उदयपुर ।उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–६ मा अवस्थित रौतामाई मन्दिर धार्मिक आस्था, ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यको संगमको रूपमा स्थापित हुँदै गएको छ। सदरमुकाम गाईघाटदेखि करिब ४० किलोमिटर टाढा अवस्थित यो मन्दिर पछिल्लो समय धार्मिक पर्यटकको आकर्षण बन्न थालेको छ।
साबिकको बासखर गाविसमा पर्ने रौतामाई मन्दिर सँगै फैलिएको रौतापोखरी करिब एक बिघा क्षेत्रफलमा फैलिएको छ। वर्षैभरि पानी जमिरहने यो पोखरीमा स्नान गरेपछि देवीको दर्शन गर्दा रोगव्याधी हट्ने र मनोकामना पूरा हुने जनविश्वास छ। पोखरीको उत्तरतर्फबाट हिमाल देखिन्छ भने दक्षिण र पश्चिमतर्फ टाढासम्मका बस्ती, बजार र डाँडाकाँडा देखिन्छन्।
भीड बढ्दो, संरचना कमजोर
प्रत्येक वर्ष बैशाख १ गते आयोजना हुने मेला र माघ महिनाभरि चल्ने विशेष पूजाआजा यहाँको मुख्य धार्मिक कार्यक्रम हुन्। ती बेला आसपासका जिल्लाबाट हजारौँको संख्यामा भक्तजनहरू आउँछन्।
यहाँको देवी शक्तिशाली छन भन्ने विश्वास रहेकेा र हरेक शुक्रबार, शनिबार दर्शनार्थीको घुइँचो लाग्ने गरेपनि संरचनाको अवस्था भने धेरैजसो पुरानै रहेकेा स्थानीय बासिन्दा बताउँछन् ।उनीहरुका अनुसार मन्दिरको संरक्षण, सौन्दर्यीकरण र सडक स्तरोन्नति हुन सकेमा यहाँको महत्व अझै बढ्नेछ।
ऐतिहासिक कथा र धर्मकथा जोडिएको मन्दिर
यस मन्दिरसँग किंवदन्ती जोडिएको छ। ओखलढुङ्गा निवासी भुजुङ गुरुङको ५०० भेडा हराएपछि उनी यस स्थानमा आएर देवीको पूजाआजा गरे। भोलिपल्ट बिहानै सबै भेडा फेला परेपछि उनले कृतज्ञतास्वरूप यहीँ मन्दिर स्थापना गरेको भनाइ छ।
त्यसपछि उनका नातिले २००७ सालतिर मन्दिरलाई पुनर्निर्माण गरेर हालको स्वरूप दिएका थिए। सोही बेला रौतापोखरी पनि सफा गरी व्यवस्थित बनाइएको थियो।
पर्यटन प्रवर्द्धनमा स्थानीय तहको चासो
रौतामाई गाउँपालिकाले यस मन्दिर क्षेत्रलाई धार्मिक तथा आन्तरिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ । मन्दिर क्षेत्रको पूर्वाधार विकास गर्न चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको र सडक सुधार, सौर्य बत्ती, शौचालय, र विश्रामस्थल निर्माण प्राथमिकतामा रहेका गाउँपालिका अध्यक्ष वीरेन्द्र कुमार मगरले बताए । उनका अनुसार गाउँपालिकाको आन्तरिक पर्यटकीय नक्सामा रौतामाई मन्दिरलाई ‘मुख्य धार्मिक गन्तव्य’का रूपमा सूचीकृत गरिएको छ।
तर गाईघाटबाट रौतामाईसम्म पुग्न सहज भए पनि रानीबासबाट मन्दिरसम्मको १५ किलोमिटर सडक अझै कच्ची छ । बर्खामा सडक हिलो भएर गाडी जानसमेत मुस्किल पर्ने यात्रुहरू बताउँछन्।
आफ्नाे ठाउँमा धर्म, प्रकृति, इतिहास सबै भएपनि प्रचार–प्रसार नहुँदा साँचिकै सम्भावनाले भरिएको स्थान भएपनि सरकारको आँखा पुग्न नसकेकाे स्थानीयकाे भनाइ छ ।
रौतामाई मन्दिर उदयपुर जिल्लाको धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्पदामध्ये एक हो। यहाँको प्राकृतिक सौन्दर्य, जनविश्वास, धार्मिक परम्परा र ऐतिहासिकता समेटेर हेर्ने हो भने यो गन्तव्य सिंगो प्रदेश नं. १ को एक महत्त्वपूर्ण तीर्थस्थल बन्ने सम्भावना राख्दछ। यद्यपि संरचना सुधार, प्रवर्द्धन र लगानीको खाँचो अझै रहिरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: