अछाम । अछामको बिनायक नगरपालिकामा छाउपडी प्रथाका कारण बालिकासहित दुई जनाको ज्यान गएपछि प्रहरीले छाउगोठ भत्काउने अभियानलाई तीव्र बनाएको छ।
प्रहरीले पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानी चुरखोली टोलमा १९ वटा छाउगोठ ध्वस्त पारेको हो। महिनावारी भएका कारण त्रिपालमुनि बस्न बाध्य २८ वर्षीया निम खनाल र ७ वर्षीया कविता भण्डारीको ढुङ्गा खस्दा मृत्यु भएपछि अभियानलाई थप सशक्त बनाइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
सोही घटनामा रत्नकला भण्डारी घाइते भएकी छन्।
प्रहरी प्रमुखका अनुसार "महिला र बालिकाको ज्यान जाने स्थिति अन्त्य गर्न छाउगोठ भत्काउने र समाजमा सचेतना फैलाउने अभियान निरन्तर जारी रहनेछ"। उनले सुरक्षित र सम्मानजनक महिनावारी अभ्यासको संस्कृति विकास गर्न समाजकै साथ आवश्यक रहेको बताए।
१० वर्षमा १४ महिलाको मृत्यु
अछाममा छाउपडी प्रथाका कारण विगत १० वर्षमा १४ महिलाले ज्यान गुमाएका छन्। मृतकमध्ये पार्वती बुढा (२०७५), गौरी बुढा (२०७४), रोशनी तिरुवा (२०७३), डम्मरा उपाध्याय (२०७३), शर्मिला भुल (२०६९), लक्ष्मी बुढा, झुमादेवी शाही, डिक्रादेवी ढकाल, रतनदेवी विक, झुप्री ढोली, पार्वती दमाई, हंसा जैसी र हंसदेवी जोशी रहेका छन्।
शिक्षा र चेतना अपरिहार्य
सामाजिक कार्यकर्ता र सरोकारवालाहरूले छाउपडी अन्त्यका लागि कानूनी कार्यान्वयन मात्र पर्याप्त नभई शिक्षा, जनचेतना र समुदायको सक्रियता पनि अत्यावश्यक रहेकोमा जोड दिएका छन्।
हाल छाउपडी प्रथा उन्मूलनका लागि स्थानीय तह, प्रहरी, महिला समूह, विद्यालय र सञ्चारमाध्यमहरू मिलेर संयुक्त अभियान सञ्चालन गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: