Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

विधेयकको उल्झन र विमोचन : जब सरकार झुक्यो‍‍

गुमनाम गाउँले

काठमाडौं । सरकारी अडान, राजनीतिक तानातान र सांसदहरूको चेतावनीबीच अल्झिएको संघीय निजामती सेवा विधेयक अन्ततः सहमतिको डोरीले बन्धिन पुग्यो ।

वर्षौँदेखि प्रतिक्षामा रहेको यो विधेयक, जसले हजारौं निजामती कर्मचारीको सेवा अवधि निर्धारण गर्छ, केवल अवकाशको उमेर हद जस्तै देखिने मुद्दामै फसेको थियो।

तर समस्या उमेर मात्र थिएन, यो त राजनीतिक अहं, सरकारको एकतर्फी सोच र प्रशासनिक संवेदनशीलताको संघर्ष थियो।

अवकाशको उमेर: उमेरले होइन, सोचले थुनिएको मुद्दा

प्रतिनिधि सभाले ५८, ५९ र ६० वर्षको क्रमिक अवकाश प्रणाली पास गरेर पठायो। धेरैले यसलाई वास्तविकता अनुकूल र न्यायोचित ठाने। तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यो नस्वीकार्ने संकेत दिँदै आफ्नै "विकल्प" ल्याउने तयारी गर्‍यो।

यही विकल्पलाई लिएर संसदभित्र गम्भीर बहस र असहमति चुलियो।

मन्त्री भगवती न्यौपानेले संसदको समितिमा राखेको प्रस्ताव धेरै सांसदहरूलाई एकल निर्णय थोपर्ने प्रयास लाग्यो। नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीजस्ता दलका प्रतिनिधिहरूले स्पष्ट रुपमा सरकारको कदमप्रति असहमति जनाए।

सरकारको झुकाइ, विधेयकको सहमति

अन्ततः मंगलबार, मन्त्री न्यौपानेले प्रतिनिधि सभाको प्रतिवेदन नै आत्मसाथ गर्ने घोषणासँगै विवादको धुँवा छिन्न थाल्यो।  उनको भनाइ सरल थियो, तर त्यसको निहितार्थ गहिरो — “प्रतिनिधि सभाले जसरी पास गरेर पठाएको छ, त्यसलाई नै आत्मसाथ गरेर जाऔं।”

यो भनाइ केवल विधेयकको पक्षमा होइन, यो संसदीय सर्वोच्चता र सहमतिको अभ्यासप्रतिको सम्मान पनि हो।

विधेयकभन्दा परको बहस

विधेयक पारित हुनु भनेको कानुनी प्रक्रिया अघि बढ्नु हो, तर यसको प्रभाव केवल कर्मचारीको उमेर हदमा सीमित हुँदैन ।

यसले के संकेत गर्छ भने जब सरकार एकल निर्णयमा अडिन्छ, संसद अवरुद्ध हुन्छ। जब सरकार झुक्न तयार हुन्छ अनि प्रणाली सहज बन्छ। नीति निर्माण केवल कागजको खेल होइन, त्यो सरकार र संसदबीचको संयोजन पनि हो।

यो घटनाले के देखायो भने यदि कार्यपालिका नम्र हुन तयार रह्याे भने प्रतिनिधिसभाको निर्णयले अझै पनि दिशा दिन सक्छ । 

“सर्वसम्मति”को सन्देश

मन्त्री न्यौपानेले भनिन्: “सर्वसम्मत गरेर जाने राष्ट्रिय सभाको ट्रेन्ड भत्किन नदिऔं।” उनको यो भनाइमा राजनीति मात्र होइन, प्रशासनिक नेतृत्वले राजनीति बुझ्न जरुरी छ भन्ने चेतावनी पनि लुकेको छ। खासगरी जब विधेयकहरूको मार सिधा कर्मचारी र जनताको जीवनमा पर्छ।

विधेयक खुल्यो, चेतावनी बाँकी

संघीय निजामती सेवा विधेयक अब अघि बढ्ने बाटोमा छ । तर यसले एउटा स्पष्ट सन्देश छोडेको छ  सरकार जब एकल निर्णयमा अडिन्छ, त्यो प्रक्रिया अल्झिन्छ।
तर जब संसदको आवाज सुन्छ, समाधान सम्भव हुन्छ। कर्मचारीको उमेर जति होस्, प्रणालीको परिपक्वता अझै परीक्षणमै रहेकाे छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending