काठमाडौं । लामो समयदेखि विवादमा परेको संघीय निजामती सेवा विधेयक अन्ततः सरकारको अडान फिर्ता भएपछि सहमति तर्फ उन्मुख भएको छ। कर्मचारीको अवकाश उमेर हदसम्बन्धी प्रावधानमा मतभेद रहँदै आएको यो विधेयक अब प्रतिनिधि सभाबाट पास भएको रूपमै अघि बढ्ने भएको छ।
प्रतिनिधि सभाले अघि बढाएको प्रतिवेदन अनुसार, चालु वर्षमा: अवकाश उमेर ५८ वर्ष आगामी वर्षमा: अवकाश उमेर ५९ वर्ष र त्यसपछि: अवकाश उमेर ६० वर्ष कायम गरीने सहमती भएकाे हाे ।
यही क्रमशः कार्यान्वयनको प्रस्तावलाई सदर गर्ने निर्णयमा सरकारले सहमति जनाएपछि विधेयकको गाँठो फुकिएको हो।
सरकार पछि हट्दा फुक्यो निजामती विधेयकको गाँठो
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले मंगलबारको संसदीय समिति बैठकमा प्रतिनिधि सभाको प्रतिवेदन जस्ताको त्यस्तै आत्मसाथ गर्ने स्पष्ट घोषणा गरिन्।
उनले भनिन्, “प्रतिनिधि सभाले जसरी पास गरेर पठाएको छ, त्यसलाई नै आत्मसाथ गरेर जाऔं।” उनले यस्ता संवेदनशील विधेयकमा सर्वसम्मति कायम राख्नु आवश्यक रहेको पनि औंल्याइन्।
यसअघि आइतबारको बैठकमा मन्त्री न्यौपानेले चालु आर्थिक वर्षमै ५९ वर्ष उमेरमा अनिवार्य अवकाश लागू गर्ने प्रस्ताव ल्याएकी थिइन्। तर, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपालबाट आएका सदस्यहरूले प्रतिनिधि सभाको संशोधन अनुसार नै अघि बढ्नुपर्ने भन्दै असहमति जनाएका थिए। यसले सहमतिमा अवरोध उत्पन्न गरेको थियो।
तर, मंगलबार मन्त्री न्यौपानेको स्पष्ट अभिव्यक्तिपछि सर्वसम्मतिको वातावरण निर्माण भयो।
मन्त्रीको स्पष्टिकरण: "व्यक्तिगत स्वार्थ थिएन"
आफूमाथि उठेका आलोचनालाई चिर्दै मन्त्री न्यौपानेले भनिन्, “मैले राखेको प्रस्तावमा व्यक्तिगत स्वार्थ थिएन। राष्ट्रिय सभाको सर्वसम्मतिको परम्परा नटुटोस् भन्ने चाहना मात्रै थियो।”
उनले प्रधानमन्त्री देश बाहिर भएकाले निर्णय ढिलाइ भएको उल्लेख गर्दै बहुमत–अल्पमतको बहसमा जानु साटो प्रतिनिधिसभाको निर्णयलाई नै आत्मसाथ गर्नुपर्ने धारणा दोहोर्याइन्।
सरकारले आफ्नो अडान फिर्ता लिएपछि निजामती सेवा विधेयकले अन्ततः स्थायित्वको बाटो पाएको छ। अब कर्मचारीहरूको अवकाश उमेर क्रमशः ५८, ५९ र ६० वर्ष कायम गर्दै नयाँ कानुनी रूप दिने प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ।
साथै, यस्तो संवेदनशील विषयमा सरकारले सर्वसम्मतिको बाटो रोज्नु सकारात्मक पहलका रूपमा हेरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: