गुरुङले भनेका छन् कि संविधानको धारा ७६(५) अनुसार मात्र सरकारले सदनमा विश्वासको मत हार्दा र त्यसपछि धारा ७६(७) को व्यवस्था लागु गर्नुपर्ने व्यवस्था रहेको हुँदा, विघटन सहज रूपमा गर्न नहुने उनको तर्क छ। उनले थपे, वर्तमान प्रतिनिधि सभाबाट अहिलेसम्म धारा ७६(२) बाहेकका उपधाराहरूको अभ्यास गरिएको छैन।
गुरुङले भने “विगतमा सर्वोच्च अदालतले दिएका आदेशहरुले स्पष्ट गरेकै छन् कि प्रतिनिधि सभाबाट विकल्प सरकार दिने अवस्था रहँदा संसद् विघटन गर्न नहुने नजीरहरू स्थापित भएका छन्। यस्तो सन्दर्भमा धारा ७६ को उपधाराहरू—३, ४, ५, ६, ७ बिनै गरि जेगरीका रूपमा प्रतिनिधि सभा विघटन गरिएको निर्णय प्रथम दृष्टिमा संवैधानिक/विधिसम्मत देखिँदैन। अतः उक्त निर्णय बदरयोग्य देखिन्छ।”
उनले व्याख्या गरेका छन् कि धारा ७६(२) अनुसारको सरकारले राजीनामा दिएपछि राष्ट्रपति तथा प्रतिनिधि सभाले वैकल्पिक सरकार बनाउनुपर्ने प्रक्रियाका चरणहरू पूरा हुनुपर्ने भए पनि त्यो प्रक्रिया पालना नहुँदा संसद् बाहिरबाट प्रधानमन्त्री नियुक्ति गरिएको देखिनाले संवैधानिक व्यवस्थालाई उल्लङ्घन गरिएको तर्क गरे। गुरुङले राष्ट्रपतिका अधिकार (धारा ६६) लाई आधार बनाएर सरकार गठन गरिएको दावीलाई पनि अनुचित ठहर्याए।
गुरुङले चेतावनी दिएका छन् “जेन्जी समूहसँग गरिएका कुनै समझदारी वा सहमति भएमा त्यसको वैधता सुनिश्चित गर्न संवैधानिक प्रक्रिया भित्रै समावेश गर्नुपर्नेछ। नत्र ती सहमतिहरू केवल नीतिगत समझदारीमा सीमित रहनेछन् र संसद् विघटन संवैधानिक प्रक्रियालाई छल्न प्रयोग गरियो भने त्यो लोकतान्त्रिक मार्ग होइन, निरंकुशताको मार्ग हुनेछ। निरंकुशताको मार्गले संविधान र लोकतन्त्रको अन्त्य गरी देशको राष्ट्रिय स्वाधीनता समेत प्रभावित पार्न सक्छ।”
गुरुङले देशको सुरक्षा र राष्ट्रिय अस्मितालाई जोड्दै भने कि संविधान र लोकतान्त्रिक पद्धति पालना गर्नु नै वर्तमान राजनीतिक संकटबाट देशलाई जोगाउने एकमात्र मार्ग हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: