काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा (एस) का वरिष्ठ नेता झलनाथ खनालको ‘जनताको बहुदलीय जनवाद (जबज)’ सम्बन्धी टिप्पणीप्रति कडा आपत्ति जनाएका छन्।
खनालले हालै जबजको औचित्य सकिएको टिप्पणी गरेका थिए। उक्त टिप्पणीप्रति प्रतिक्रिया दिँदै पोखरेलले खनालले स्वयं नेतृत्व गरेर उक्त सिद्धान्त पार्टीमा स्थापित गरेको इतिहास स्मरण गराएका छन्।
‘जबज’ सिद्धान्त बनाउन नेतृत्व दिएको व्यक्ति अहिले आलोचक?’
पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लेखेका छन्, “जबजलाई सिद्धान्त हो भनेर आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्ताव राखेर पारित गराउने समाजवादीका सम्मानित नेताको यो अभिव्यक्तिले उहाँको वैचारिक धरातलको कमजोरीलाई संकेत गर्दछ।”
उनले प्रश्न गरेका छन्, “डेढ दशकअघि जबज कसरी सिद्धान्त भयो भनेर प्रस्ताव तयार गर्ने? र आज त्यसको सान्दर्भिकता सकिएको भनेर इतिहास बन्यो भन्नु कहाँ मिल्छ?”
‘विचार स्वार्थअनुसार परिवर्तन गर्न मिल्दैन’
पोखरेलले विचार र सिद्धान्तलाई नेताहरूले आफ्नो स्वार्थअनुसार प्रयोग गर्नु नहुने स्पष्ट उल्लेख गरेका छन्। उनका अनुसार जबजले वैज्ञानिक समाजवादसम्म वैचारिक नेतृत्व गर्ने मान्यताका आधारमा नेपाली क्रान्तिको मार्गनिर्देशक सिद्धान्तको रूपमा स्वीकारिएको थियो।
“त्यस प्रक्रियामा तपाईंको सहमति र नेतृत्व रहेको हो, होइन र?” भनी उनले खनालको भूमिकाप्रति कटाक्ष गरेका छन्।
के थियाे खनालको टिप्पणी ?
नेकपा (एस) का वरिष्ठ नेता झलनाथ खनालले केही दिनअघि एक कार्यक्रममा ‘जबज अब सान्दर्भिक छैन’ भन्दै टिप्पणी गरेका थिए। उनका अनुसार अहिलेको यथार्थमा नवप्रवर्तन आवश्यक छ र पुराना सिद्धान्तहरूका आधारमा समाजवादी आन्दोलन अघि बढ्न नसक्ने तर्क गरिएको थियो।
जबज नेपाली वाम आन्दोलनमा लामो समयसम्म वैचारिक मार्गनिर्देशकको रूपमा रहँदै आएको छ। खनालजस्तो वरिष्ठ नेताबाट यसको औचित्यमाथि उठाइएको प्रश्न र पोखरेलको कडा आपत्ति एमाले र नेकपा (एस) बीचको वैचारिक ध्रुवीकरणलाई झनै प्रस्ट्याउने संकेत हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: