काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. अरनिको पाँडेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा शुक्रबार पाँडेको बयान सुरु भएको छ। बयान सकिएपछि थुनछेक बहस हुने र त्यसपश्चात पुर्पक्षका लागि थुनामै पठाउने कि तारेख वा धरौटीमा छाड्ने भन्नेबारे आदेश आउने अदालत स्रोतले जनाएको छ। सम्भवत आजै आदेश आउने सम्भावना रहेको छ।
बुधबार साँझ उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीले पक्राउ गरेको थियो। पाँडेविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरिएको हो।
बिहीबार मात्रै अदालतले उनलाई चार दिनको म्याद थप्दै हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। तर, हिरासतमा राखिएको विषयमा सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा आलोचना हुन थालेपछि मुद्दा फास्ट ट्रयाकमा अघि बढाइएको स्रोतले जनाएको छ।
पाँडेले बेलायतमा बसोबास गर्ने एक महिलालाई इमेल र ह्वाट्सएपमार्फत गाली गलौज र अपशब्द प्रयोग गरेको आरोप छ। ती महिला नेपाल आएर प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार उनीहरू पूर्व–परिचित व्यक्ति हुन्, तर पछिल्लो समय सम्बन्ध बिग्रिएपछि विवाद चर्किएको हो।
डा. अरनिको पाँडे वातावरणविद् तथा शिक्षाविद् हुन्। उनी २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गरेका थिए। रास्वपा सरकारमा सहभागी हुँदा पाँडे २०८० सालमा राष्ट्रिय योजना आयोगका सदस्य समेत बनेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...




प्रतिकृया लेख्नुहोस्: