काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नागरिकको न्यायप्रतिको अपेक्षालाई सम्बोधन गर्न चाँडै अदालत सञ्चालनमा ल्याउने बताएका छन् ।शुक्रबार एक एक विज्ञप्ति जारी गर्दै उनले सर्वोच्चले नेपालको न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरु करिब करिब नष्ट भएको समेत बताएको छन्।
‘यस्तो विषम परिस्थितिमा पनि नेपालको संविधानले न्यायपालिकालाई सुम्पेको दायित्व निर्वहन गर्दै जनतामा निहित सार्वभौमसत्ता, संविधानवाद, विधिको शासन र मौलिक हकको प्रत्याभूति तथा न्याय प्राप्त गर्ने नागरिकको अक्षुण्ण हक प्रति सम्मान गर्दै जे जस्तो अवस्था र परिस्थिति भएपनि न्यायको मार्गमा अविचलित र दृढ रहदै आम नागरिकहरुका न्यायप्रतिको अपेक्षालाई सम्बोधन गर्न यथाशीघ्र अदालतहरु संचालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्दछौ, भदौ २३ र २४ गते भएको घटनाका क्रममा मृत्यूवरण गरेका नेपाली नागरिक प्रति दु:ख व्यक्त गर्दै समवेदना प्रकट गरेको छ भने यो घटनाका क्रममा घाइते भएका सम्पूर्ण नेपाली नागरिकहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,’ प्रधानन्यायाधीशद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - १४:५६
काठमाडौँ । व्यवसायी दीपक भट्ट पक्राउ परेका छन्। उनलाई प्रहरीले पाटनबाट नियन्त्रणमा लिएको छ। यसअघि, अध्यागमन विभागले भट्टलाई कालोसूचीमा राखेको थियो।...
चैत्र १९ गते, २०८२ - १४:५२
काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक को पक्राउप्रति आपत्ति जना...
चैत्र १९ गते, २०८२ - १४:४७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा सांसद युवराज दुलाल नियुक्त भएका छन्। पार...
चैत्र १९ गते, २०८२ - १४:३७
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली को बयान हाल अस्पतालमै लिन सुरु गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी...
चैत्र १९ गते, २०८२ - १४:३२
काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ नेकपा एमालेले अवरोध गरेको छ। गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि संसद्को पहिलो अधिवेशन ब...
चैत्र १९ गते, २०८२ - १४:२६
काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि संसद्को पहिलो अधिवेशन बिहीबारबाट सुरु भएको छ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद...
चैत्र १९ गते, २०८२ - १३:५२
सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–४ किमुचौर नजिक अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले ज...
चैत्र १९ गते, २०८२ - १३:३८
पत्रकार महासंघले भन्यो: अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास
चैत्र १९ गते, २०८२ - १३:२५
फ्लोरिडा। आधा शताब्दीभन्दा बढीपछि मानवता पुन: चन्द्रतर्फ फर्किएको छ । नासाको आर्टेमिस–२ मिसनअन्तर्गत चार अन्तरिक्ष यात्री बुधबार शक्तिशाली रकेटमार्फत ...
चैत्र १९ गते, २०८२ - १३:०५
खजुरा। नेपालगन्जको वडा नम्बर १२ कोरियनपुरमा चैत १४ गते राति जलेको अवस्थामा भेटिएकी सिर्जना बुढामगरको मृत्यु जलनकै कारण भएको पोष्टमार्टम रिपोर्टले देखा...


प्रतिकृया लेख्नुहोस्: