Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

डा. लेखजंगको बहुविवाह विवादमा स्पष्टीकरण: पहिलो श्रीमतीसँगको डिभोर्स कागजात सार्वजनिक

खबरडबली संवाददाता

बुटवल ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि उम्मेदवार बनेका डा. लेखजंग थापाले बहुविवाहको आरोपपछि पहिलो श्रीमतीसँगको सम्बन्धविच्छेदको कागजात सार्वजनिक गरेका छन्।

डा. थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलासमा भएको मिलापत्र सहितको सम्बन्धविच्छेद कागजात सार्वजनिक गर्दै आफ्नो पक्ष स्पष्ट पारेका हुन्।

फेसबुकमार्फत् सार्वजनिक कागजातसहित डा. थापाले लेखेका छन्, “परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो, त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्धविच्छेद पनि हो। त्योभन्दा ठूलो सत्य, सम्बन्धविच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हो।”

रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार उम्मेदवार छनोट प्रक्रियाको क्रममा थापाको बहुविवाह सम्बन्धी जानकारी आएको थियो। “हामीले भेरिफिकेसन गर्दा पहिलो श्रीमती सुलोचना घिमिरेसँग सम्बन्धविच्छेद भएको प्रमाण भेट्यौं,” उनले भने।

उनले थपे, “विगतमा बहुविवाह भएको भए पनि अहिले त्यो अन्त्य भइसकेको छ। अनावश्यक रूपमा पुरानो विषय उछालिएको छ, जुन केवल अफवाह हो।”

पहिलो श्रीमती सुलोचना घिमिरे बिएससी नर्सिङकी विद्यार्थी हुन् र भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा कार्यरत छन्। कान्छी श्रीमती नुमा शर्मा हाल काठमाडौंमा बसोबास गर्छिन्। पहिलो श्रीमतीबाट जन्मिएको सन्तान अहिले पनि डा. थापासँगै बस्ने गरेको उल्लेख गरिएको छ ।

महामन्त्री बुर्लाकोटीका अनुसार, “डिभोर्स भएको सम्बन्धमा झगडा, संवादविहीनता र कटुता हुनैपर्छ भन्ने पुरानो सोच हो। अहिलेको समाजमा यस्ता सम्बन्ध पनि मित्रवत् हुन सक्छन्।”

डा. थापाले २०८० असार ७ गते पार्टी सदस्यताको आवेदन दिएका थिए, यद्यपि प्राविधिक कारण उनकाे सदस्यता २०८२ मा मात्र प्रमाणित भएको पार्टीले जनाएको छ।  यसअघि उनी २०७९ सालको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट लुम्बिनी प्रदेशसभाको समानुपातिक सांसदको सूचीमा परेका थिए।

रास्वपाले गत शुक्रबार र शनिबार सञ्चालन गरेको प्राइमरी इलेक्सन र अन्य प्रक्रियाका आधारमा थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending