काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. अरनिको पाँडेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा शुक्रबार पाँडेको बयान सुरु भएको छ। बयान सकिएपछि थुनछेक बहस हुने र त्यसपश्चात पुर्पक्षका लागि थुनामै पठाउने कि तारेख वा धरौटीमा छाड्ने भन्नेबारे आदेश आउने अदालत स्रोतले जनाएको छ। सम्भवत आजै आदेश आउने सम्भावना रहेको छ।
बुधबार साँझ उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीले पक्राउ गरेको थियो। पाँडेविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरिएको हो।
बिहीबार मात्रै अदालतले उनलाई चार दिनको म्याद थप्दै हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। तर, हिरासतमा राखिएको विषयमा सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा आलोचना हुन थालेपछि मुद्दा फास्ट ट्रयाकमा अघि बढाइएको स्रोतले जनाएको छ।
पाँडेले बेलायतमा बसोबास गर्ने एक महिलालाई इमेल र ह्वाट्सएपमार्फत गाली गलौज र अपशब्द प्रयोग गरेको आरोप छ। ती महिला नेपाल आएर प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार उनीहरू पूर्व–परिचित व्यक्ति हुन्, तर पछिल्लो समय सम्बन्ध बिग्रिएपछि विवाद चर्किएको हो।
डा. अरनिको पाँडे वातावरणविद् तथा शिक्षाविद् हुन्। उनी २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गरेका थिए। रास्वपा सरकारमा सहभागी हुँदा पाँडे २०८० सालमा राष्ट्रिय योजना आयोगका सदस्य समेत बनेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: