काठमाडाैं । ‘जेनजी’ पुस्ताको आन्दोलनका कारण विद्यालय तथा विश्वविद्यालय तहको शैक्षिक क्रियाकलाप रोकिएका छन् । त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण शैक्षिक क्रियाकलाप कात्तिक ११ गतेसम्मका लागि स्थगित रहेको जनाएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशखाका प्रमुख लिल्ली थापा क्षेत्रीले बिहीबार सूचना जारी गरेर हिउँदे बिदाबाट कटौती गर्ने गरी हाललाई पठनपाठन बन्द गरिएको बताए ।
साथै त्रिविले हाल सञ्चालन भइरहेको स्नातकोत्तर तथा स्नातक तहका परीक्षासमेत अर्को सूचना नआएसम्मका लागि स्थगित भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका निमित्त परीक्षा नियन्त्रक डा. सूर्यकान्त कलौनीले जानकारी दिए । परिस्थित सहज भएमा आइतबारदेखि प्रशासनिक कार्य भने नियमित गर्ने त्रिविले जनाएको छ ।
यस्तै कक्षा १२ का विद्यार्थीका लागि भदौ २८ र २९ गतेका लागि निर्धारण गरिएको मौका परीक्षा पनि स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गर्दै पूरक परीक्षा अनिश्चितकालका लागि स्थगित भएको जनाएको हो । परीक्षाको अर्को तालिका परिस्थिति सहज भएपछि प्रकाशन गरिने बोर्डले जनाएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले पनि अर्को सूचना जारी नभएसम्मका लागि आफू अन्तर्गतका सम्पूर्ण शिक्षण संस्थाको पठनपाठन बन्द भएको जनाएको छ ।
यसैबिच निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले पनि आइतबारदेखि मात्रै पढाइ सञ्चालन हुने बताएको छ । परिस्थिति छिन छिनमा परिवर्तन भइरहेका कारण पढाइ सञ्चालन गर्ने कि नगर्ने भन्ने निर्णय पनि आफैँ गर्न विद्यालय सञ्चालकलाई प्याब्सनले भनेको छ । अधिकांश विद्यालय सञ्चालकले आइतबारभन्दा अगाडि विद्यालय खोल्न नसकिने बताएका छन् ।
काठमाडौँ महानगरपालिकाले यसअघि नै बिहीबारसम्मका लागि पढाइ स्थगित हुने सूचना जारी गरिसकेको थियो । शैक्षिक संस्था खोल्ने विषयमा भने परिस्थितिको विश्लेषण गरेर थप निर्णय गरिने काठमाडौँ महानगरपालिका शिक्षा विभागले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - १८:२६
काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टी संरचनामा व्यापक सुधार गर्ने उद्देश्यसहित विद्यमान विधानमा महत्वपूर्ण संशोधन गर्ने तयारी गरेको छ...
माघ ३ गते, २०८२ - १८:२३
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद अझै समाधान नहुँदा महामन्त्री गगन थापा नेतृत्वको समूह निर्वाचन आयोगको निर्णय कुर्दै ...
माघ ३ गते, २०८२ - १८:०९
काठमाडौँ । सांसदहरूले साहसिक पर्यटनको मर्यादा जोगाउन आरोहण अभ्यासमा सुधारको आवश्यकता औँल्याएका छन् । राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको ...
माघ ३ गते, २०८२ - १८:०७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अराजकता र अस्थिरतातर्फ धकेल्ने शक्तिलाई आगामी निर्वाचनमार्फत पराज...
माघ ३ गते, २०८२ - १४:२३
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको समूहले महाधिवेशन पूर्ण रूपमा विधानअनुसार, बहुमत प्रतिनिधिको उपस्थित...
माघ ३ गते, २०८२ - १४:१९
काठमाडौं। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा सञ्चालन हुने निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका आयुक्त ...
माघ ३ गते, २०८२ - १४:१५
सिन्धुली। पुस २९ गते घ्याङलेख–२ स्थित एसबिआई बैंकको शाखामा भएको तीन करोड रुपैयाँको लुटपाटमा संलग्न सातैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्र...
माघ ३ गते, २०८२ - १४:१०
काठमाडौं। एमाले केन्द्रीय कार्यालयमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको सूची पुगिसकेको छ। सचिव डा. राजन भट्टराईका अनुसार, जिल...
माघ ३ गते, २०८२ - १३:५७
भरतपुरको नयाँ भवनले सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउनेछ
माघ ३ गते, २०८२ - १३:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले युवापुस्ता (जेन–जी) लाई चुनाव जिताइने भन्ने प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूको सार्...




प्रतिकृया लेख्नुहोस्: