Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

त्रिवि छठसम्मै बन्द

खबरडबली संवाददाता

काठमाडाैं । ‘जेनजी’ पुस्ताको आन्दोलनका कारण विद्यालय तथा विश्वविद्यालय तहको शैक्षिक क्रियाकलाप रोकिएका छन् । त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण शैक्षिक क्रियाकलाप कात्तिक ११ गतेसम्मका लागि स्थगित रहेको जनाएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशखाका प्रमुख लिल्ली थापा क्षेत्रीले बिहीबार सूचना जारी गरेर हिउँदे बिदाबाट कटौती गर्ने गरी हाललाई पठनपाठन बन्द गरिएको बताए । 

साथै त्रिविले हाल सञ्चालन भइरहेको स्नातकोत्तर तथा स्नातक तहका परीक्षासमेत अर्को सूचना नआएसम्मका लागि स्थगित भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका निमित्त परीक्षा नियन्त्रक डा. सूर्यकान्त कलौनीले जानकारी दिए । परिस्थित सहज भएमा आइतबारदेखि प्रशासनिक कार्य भने नियमित गर्ने त्रिविले जनाएको छ । 

यस्तै कक्षा १२ का विद्यार्थीका लागि भदौ २८ र २९ गतेका लागि निर्धारण गरिएको मौका परीक्षा पनि स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गर्दै पूरक परीक्षा अनिश्चितकालका लागि स्थगित भएको जनाएको हो । परीक्षाको अर्को तालिका परिस्थिति सहज भएपछि प्रकाशन गरिने बोर्डले जनाएको छ । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले पनि अर्को सूचना जारी नभएसम्मका लागि आफू अन्तर्गतका सम्पूर्ण शिक्षण संस्थाको पठनपाठन बन्द भएको जनाएको छ । 

यसैबिच निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले पनि आइतबारदेखि मात्रै पढाइ सञ्चालन हुने बताएको छ । परिस्थिति छिन छिनमा परिवर्तन भइरहेका कारण पढाइ सञ्चालन गर्ने कि नगर्ने भन्ने निर्णय पनि आफैँ गर्न विद्यालय सञ्चालकलाई प्याब्सनले भनेको छ । अधिकांश विद्यालय सञ्चालकले आइतबारभन्दा अगाडि विद्यालय खोल्न नसकिने बताएका छन् । 

काठमाडौँ महानगरपालिकाले यसअघि नै बिहीबारसम्मका लागि पढाइ स्थगित हुने सूचना जारी गरिसकेको थियो । शैक्षिक संस्था खोल्ने विषयमा भने परिस्थितिको विश्लेषण गरेर थप निर्णय गरिने काठमाडौँ महानगरपालिका शिक्षा विभागले जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending