Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

नक्कली भुटानी शरणार्थी काण्ड : आजदेखि अन्तिम सुनुवाइ सुरू

३१ प्रतिवादीको भाग्य अब अदालतको हातमा

खबरडबली संवाददाता

काठमाडाैं । देशै हल्लाएको नक्कली भुटानी शरणार्थी प्रकरण अन्तत: अदालतको अन्तिम चरणमा पुगेको छ। दुई वर्षदेखि चर्चामा रहेको यो मुद्दाको अन्तिम बहस आज (भदौ १८) बाट जिल्ला अदालत, काठमाडौंमा सुरु हुँदैछ। 

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित ३१ जना संलग्न भएको भनिएको यस प्रकरणमा अब अदालतले अन्तिम निर्णय दिने तयारी थालेको हो।

मुद्दाको पछिल्लो स्थिति

२ वर्षदेखि विचाराधीन यो मुद्दामा पछिल्लो समय साक्षी र बकपत्र प्रक्रिया सकिएको छ।
त्यसपछि अदालतले यसलाई साप्ताहिक पेशी सूचीमा राख्दै अन्तिम सुनुवाइ सुरु गर्ने निर्णय गरेको हो।

रायमाझीका कानुन व्यवसायीका अनुसार, “यदि कुनै अप्रत्याशित कारण आएन भने अब निरन्तर बहस चल्ने र चाँडै टुंगो लाग्ने सम्भावना छ।”

कस–कसलाई के अभियोग?

२०७९ सालदेखि सुरु भएको अनुसन्धानपछि, जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले ठगी, किर्ते, संगठित अपराध र राज्यविरुद्धको अपराधमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो। पछि थपिएका अभियुक्तहरू मिलाएर हाल ३१ जना प्रतिवादी छन्।

मुख्य आरोपितहरूमा छन्:  एमाले नेता टोपबहादुर रायमाझी (हाल थुनामा), • कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण (धरौटीमा छुटेका),  तत्कालीन गृहसचिव टेकनारायण पाण्डे,  पूर्व सांसद आङटावा शेर्पा,  पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई,  रायमाझीका छोरा सन्दीप रायमाझी, थापाका छोरा प्रतीक थापा, यिनीसहित सरकारी अनुसन्धानका अनुसार, नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने योजनामा उनीहरूको सक्रिय संलग्नता देखिएको छ।

पूरक मुद्दा र मिलाएर सुनुवाइ

सुरुमा गजेन्द्र बुढाथोकीको जाहेरीका आधारमा मुद्दा दायर भयो।  पछि दाफुरी शेर्पा र बेचन झाका जाहेरीपछि थप पूरक मुद्दाहरू दायर भए।  हाल सबै मुद्दालाई एउटै फाइलमा समेटी अदालतमा सुनुवाइ भइरहेको छ।

बिचौलिया र नेटवर्क

प्रहरी अनुसन्धानका अनुसार, शरणार्थी प्रकरणमा सञ्जाल जालोझैँ फैलिएको थियो । बिचौलिया, योजनाकार र सहयोगीको सूचीमा समेटिएका अरु थुप्रै नामहरू रहकेा छन् । जसमा केशव दुलाल, दीपा हुमागाईं, सानु भण्डारी, टंककुमार गुरुङ, निरञ्जनकुमार खरेल, केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जन,  भुटानी शरणार्थी नेता टेकनाथ रिजाल समेत रहेका छन् । 

यी सबैमाथि अमेरिका लैजाने आश देखाएर ठगी गर्ने, कागजात किर्ते गर्ने, र संगठित अपराधमा संलग्न भएको आरोप छ।

अब के हुन्छ?

यो मुद्दा पछिल्लो १६ महिनामा १६ पूरक पेशी र १० पटक साप्ताहिक पेशीमा परेपछि अन्ततः अन्तिम बहसमा प्रवेश गरेको हो। अदालतले अब सबै पक्षको अन्तिम बहसपछि फैसला सुनाउने तयारी गरेको छ।

देशकै उच्च तहसम्म जोडिएको यो मुद्दा केवल न्यायिक मात्र होइन, राजनीतिक र नैतिक रूपमा पनि गम्भीर परीक्षणको घडी बनेको छ।

अब अदालतको फैसला न्याय, विधिको शासन र राजनीतिक जवाफदेहिताको प्रतीक बन्नेछ कि फेरि अन्योलको अर्को अध्याय सुरु हुनेछ – त्यो हेर्न बाँकी छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending