Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

रुपन्देही–३ उपनिर्वाचन : रास्वापाका आकांक्षी रविलाई भेट्न नख्खु कारागारमा

आजै उम्मेदवार घोषणा गर्ने तयारी

खबरडबली संवाददाता

ललितपुर  । रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार चयन प्रक्रिया अन्तिम चरणमा पुगेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आकांक्षीहरूले पार्टी सभापति रवि लामिछानेलाई भेट्न ललितपुरस्थित नख्खु कारागार पुगेका छन्।

सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका छन्। उनी केही समयअघि भैरहवा कारागारबाट नख्खु सारिएका थिए। उम्मेदवार घोषणाअघि आकांक्षीहरू उनलाई भेट्न पुगेका हुन्।

रास्वपाले आजै सचिवालय बैठक बसाएर एक जनालाई उम्मेदवारको रूपमा घोषणा गर्ने तयारी गरेको छ। उम्मेदवार घोषणा हुनु केही समयअघि आकांक्षीहरू लामिछानेलाई भेट्न पुगेको घटनालाई पार्टीले नेतृत्वसँग अन्तिम छलफलको रूपमा हेरिएको छ।

रुपन्देही–३ मा पार्टीबाट उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका थिए। तीमध्ये एकजनालाई उम्मेदवार बनाउने निर्णय आजै सार्वजनिक गरिनेछ।

रास्वपाका ९ आकांक्षी को–को?

रास्वपाले २०७८ साल साउन ७ देखि २१ गतेसम्म उम्मेदवारका लागि आवेदन खुला गरेको थियो । प्राप्त आवेदकमध्येबाट ९ जनालाई आधिकारिक आकांक्षीको रूपमा छनोट गरिएको छ । 

कुसुम महर्जन – पार्टी केन्द्रीय सदस्य, मधु अर्याल – रुपन्देही–३ का क्षेत्रीय सभापति, सुलभ खरेल – अमेरिका बसाइ सकेर हालै फर्किएका, सेमलार, बुटवल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता – कोटहीमाई, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल आकांक्षीको रूपमा रहेका  छन् । 

 यीमध्ये कुसुम, मधु, सुलभ र जीतबहादुर बाहेक अन्य सबैजना भैरहवा क्षेत्रका हुन्।

रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राप्रपाका दीपक बोहराको निधन भएपछि निर्वाचन आयोगले कात्तिक १७ गते उपनिर्वाचन गर्ने घोषणा गरेको हो। बोहराको असामयिक निधनले यो निर्वाचन आवश्यक भएको हो।

रास्वपा नेतृत्वको पुनः परीक्षणको रूपमा हेरिएको यो उपनिर्वाचनमा पार्टीले कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा चासो बढिरहेको छ। कारागारमा रहेका सभापतिलाई आकांक्षीहरूले भेट्नुले उम्मेदवार चयनमा रविको भूमिकालाई अझै बलियो बनाएको देखिन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending