Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

जेब्राक्रसमै बालिकालाई मन्त्रीको गाडीले हान्यो, प्रधानमन्त्रीले उल्टै लगाए ‘महाधिवेशन भाँड्ने तत्व’को आरोप

खबरडबली संवाददाता

काठमाडौं । जेब्राक्रसमा पनि तीव्र गतिमा हुइँक्याइएको कोशीका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर सवार गाडीले शनिबार बिहानै ललितपुर महानगरपालिका– २८ हरिसिद्धिमा एक बालिकालाई ठक्कर दियो । बालिका सडकमा छटपटाउन थालिन् । मन्त्री तत्काल बालिकाको उद्धार गरेर अस्पताल पुर्‍याउनुपर्ने मानवीयता पनि लत्याएर गाडीको स्पिड अझ बढाएर भागे । एमाले नेतासमेत रहेका मन्त्री मगर सिधै एमालेको गोदावरीस्थित विधान महाधिवेशनस्थल पुगे । यस्तो अपराधजन्य कार्य गर्ने मन्त्रीको बचाउमा प्रधानमन्त्री केपी ओली नै उभिए । 

घटनाको विरोधमा उत्रिएका स्थानीयलाई उनले ‘एमाले विधान महाधिवेशन भाँड्ने तत्व’को लाञ्छनासमेत लगाए । हरिसिद्धिकै ११ वर्षीया उषा सुनुवार बिहान ७:३० बजे जेब्राक्रसबाट सडक पार गर्दैै थिइन् । राष्ट्रिय झन्डा हल्लाउँदै गोदावरीतर्फ तीव्र गतिमा हुइँकिँदै गरेको मन्त्री मगरको को.१झ ६९९ नम्बरको गाडीले उनलाई ठक्कर दिएको थियो । उषा सडकमै ढलिन् । मन्त्री मगर गाडीको स्पिड थप बढाएर झन्डा हल्लाउँदै भागे । सर्वसाधारणले उषालाई सडकबाट उठाएर तत्काल निजी सवारीसाधन प्रयोग गरी ग्वार्कोस्थित बी एन्ड बी अस्पताल पुर्‍याए ।

बालिका बचाउन छाडेर भागेका मन्त्री मगरले आफ्नो ज्यान जोगाउन त्यसो गरेको प्रतिक्रिया दिएका छन् । ‘बालिकालाई हाम्रो गाडीले छोएपछि हामी अलि अघि बढेर रोकियौँ । गाडीको ऐनाबाट पछाडि हेर्‍यौँ । बालिकालाई सडकबाट कसैले उठाएको देख्यौँ । घटना सामान्यझैँ लागेर अगाडि बढ्यौँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘घटनास्थलमा फर्किएको भए परिस्थिति हामीअनुकूल नहुन पनि सक्थ्यो । हामीमाथि आक्रमण पनि हुन सक्थ्यो, त्यसैले अघि बढेका हौँ ।’

उषालाई घाइते बनाएर गाडी फरार भएपछि स्थानीय सडकमा उत्रिए । दोषीलाई कारबाहीको माग गरेर सवारीसाधन अवरुद्ध गरे । चर्को दबाबपछि प्रहरीले बल्ल फरार गाडीबारे सोधीखोजी गर्‍यो । उक्त गाडी कोशीका मन्त्री रामबहादुर मागरको रहेको बल्ल पत्ता लागेको थियो । हरिसिद्धिमा स्थानीयले विरोध गरिरहँदा मन्त्री मगर गोदावरीमा चलिरहेको पार्टी विधान महाधिवेशनमा भाग लिइरहेका थिए । प्रहरीका अनुसार मन्त्री मगर गोदावरीमा चलिरहेको पार्टीको विधान महाधिवेशनमा भाग लिन जाने क्रममा उनको गाडीले बालिकालाई ठक्कर दिएको थियो । गाडी मन्त्री मगरका निजी चालक चन्द्रनारायण चौधरीले हाँकेका थिए । प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएर उषाको उपचार मन्त्रीका तर्फबाट व्यहोर्ने सहमतिपछि मात्रै स्थानीयले आन्दोलन रोकेका थिए । 

बालिकालाई उपचारका लागि बी एन्ड बी अस्पतालमा राखिएको सूचना पाएपछि पनि मन्त्री मगर भेट्न पुगेनन् । पीडित पक्षसँग सहमति गराउन आफ्ना सहयोगीलाई अस्पताल पठाएका थिए । उपचारमा लागेको करिब २२ हजार तिनै सहयोगीले तिरेको उषाका मावलीका हजुरबुवा रञ्जित महर्जनले बताए । 

‘उषाकी आमा मेरी छोरी हुन् । उनी अहिले वैदेशिक रोजगारीमा छिन् । त्यसैले उषा मेरै संरक्षणमा छिन्,’ उनले भने, ‘शनिबार मन्त्रीको गाडीले ठक्कर दिएर फरार भएपछि पैदलयात्रीले उद्धार गरेर अस्पताल पुर्‍याएछन् । पछि ठक्कर दिने गाडी पहिचान भएपछि पनि मन्त्री अस्पतालमा भेट्न आएनन् । उपचार खर्च तिर्न सहयोगीलाई पठाएका थिए । खर्च लागेको २२ हजारजति उनैले तिरे ।’ 

स्थानीय प्रत्यक्षदर्शी झन्डावाल गाडी तीव्र गतिमा भएका कारण दुर्घटना भएको बताउँछन् । ‘बिहान ७:३० बजे हामी पनि सोही ठाउँमा थियौँ । सातदोबाटोबाट झन्डा हल्लाउँदै एउटा गाडी हुइँकिएर आयो । जेब्राक्रसबाट एउटी बालिका सडक पार गर्दै थिइन् । बालिका देखेपछि गाडीले ब्रेक लगाए पनि तीव्र गतिका कारण भनेको ठाउँमा रोकिएन, बालिकालाई ठक्कर दियो,’ प्रत्यक्षदर्शी अष्टकुमारी महर्जनले भनिन्, ‘गाडी रोकिएन, झन् छिटो हुइँकिएर फरार भयो ।’ 

उषा हरिसिद्धिस्थित क्षितिज बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत छिन् । आमा वैदेशिक रोजगारीमा भएकाले हजुरबुवा र हजुरआमासँग बस्दै आएकी छिन् । शनिबार बिदाको दिन भएकाले बिहानै उनी आफन्तकहाँ जाँदै थिइन् । मन्त्री मगरको गाडीको ठक्करले उनको घाँटीमा चोट लागेको छ । करिब चार घण्टाको उपचारपछि उषा डिस्चार्ज भइसकेकी छिन् । मन्त्रीका चालक चौधरीलाई भने नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी चक्रराज जोशीले बताए । ‘बालिकालाई ठक्कर दिने मन्त्रीको गाडीका चालकलाई नियन्त्रणमा लिइएको छ,’ जोशीले भने, ‘घाइते उषा पनि उपचारपछि घर फर्किसकेकी छिन् । उपचार खर्च मन्त्री पक्षबाटै व्यहोरिएको छ ।’ 

जेब्राक्रङबाट सडक पार गर्दै गरेकी बालिकालाई तिब्र गतिमा चलाएको मन्त्रीको गाडीले ठक्कर दिएर घाइते भएको घटनामा चालकको गम्भीर लापर्वाही देखिन्छ । मन्त्रीका चालक थिए, चन्द्रनारायण चौधरी । यो दुर्घटनामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ का को दफा १४७ आकर्षित हुन्छ । उक्त दफाले लापबाहीसाथ सवारी साधन चलाउने कार्यलाई बन्देज गरेको छ । 

यो नियम उल्लंघन गरे सोही ऐनको दफा १६२ (१)मा सजायको व्यवस्था पनि छ । भनिएको छ, ‘ठक्कर लागि वा दुर्घटना भई सवारीमा रहेको वा सवारीबाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिसको त्यस्तो दुर्घटनाको कारणबाट अंगभंग भएमा त्यस्तो कार्य बदनियतसाथ गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई ३ वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुनेछ । सो खत निको भई काम लाग्ने भएमा त्यस्तो सवारी चलाउने व्यक्तिलाई पाँच हजार रुपैयाँ जरिबाना हुनेछ ।’

सोही ऐनको दफा १३३ मा दुर्घटना हुँदा चालकले अपनाउनु पर्ने कर्तव्यलाई व्याख्या गरिएको छ । उक्त दफाअनुसार  सावरीले कुनै दुर्घटना गरी कसैलाई घाइते बनाए सवारीको चालक, परिचालक, सुरक्षाकर्मी वा सो सवारीमा काम गर्ने अन्य कर्मचारीले त्यस्तो मानिसको उपचारको लागि तुरून्त आवश्यक व्यवस्था गर्नुपर्ने छ । उक्त दफामा भनिएको छ, ‘कुनै सवारीले कुनै दुर्घटना गरी मानिसको जीउ ज्यानमा कुनै किसिमको खतरा वा चोटपटक पर्न गएको रहेछ भने सो सवारीको चालक, परिचालक, सुरक्षाकर्मी वा सो सवारीमा काम गर्ने अन्य कर्मचारीले त्यस्तो मानिसको उपचारको लागि तुरून्त आवश्यक व्यवस्था गर्नु पर्छ ।’ तर, हरिसिद्धि दुर्घटनामा मन्त्री र मन्त्रीका चालकले यो दफाको उल्लंघन गरेका छन् ।

बालिकालाई ठक्कर दिएर भागेका मन्त्री रामबहादुर मगर सिधै गोदावरीस्थित एमाले विधान महाधिवेशनस्थल पुगेका थिए । केहीबेरमै घटनाबारे प्रधानमन्त्री केपी ओलीले पनि जानकारी पाए । तर, गैरजिम्मेवार मन्त्रीलाई सचेत गराउनुपर्नेमा ओलीले उल्टै घटनाको विरोधमा उत्रिएका स्थानीयलाई महाधिवेशन भाँड्ने तत्वको संज्ञा दिए । सडक अवरुद्धका कारण प्रतिनिधि बाटोमै रोकिएर महाधिवेशन प्रभावित भएपछि ओलीले संगीन आरोप लगाएका थिए । 

‘बन्दसत्रमा आउने प्रतिनिधिको गाडीले हरिसिद्धि घुम्तीमा बालिकालाई ठक्कर दिएछ । बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले व्यहोर्ने गरी उपचारका लागि अस्पताल पठाएको जानकारी छ । बालिकाको शीघ्र स्वास्थ्यलाभको कामना छ । दुर्घटना भवितव्य हो । सडक अवरुद्ध भएको जानकारीमा आयो । महाधिवेशन भाँड्ने गरी त्यहाँ कसैले राजनीति गर्न खोजेको देखियो,’ उनले भने । प्रधानमन्त्रीले मन्त्री मगरको बचाउ पनि गरे । दुर्घटनापछि मानवीयतासमेत नदेखाएका मगरको पक्षमा वकालत नै गरे । ‘सामान्य रूपमा एक बच्चीलाई गाडीले छोयो । अस्पताल लगिसकियो । त्यस्तो कुनै नियत थिएन । पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च व्यहोर्छ,’ उनले भने, ‘कहिले–कहिले यस्ता अप्रिय घटना हुन्छन् ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending