काठमाडाैं । नेपालको नवीनतम् आन्दोलन — जेन जेड आन्दोलन — ले देशभरका युवा पुस्ताको आकांक्षा र आक्रोशलाई सडकमा उतार्यो । यो आन्दोलनले पुराना दलहरूको असफलता र पुरानो पुस्ताको असंवेदनशीलतालाई प्रश्नमाथि प्रश्न खडा गर्यो । तर, आन्दोलनकाे मूल ध्येयसँगै अहिले यसको नेतृत्वको स्वरूपले पनि बहसको ठाउँ लिएको छ।
मिरज ढुंगाना सुरुवाती दिनदेखि नै यो आन्दोलनको ‘फ्रन्टलाइन’मा देखिएका थिए । माइक समातेर युवाको असन्तोषलाई स्वर दिने, रणनीति तय गर्ने र आन्दोलनलाई जनपक्षीय बनाउन उनले गरेको मेहनत महत्त्वपूर्ण थियो । तर आन्दोलन बलियो हुँदै गएपछि सुदन गुरुङको नाम अगाडि आउन थाल्यो । गुरुङले कूटनीतिक हैसियत, मिडिया प्रोजेक्सन र नेटवर्किङमा बाजी मार्न सफल भए । आज जनतामाझ आन्दोलन भन्नासाथ गुरुङलाई “मुख्य नेतृत्व” मान्ने प्रवृत्ति बढेको छ ।
यही अवस्थाले पुरानो भनाइलाई पुनः जिउँदो बनाएको छ— “काम गर्ने कालु, मकै खाने भालु।” ढुंगानाले आन्दोलनलाई जग बसाले, तर श्रेय गुरुङले पाइरहेका छन् । नेपालको इतिहास हेर्दा यस्ता विडम्बना नयाँ होइनन्।
२००७ सालको क्रान्तिमा सडकमै प्राण गुमाउने कार्यकर्ताहरू गुमनाम भए, तर श्रेय शीर्ष नेताहरूले मात्र पाए। २०४६ सालको जनआन्दोलनमा युवाले छाती तानेर गोली खेपे, तर सत्ताको सिँढीमा चढ्नेहरू अर्कै भए।
२०६२/६३ सालमा टोल–टोलमा रातभर बत्ती बालेर आन्दोलन धानेका हजारौं युवाको नाम हरायो, तर सत्ता बाँडफाँड केही नेतामाझ मात्र सिमित रह्यो। जेन जेड आन्दोलन अहिले त्यही दोहोरिने खतरा बोकेको छ। ढुंगाना–गुरुङ प्रकरण यसको एउटा प्रस्ट संकेत हो।
सफल आन्दोलन केवल व्यक्तिको चमक वा मिडिया हाइहाइमा टेकिन्न। यसको आधार हुन्छ सामूहिक नेतृत्व, पारदर्शिता र श्रेयको समान बाँडफाँड। नेतृत्वमा श्रेयको असमानता रह्यो भने, आन्दोलनभित्रै आन्तरिक असन्तोष जन्मिन्छ, जुन बाह्य दबाबभन्दा पनि घातक हुन सक्छ।
युवाहरूले खोजेको परिवर्तन केवल नाम र अनुहार बदल्ने होइन, शैली बदल्ने हो। यदि जेन जेड आन्दोलनले पुरानै त्रुटि दोहोर्यो भने, ढुंगाना जस्ता मेहनती अग्रपंक्तिका नाम फेरि इतिहासकै पानामा हराउनेछन्, र गुरुङ जस्ता चम्कने पात्रले मात्रै श्रेय ओगट्नेछन्। याे आन्दाेलनकाे नेतृत्व गर्न ढुंगाना अहिले गुमनाम नै भएका छन् । यनी २३ गते पछाडी कहीँ कतै देखीएका पनि छैनन् । कतियले त सामाजिक सञ्जालमा उनलाई अपहरण भएकाे हुन सक्ने समेत बताउन थालेका छन् ।
अन्ततः, आन्दोलन कसले नेतृत्व गर्यो भन्नेभन्दा पनि कस्तो संरचना बनायो, कति न्यायपूर्ण ढंगले श्रेय बाँडियो, र कति जनअपेक्षा पुरा भयो भन्ने कुरामै यसको सफलता नापिनुपर्छ । अन्यथा, “काम गर्ने कालु, मकै खाने भालु” भन्ने विडम्बना फेरि एकपटक नेपाली इतिहासमा अंकित हुनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: