत्यन्तै दुःखद् भएको उल्लेख छ । कांग्रेसले आन्दोलनको क्रममा जीवन गुमाउने युवाहरू, सुरक्षाकर्मीलगायतप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

यस्तै, सम्पूर्ण घटनाको छानबिन गर्न मागका लागि सरकारलाई पुनःस्मरण गराएको छ । “जेनजीको भावनाविपरीत अवाञ्छित घुसपैठ हुँदा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, प्रदेशसभा भवनदेखि अनेकौ राजनैतिक, प्रशासनिक, व्यावसायिक प्रतिष्ठान, वित्तीय संस्था, मिडिया संस्था र व्यक्तिका निजी घरमा समेत गरेर खर्बौंको संरचना ध्वस्त गरिएको छ । यो अत्यन्तै अकल्पनीय र दुःखद् घटना निन्दनीय र भर्त्सना योग्य छ । सरकारले क्षतिको वास्तविक आङ्कलन प्रक्रिया अविलम्ब सुरु गरौँ”, विज्ञप्तिमा भनिएको छ ।

यसैगरी कांग्रेसले पार्टीका अग्रज, नेता, पार्टीका साथी तथा अन्य राजनीतिक दलका नेतामाथि भएको भौतिक आक्रमण निन्दनीय र भर्त्सना योग्य भन्दै आन्दोलनका क्रममा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

“संविधानबमोजिम जनताबाट लोकतान्त्रिक विधिअनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधिसभाको विघटन पूर्णरूपमा अलोकतान्त्रिक र असंवैधानिक छ । यस कार्यले देशको संविधान, सविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठाराघात भएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending