Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय बैठक काठमाडौंमा, विधान संशोधन एजेन्डामा

खबरडबली संवाददाता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टीको केन्द्रीय समिति बैठक आह्वान गरेकी छन्। बैठक आगामी भदौ १५ र १६ गते राजधानी काठमाडौंस्थित कान्तिपथको होटल एल्लो प्यागोडामा बस्नेछ।

बैठकमा संस्थापक केन्द्रीय सदस्यहरू, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरू, साथै पालिका प्रमुख र उपप्रमुखहरूलाई समेत उपस्थितिका लागि आग्रह गरिएको छ।

पार्टी स्रोतका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, विधान संशोधन, केन्द्रीय सदस्य मनोनयन, निर्वाचन आयोगसमक्ष हुने पार्टी अद्यावधिक प्रक्रिया, र अन्य विविध विषयवस्तुहरू एजेन्डाका रूपमा समावेश गरिएको छ।

अध्यक्ष श्रेष्ठ नेतृत्वको नाउपा भित्र पछिल्ला दिनमा संगठनात्मक गतिविधि सक्रिय बनाउने प्रयासस्वरूप यो बैठक विशेष महत्वको मानिएको छ।

बैठकले आगामी राजनीतिक रणनीति तय गर्नुका साथै, संगठनात्मक सुदृढीकरणमा नयाँ निर्णयहरू ल्याउने अपेक्षा गरिएको छ।

नाउपाले पछिल्ला केही महिना यता जनजाति अधिकार, नागरिकताको सवाल र संघीयताको कार्यान्वयनजस्ता मुद्दाहरूमा आफ्नो धारणा स्पष्ट पार्दै आएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending