काठमाडौँ । नेपाली सेनाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा र कर्फ्यूको समय बढाएको छ ।
नेपाली सेनाले पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध रुपमा खुकुलो बनाउदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको भन्दै उपत्यकाका तीन जिल्लामा सेनाले शुक्रबार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा तथा शुक्रबार बेलुकी ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म कर्फ्युको समय बढाइएको जानकारी दिएको हो ।
साथै सेनाले निषेधाज्ञा तथा कर्फ्यूको दौरान समेत अत्यावश्यक सेवाका (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, इन्धन, दुध, तरकारी, पानी र औषधी ओसारपसार गर्ने) सवारी साधनहरु सञ्चालन गर्न सकिने जनाएको छ ।
त्यस्तै विभिन्न सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था लगायत सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीहरुले आफ्नो परिचय पत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सकिने र आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरुले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सकिने सेनाले जनाएको छ । त्यस्तै आवश्यक सहायताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्न सेनाले आग्रह गरेको छ ।
काठमाडौं उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाको सुरक्षा परिस्थिति अनुरुप जिल्ला सुरक्षा समितिहरुबाट निर्णय तथा समन्वय गरिएबमोजिम हुने र जस्तोसुकै परिस्थिति पनि आम नेपालीहरुको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रहि जिम्मेवारी निर्वाहमा सक्रिय सुरक्षाकर्मीहरुलाई सहयोग पुयाउन सबैसँग नेपाली सेनाले अपिल गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २ गते, २०८२ - २१:०३
काठमाडौँ । धरानका मेयर हर्क साम्पाङले आगामी निर्वाचनमा झापा–५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन साह दुवैलाई ...
माघ २ गते, २०८२ - २०:४७
झापा । झापाको पवित्र कनकाई माईबेनी मेला भर्न जाँदै गरेको जीप र अर्को यात्रुवाहक बस एक आपसमा ठोक्किँदा झापा कनकाई नगरपालिकामा दुई जनाको मृत्यु भएको छ। ...
माघ २ गते, २०८२ - २०:३०
धादिङ । माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल गोरु जुधाइएको छ । कृषि कर्मका लागि पालिएका गोरुलाई माघे सङ्क्रान्तिको दिन जुधाउने सांस्कृतिक परम्पर...
माघ २ गते, २०८२ - २०:०१
काठमाडौँ । विशाल केन्द्रीय समिति र एकता समायोजनका कारण पार्टीभित्र असन्तुष्टि देखिए पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले अहिले सबै ध्यान आगामी निर्...
माघ २ गते, २०८२ - १९:५८
दाङ । दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। लमहीबाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारदेखी लमहीतर्...
माघ २ गते, २०८२ - १९:५५
काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अब पार्टीको आँगनबाट निस्केर निर्वाचन आयोगको ढोकामा पुगेको छ । विशेष महाधिवेशनपछि गगन थापा नेतृत...
माघ २ गते, २०८२ - १९:३१
काठमाडौँ । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मोफसलको टोली लालीगुराँस एशोसिएसन क्लबले उत्कृष्ट सुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा कम्...
माघ २ गते, २०८२ - १९:२८
काठमाडौँ । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई दुई लाख २५ हजार पुरस्कारसहित सम्मानित भएका छन् । उनी यलम्बर हाङ स्मृति पुरस्कारबाट सम्मानित भएका हु...
माघ २ गते, २०८२ - १४:०३
काठमाडौँ । दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकले पार्टीलाई सिधै ...
माघ २ गते, २०८२ - १३:५९
काठमाडौँ । विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आफूहरू नै पार्टीको आधिकारिक संरचना भएको दाबी गर्दै निर्वा...




प्रतिकृया लेख्नुहोस्: