झापा । झापाको दमकमा रहेको मालपोत र नापी कार्यालय आगजनी हुनबाट कर्मचारीहरुले जोगाएका छन् । नापी कार्यालय दमकका सर्वेक्षक नारायण सापकोटासहितका कर्मचारीहरुले आन्दोलनकारीलाई सम्झाएर फर्काउँदै नापी र मालपोत कार्यालय आगजनी हुनबाट जोगाएका हुन् ।
जेनजी आन्दोलनका क्रममा दुई वटा अराजक समूहले मालपोत र नापीमा आगजनीको प्रयास गरेका थिए । २–३ जनाको समूहले सुरुमा मालपोत कार्यालयमा लगाएको आगो स्थानीयको सहयोगमा कर्मचारीले नियन्त्रणमा लिए । फेरि आएको अर्को समूहले मालपोत कार्यालयमा तोडफोड गर्दै आगजनीको प्रयास गरे ।
आगजनीका लागि कार्यालय प्रवेश गरेकाहरूलाई आफू नै आन्दोलनकारीजस्तो बनेर सम्झाउँदै कार्यालयबाट बाहिर निकालेको उनले बताए । ‘अराजक समूहलाई रोक्न आन्दोलनकारीकै रूपमा प्रस्तुत भइयो,’ सापकोटाले भने, ‘सबै भ्रष्टलाई कारवाही गर्नुपर्छ, तर यो कागजातले हामीलाई नोक्सान गर्दैन, सधैंका लागि चाहिन्छ भन्दै सम्झाएँ । यो प्रयासले कार्यालय जोगियो ।’
ललितपुर घर भएका उनी पाँच महिनाअघि दमक सरुवा भएर आएका थिए । जेनजी युवाहरुको प्रदर्शनको क्रममा दमकका सबैजसो सरकारी कार्यालयहरु आगजनी हुँदा मालपोत र नापी कार्यालय जोगिएका छन् ।
‘कार्यालय आगलागी हुनबाट जोगाउन सर्भेक्षक नारायण सापकोटा, अमर राई र स्थानीयको भूमिका महत्वपूर्ण रहेकाे मालपोत कार्यालय दमक शाखा प्रमुख लक्ष्मीप्रसाद खरेलले बताए । उनले भने ‘कार्यालयका फर्निचर र उपकरणमा क्षति भए पनि आगजनी हुन पाएन ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: