ओखलढुंगा । “पहाडमा बोरिङ सम्भव हुँदैन” भन्ने धेरैको भनाइलाई गलत सावित गर्दै मानेभञ्ज्याङ गाउँपालिका–७, टोक्सेलमा डिप बोरिङ परियोजना सफल भएको छ। करिब १६ सय २५ मिटरको उचाइमा बोरिङबाट पानी निस्किएपछि स्थानीयवासीमा नयाँ उत्साह र आशा पलाएको छ।
टोक्सेलका बासिन्दाले वर्षौँदेखि खानेपानी अभाव झेलेका थिए। घण्टौं पैदल हिंडेर खोला–ढिस्कोमा पानी लिनुपर्ने बाध्यता थियो। सुख्खा मौसममा त धाराहरू सुकेर बालबालिकादेखि वृद्धवृद्धासम्म सबैजना टाढाटाढा पानी बोक्न जान्थे। “पानीकै कारण छोरीबुहारीलाई घरकामभन्दा बढी पानीको भारीले थकाइ दिन्थ्यो,” एक स्थानीय बासिन्दाले भने।
विशेषज्ञहरूले उच्च पहाडमा बोरिङ सम्भव नहुने तर्क गर्दै आएका थिए । तर गाउँपालिकाको पहलमा गरिएको प्राविधिक अध्ययनले सम्भावना देखायो । त्यसपछि सुरु भएको डिप बोरिङ कार्यले अन्ततः परिणाम दिएको हो।
उद्घाटनको दिन गाउँमा हर्षको वातावरण थियो । बोरिङबाट निस्किएको पानी देखेर स्थानीयहरूले ताली बजाए, कसैले मोबाइलमा भिडियो खिचे, कसैले बच्चालाई काखमा राखेर देखाए।
टाेक्सेलमा इतिहास बनेका कारण गाउँपालिकाका अन्य स्थानमा पनि याे कदम चालिने,” गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली राईले बताए । “यो केवल खानेपानी परियोजना मात्र होइन, विश्वास र सम्भावनाको विजय हो” उनले भने । जिल्लाकाे सबैभन्दा बढी सुख्खा क्षेत्रका रुपमा रहेकाे याे गाउँपालिकामा याे सफलताले अग८ी बढ्न प्रेरित यरेकेा उनकाे भनाइ छ ।
यस परियोजनाबाट गाउँको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान हुने अपेक्षा गरिएको उनले बताए । विद्यालयदेखि घरधुरीसम्म सुरक्षित खानेपानी पुग्ने र स्वास्थ्य–स्वच्छतामा सुधार आउने विश्वास गरिएको छ।
स्थानीयहरूले अब कृषिमा पनि बोरिङबाट निकालिएको पानी उपयोग गर्न सकिने सम्भावना देखेका छन्।
टोक्सेलको सफलताले “पहाडमा बोरिङ सम्भव छैन” भन्ने मान्यता अब पुरानो भएकाे र इच्छाशक्ति, प्रयास र प्रविधि भए पहाडमै पनि चमत्कार सम्भव रहेकाे सन्देश दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: