Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

सरकार पछि हट्दा फुक्यो निजामती विधेयकको गाँठो

खबरडबली संवाददाता

काठमाडौं ।  लामो समयदेखि विवादमा परेको संघीय निजामती सेवा विधेयक अन्ततः सरकारको अडान फिर्ता भएपछि सहमति तर्फ उन्मुख भएको छ। कर्मचारीको अवकाश उमेर हदसम्बन्धी प्रावधानमा मतभेद रहँदै आएको यो विधेयक अब प्रतिनिधि सभाबाट पास भएको रूपमै अघि बढ्ने भएको छ।

प्रतिनिधि सभाले अघि बढाएको प्रतिवेदन अनुसार, चालु वर्षमा: अवकाश उमेर ५८ वर्ष आगामी वर्षमा: अवकाश उमेर ५९ वर्ष र  त्यसपछि: अवकाश उमेर ६० वर्ष कायम गरीने सहमती भएकाे हाे । 

यही क्रमशः कार्यान्वयनको प्रस्तावलाई सदर गर्ने निर्णयमा सरकारले सहमति जनाएपछि विधेयकको गाँठो फुकिएको हो।

सरकार पछि हट्दा फुक्यो निजामती विधेयकको गाँठो

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले मंगलबारको संसदीय समिति बैठकमा प्रतिनिधि सभाको प्रतिवेदन जस्ताको त्यस्तै आत्मसाथ गर्ने स्पष्ट घोषणा गरिन्।

उनले भनिन्, “प्रतिनिधि सभाले जसरी पास गरेर पठाएको छ, त्यसलाई नै आत्मसाथ गरेर जाऔं।” उनले यस्ता संवेदनशील विधेयकमा सर्वसम्मति कायम राख्नु आवश्यक रहेको पनि औंल्याइन्।

यसअघि आइतबारको बैठकमा मन्त्री न्यौपानेले चालु आर्थिक वर्षमै ५९ वर्ष उमेरमा अनिवार्य अवकाश लागू गर्ने प्रस्ताव ल्याएकी थिइन्। तर, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपालबाट आएका सदस्यहरूले प्रतिनिधि सभाको संशोधन अनुसार नै अघि बढ्नुपर्ने भन्दै असहमति जनाएका थिए। यसले सहमतिमा अवरोध उत्पन्न गरेको थियो।

तर, मंगलबार मन्त्री न्यौपानेको स्पष्ट अभिव्यक्तिपछि सर्वसम्मतिको वातावरण निर्माण भयो।  

 मन्त्रीको स्पष्टिकरण: "व्यक्तिगत स्वार्थ थिएन"

आफूमाथि उठेका आलोचनालाई चिर्दै मन्त्री न्यौपानेले भनिन्,  “मैले राखेको प्रस्तावमा व्यक्तिगत स्वार्थ थिएन। राष्ट्रिय सभाको सर्वसम्मतिको परम्परा नटुटोस् भन्ने चाहना मात्रै थियो।”

उनले प्रधानमन्त्री देश बाहिर भएकाले निर्णय ढिलाइ भएको उल्लेख गर्दै बहुमत–अल्पमतको बहसमा जानु साटो प्रतिनिधिसभाको निर्णयलाई नै आत्मसाथ गर्नुपर्ने धारणा दोहोर्याइन्।

सरकारले आफ्नो अडान फिर्ता लिएपछि निजामती सेवा विधेयकले अन्ततः स्थायित्वको बाटो पाएको छ। अब कर्मचारीहरूको अवकाश उमेर क्रमशः ५८, ५९ र ६० वर्ष कायम गर्दै नयाँ कानुनी रूप दिने प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ।

साथै, यस्तो संवेदनशील विषयमा सरकारले सर्वसम्मतिको बाटो रोज्नु सकारात्मक पहलका रूपमा हेरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending