झापा । झापाको दमकमा रहेको मालपोत र नापी कार्यालय आगजनी हुनबाट कर्मचारीहरुले जोगाएका छन् । नापी कार्यालय दमकका सर्वेक्षक नारायण सापकोटासहितका कर्मचारीहरुले आन्दोलनकारीलाई सम्झाएर फर्काउँदै नापी र मालपोत कार्यालय आगजनी हुनबाट जोगाएका हुन् ।
जेनजी आन्दोलनका क्रममा दुई वटा अराजक समूहले मालपोत र नापीमा आगजनीको प्रयास गरेका थिए । २–३ जनाको समूहले सुरुमा मालपोत कार्यालयमा लगाएको आगो स्थानीयको सहयोगमा कर्मचारीले नियन्त्रणमा लिए । फेरि आएको अर्को समूहले मालपोत कार्यालयमा तोडफोड गर्दै आगजनीको प्रयास गरे ।
आगजनीका लागि कार्यालय प्रवेश गरेकाहरूलाई आफू नै आन्दोलनकारीजस्तो बनेर सम्झाउँदै कार्यालयबाट बाहिर निकालेको उनले बताए । ‘अराजक समूहलाई रोक्न आन्दोलनकारीकै रूपमा प्रस्तुत भइयो,’ सापकोटाले भने, ‘सबै भ्रष्टलाई कारवाही गर्नुपर्छ, तर यो कागजातले हामीलाई नोक्सान गर्दैन, सधैंका लागि चाहिन्छ भन्दै सम्झाएँ । यो प्रयासले कार्यालय जोगियो ।’
ललितपुर घर भएका उनी पाँच महिनाअघि दमक सरुवा भएर आएका थिए । जेनजी युवाहरुको प्रदर्शनको क्रममा दमकका सबैजसो सरकारी कार्यालयहरु आगजनी हुँदा मालपोत र नापी कार्यालय जोगिएका छन् ।
‘कार्यालय आगलागी हुनबाट जोगाउन सर्भेक्षक नारायण सापकोटा, अमर राई र स्थानीयको भूमिका महत्वपूर्ण रहेकाे मालपोत कार्यालय दमक शाखा प्रमुख लक्ष्मीप्रसाद खरेलले बताए । उनले भने ‘कार्यालयका फर्निचर र उपकरणमा क्षति भए पनि आगजनी हुन पाएन ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...
श्रावण ११ गते, २०८३ - ०८:२२
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...
श्रावण ११ गते, २०८३ - ०८:२०
सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...
श्रावण ११ गते, २०८३ - ०८:१७
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...



प्रतिकृया लेख्नुहोस्: