Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

जेन जेड आन्दोलन र नेतृत्वको विडम्बना : “काम गर्ने कालु, मकै खाने भालु”

गुमनाम गाउँले

काठमाडाैं । नेपालको नवीनतम् आन्दोलन — जेन जेड आन्दोलन — ले देशभरका युवा पुस्ताको आकांक्षा र आक्रोशलाई सडकमा उतार्यो । यो आन्दोलनले पुराना दलहरूको असफलता र पुरानो पुस्ताको असंवेदनशीलतालाई प्रश्नमाथि प्रश्न खडा गर्‍यो । तर, आन्दोलनकाे मूल ध्येयसँगै अहिले यसको नेतृत्वको स्वरूपले पनि बहसको ठाउँ लिएको छ।

मिरज ढुंगाना सुरुवाती दिनदेखि नै यो आन्दोलनको ‘फ्रन्टलाइन’मा देखिएका थिए । माइक समातेर युवाको असन्तोषलाई स्वर दिने, रणनीति तय गर्ने र आन्दोलनलाई जनपक्षीय बनाउन उनले गरेको मेहनत महत्त्वपूर्ण थियो । तर आन्दोलन बलियो हुँदै गएपछि सुदन गुरुङको नाम अगाडि आउन थाल्यो । गुरुङले कूटनीतिक हैसियत, मिडिया प्रोजेक्सन र नेटवर्किङमा बाजी मार्न सफल भए । आज जनतामाझ आन्दोलन भन्नासाथ गुरुङलाई “मुख्य नेतृत्व” मान्ने प्रवृत्ति बढेको छ ।

यही अवस्थाले पुरानो भनाइलाई पुनः जिउँदो बनाएको छ— “काम गर्ने कालु, मकै खाने भालु।”  ढुंगानाले आन्दोलनलाई जग बसाले, तर श्रेय गुरुङले पाइरहेका छन् ।  नेपालको इतिहास हेर्दा यस्ता विडम्बना नयाँ होइनन्।

२००७ सालको क्रान्तिमा सडकमै प्राण गुमाउने कार्यकर्ताहरू गुमनाम भए, तर श्रेय शीर्ष नेताहरूले मात्र पाए। २०४६ सालको जनआन्दोलनमा युवाले छाती तानेर गोली खेपे, तर सत्ताको सिँढीमा चढ्नेहरू अर्कै भए।

२०६२/६३ सालमा टोल–टोलमा रातभर बत्ती बालेर आन्दोलन धानेका हजारौं युवाको नाम हरायो, तर सत्ता बाँडफाँड केही नेतामाझ मात्र सिमित रह्यो। जेन जेड आन्दोलन अहिले त्यही दोहोरिने खतरा बोकेको छ। ढुंगाना–गुरुङ प्रकरण यसको एउटा प्रस्ट संकेत हो।

सफल आन्दोलन केवल व्यक्तिको चमक वा मिडिया हाइहाइमा टेकिन्न। यसको आधार हुन्छ सामूहिक नेतृत्व, पारदर्शिता र श्रेयको समान बाँडफाँड। नेतृत्वमा श्रेयको असमानता रह्यो भने, आन्दोलनभित्रै आन्तरिक असन्तोष जन्मिन्छ, जुन बाह्य दबाबभन्दा पनि घातक हुन सक्छ।

युवाहरूले खोजेको परिवर्तन केवल नाम र अनुहार बदल्ने होइन, शैली बदल्ने हो। यदि जेन जेड आन्दोलनले पुरानै त्रुटि दोहोर्‍यो भने, ढुंगाना जस्ता मेहनती अग्रपंक्तिका नाम फेरि इतिहासकै पानामा हराउनेछन्, र गुरुङ जस्ता चम्कने पात्रले मात्रै श्रेय ओगट्नेछन्। याे आन्दाेलनकाे नेतृत्व गर्न ढुंगाना अहिले गुमनाम नै भएका छन् । यनी २३ गते पछाडी कहीँ कतै देखीएका पनि छैनन् । कतियले त सामाजिक सञ्जालमा उनलाई अपहरण भएकाे हुन सक्ने समेत बताउन थालेका छन् ।

अन्ततः, आन्दोलन कसले नेतृत्व गर्‍यो भन्नेभन्दा पनि कस्तो संरचना बनायो, कति न्यायपूर्ण ढंगले श्रेय बाँडियो, र कति जनअपेक्षा पुरा भयो भन्ने कुरामै यसको सफलता नापिनुपर्छ । अन्यथा, “काम गर्ने कालु, मकै खाने भालु” भन्ने विडम्बना फेरि एकपटक नेपाली इतिहासमा अंकित हुनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending