Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा समूहगत आवाज उठ्ने आशंकामा एमाले केन्द्रीय समिति बैठक स्थगित

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता र सम्भावित भूमिकाबारे पार्टीभित्र चर्को बहस बढेपछि विधान अधिवेशनअघि हुने भनिएको केन्द्रीय समिति बैठक स्थगित गरेको छ ।

पार्टी स्रोतका अनुसार, भण्डारीको पक्षमा समूहगत रूपमा आवाज उठ्ने सम्भावना देखिएकाले बैठक रोकिएको हो । यस कदमले पार्टीभित्र आन्तरिक लोकतन्त्र र सदस्यता नीतिबारे नयाँ बहसलाई बल मिलाएको छ । विधान अधिवेशनमा यो विषय प्रमुख एजेन्डा बन्ने अपेक्षा गरिएको छ ।

उपाध्यक्ष सुरेन्द्र पाण्डेले सोमबार काठमाडौंमा आयोजित ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तरक्रियामा बोल्दै नेपालको संविधानले कुनै पनि व्यक्तिलाई पार्टी सदस्य बन्न रोक्न नपाउने स्पष्ट व्यवस्था गरेको बताए ।

‘संविधानले राष्ट्रपतिलाई पनि सदस्य हुन नहुने भनी उल्लेख गरेको छैन,’ पाण्डेले भने, ‘संविधानले केवल निर्वाचित, मनोनीत र नियुक्त पदमा रहेकाहरूलाई मात्र पार्टी सदस्यता स्वतः खारेज हुने व्यवस्था गरेको छ ।’

उनले थपे, ‘संविधानले खुला राखेको विषयलाई कुनै पार्टीले विधान बनाएर रोक्न मिल्दैन । प्रजातान्त्रिक अधिकारलाई कुण्ठित गर्ने काम कुनै पनि प्रजातान्त्रिक दलले गर्न सक्दैन ।’
पाण्डेले भण्डारी सदस्य बनेसँगै पार्टी अध्यक्ष भइहाल्ने भन्ने भ्रम निराधार रहेको उल्लेख गर्दै, अध्यक्ष हुने प्रक्रिया फरक भएकाले सदस्यता रोक्न नहुने धारणा राखे ।

एमालेका नेताहरूले पार्टीको आन्तरिक एकता जोगाउन यस्ता निर्णय आवश्यक भएको बताएका छन् । तर, भण्डारीको राजनीतिक भविष्यबारे पार्टीभित्र मतभेद यथावत छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending