Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

प्रधानमन्त्रीकाे सम्बोधन रास्वपा र राप्रपाले बहिष्कार गर्ने

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद बैठकमा सम्बोधन गर्दै छन् । चीन भ्रमणमा जानुपूर्व उनले प्रतिनिधिसभा बैठकमा मन्तव्य राख्ने भएका हुन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार प्रस्थान गर्ने कार्यक्रम छ । साङघाई सहयोग संगठन शिखर सम्मेलनमा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् । उनकाे चीनपछि भारत भ्रमणमा जाने तालिका रहेको छ ।

आजको सम्बोधन प्रधानमन्त्रीले आसन्न चीन र भारत भ्रमणबारे जानकारी गराउने छन् । पछिल्लो समय उब्जिएको लिपुलेक–कालापानी विवादबारे पनि सरकारको धारणा राख्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्रीको सम्बोधनलाई दुई प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी  र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने बहिष्कार गर्ने भएका छन् । भिजिट भिसाको दुरुपयोगसम्बन्धी प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै दुई दलले लामो समयदेखि गरिरहेको संसद बहिष्कारलाई आज पनि निरन्तरता दिने भएका हुन् ।

आज रास्वपाले प्रधानमन्त्रीलाई बोल्न दिने भनेर केही सञ्चारमाध्यममा आएका समाचारलाई प्रवक्ता मनिष झाले इन्कार गरे । उनले भने, ‘हाम्रो अवरोध निरन्तर छ, र आज पनि रहन्छ । हाम्रो मागको सम्बोधन नभएकाले प्रधानमन्त्रीको सम्बोधन सुनेर बस्दैनौं ।’ रास्वपाको तर्फबाट गणेश पराजुलीले बोलेर सबै सांसदहरू बाहिरिने तयारी गरिएको छ । 

यस्तै राप्रपाले पनि संसद बहिष्कार गर्ने सो पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीको सम्बोधनका विषयमा कुनै नयाँ निर्णय भएको छैन । बहिष्कार जारी रहन्छ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending