गुल्मी । गुल्मीको मदाने गाउँपालिका–७ स्थित लामकाने सामुदायिक वनमा एक पुरुषको शव पासो लगाइ झुण्डिएको अवस्थामा फेला परेको छ। मृतक धुर्कोट गाउँपालिका–६ रजस्थल किटनीका ५६ वर्षीय शिवबहादुर घर्ति रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले पुष्टि गरेको छ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) गङ्गाबहादुर सारुका अनुसार भदौ १५ गते बिहान करिब १० बजे सल्लाको हाँगामा पासो लगाएर झुण्डिएको अवस्थामा घर्ति मृत भेटिएका हुन्।
मृतक घर्ति भदौ ८ गतेदेखि सम्पर्कविहीन थिए। परिवार र आफन्तले खोजी थालेपछि प्रहरीसमेत सक्रिय भएको थियो। लगातारको खोजतलासीपछि एक सातापछि सामुदायिक वनमा शव फेला परेको हो।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भुपेन्द्र थापा र इलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रहरी निरीक्षक विष्णुबहादुर गाहा नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो।
घटनाको प्रकृति हेर्दा प्रारम्भिक रूपमा आत्महत्या आशंका गरिएको भए पनि प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ। घटनास्थलको परिस्थितिजन्य प्रमाण संकलन, शव परीक्षण लगायतका प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।
स्थानीय सामुदायिक वनमा शव फेला परेको यस घटनाले सम्भावित मानसिक स्वास्थ्य समस्या, पारिवारिक अवस्था वा अन्य सामाजिक पृष्ठभूमिबारे समेत प्रश्न उठाइरहेको छ। यद्यपि, प्रहरीको अनुसन्धानपछि मात्रै घटनाको वास्तविक कारण खुलेको पुष्टि हुनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: