तपाईंले रोमियो-जुलियट, लैला–मजनु, मुना–मदनजस्ता प्रेमिल कथाहरू थुप्रै सुन्नु, पढ्नु भएको छ होला जसमा प्रेम सफल थियो, संघर्ष थियो, तर प्रेमको गौरव थियो। तर कहिल्यै हामीले असफल प्रेम सम्बन्धका कथा किन धेरै सुन्दैनौँ ?
नेपाली समाजमा, चाहे चलचित्र होस् वा लोककथा, प्राय: खलनायकहरू कुरुप देखाइन्छन्, पराजित गरिन्छन्। तर जब रुवी र लक्ष्मणको जस्तो गहिरो प्रेम सम्बन्ध सामाजिक संरचनाको ठूला प्रश्नहरू लिएर आउँछ त्यसलाई बुझ्न खोज्ने भन्दा पनि गलत प्रमाणित गर्न उद्धत हुन्छन् समाज, मिडिया, अनि आफैं हामी।
के रुवी हत्या प्रकरणमा लक्ष्मण पासवान दोषी नै हुन् ? उनले आत्मदाह गर्नु अघि उल्लेख गरेका नामहरू, उनीहरूकै कारण आफूहरू असफल भएको बयान, र उनको अन्तिम सन्देश हामी समाजले बिर्सन मिल्ने कुरा होइन।
जातीयता, गरिबी, सामाजिक प्रतिष्ठा, र मानसिक तनावले बनाएको यो विडम्बनापूर्ण परिस्थितिमा दोष केवल व्यक्तिको होइन, संरचनाको हो। रुवीकी आमाले वर्गीय र जातीय आधारमा विवाह तोडाउनु, समाजले उनको सम्बन्ध स्वीकार नगर्नु यी सबै कुरा लक्ष्मणको चरम मानसिक असन्तुलन र अन्तत: हत्या आत्महत्यातर्फ डोहोरिने अवस्थाको पृष्ठभूमि हुन्।
हामी समाजले प्रेमिल सम्बन्धलाई सधैँ सफल हुने, आदर्श हुने भन्न खोज्छौँ। तर जब असफलता आउँछ, त्यहाँ दोष खोजिन्छ-अनि त्यो दोष प्रेम गर्नेहरूमा मात्र देखिन्छ। तर, के समाजको जिम्मेवारी छैन ?
राज्य संयन्त्रले लक्ष्मणलाई गम्भीर चोटपटकपछि समेत मानवीय व्यवहार नगर्नु, हेलीमार्फत उपचार नगर्नु यी कुराहरूले मानव अधिकारका गम्भीर प्रश्न उठाउँछन्।
हत्या गर्नु वा आत्महत्या गर्नु समाधान होइन। प्रेम सम्बन्धमा असफलता पनि जीवनको एक चरण हो, जसलाई अर्को विकल्पबाट समाधान गर्न सकिन्थ्यो। काश! उनीहरूले समाजसँग लड्ने हिम्मत राखेकाे भए नयाँ जीवन सुरु गर्न सक्थे ।
(लेखक थापा फर्मासिष्ट हुन् ।)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - १७:४७
सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले मुख्यमन्त्री पदमा दाबी प्रस्तुत ग...
श्रावण १२ गते, २०८३ - १७:४०
काठमाडौं । सुनसरीमा भएको हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा अवस्था र त्यसको प्रभाव अन्य जिल्लामा फैलिन थालेपछि गृह मन्त्रालयमा उच्चस्तरीय सुरक्षा बैठक ...
श्रावण १२ गते, २०८३ - १७:३४
काठमाडौँ। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भए लगत्तै काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । वरिष्ठ नेता ...
श्रावण १२ गते, २०८३ - १७:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरीलगायत पूर्वी जिल्लामा पछिल्लो समय भएका हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ । रास्वप...
श्रावण १२ गते, २०८३ - १७:२४
इनरुवा। सुनसरीस्थित पूर्व-पश्चिम राजमार्ग(महेन्द्र राजमार्ग) को आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्...
श्रावण १२ गते, २०८३ - १६:५५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप...
श्रावण १२ गते, २०८३ - १६:५१
बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले भारतको धौलीगंगा पावरस्टेसनको स्लज (लेदो) सफाइका लागि बाँध खोलिने भएकाले महाकाली नदी आसपासका बासिन्दालाई उच्च स...
श्रावण १२ गते, २०८३ - १६:०८
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा बन्द हुँदा नागरिकको स्वास्थ्य अधिकार प्रभावित भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको...
श्रावण १२ गते, २०८३ - १६:०३
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचा...
श्रावण १२ गते, २०८३ - १५:५४
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले काभ्रेको नालामा रहेका सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको अनुगमन तथा निरीक्षण ...



प्रतिकृया लेख्नुहोस्: