Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

करोडपति बनेर उचाइ चुमेका नामगेल सडकमा गिटी कुट्दै, शेर्पाको आँसु र आशाले भरिएको जीवन

तस्बिरः नबराज कार्की
नबराज कार्की
नबराज कार्की

ओखलढुंगा ।  कुनै समय करोडौँको कारोबार गर्दै सयौँलाई रोजगारी दिने नामगेल शेर्पा आज भने ओखलढुंगाको सडक किनारमा गिटी कुटेर पेट पाल्छन् । जीवनको यस्तो उतार–चढाव सुन्दा नै हरेकलाई अचम्म लाग्छ। तर, राजधानी काठमाडौंमा करोडौँको कारोबार गर्दै सयौँलाई रोजगारी दिने व्यवसायी शेर्पा अहिले सडक किनारमा बस्न बाध्य छन्। 

२०५६ मा उनले द क्रिएटिभ डिजाइनर्स नामक कम्पनी सुरु गरेका थिए । पहिलो वर्षमै १३ लाख नाफा कमाए। दोस्रो वर्ष ४५ लाख र तेस्रो वर्ष ७५ लाख नाफा । चन्द्रागिरि नजिक बंगला, २८ आना जग्गा, निजी कार, महँगा स्कूलमा छोराछोरीको पढाइ—सबैसँग सम्पन्न जीवन बाँचिरहेका थिए। 

शेर्पाको कम्पनीले विदेशी बजारमा समेत आफ्नो ख्याती बनाइसकेको थियो । काठमाडौंमै बंगला, २८ आना जग्गा, निजी कार, छोराछोरीलाई महँगा स्कुलमा पढाउने हैसियत—सबैसँग उनी जीवनको शिखरमा पुगे । करिब ५०० जनालाई रोजगारी दिएका उनी समाजमै आदर्श सफल उद्यमी मानिन्थे ।

तर, २०६२–६३ सालको आन्दोलन र द्वन्द्वका कारण उनका विदेशी ग्राहक हराए, व्यवसाय डुब्यो र सम्पत्ति चकनाचुर बन्यो । व्यवसायसँगै सम्पत्ति पनि हराउँदै गयो । कुनै बेला करोडका मालिक आज शून्यमा पुगे । आज नामगेल शेर्पासँग न त पुरानै सम्पत्ति छ, न त सुविधा । उनको घरमा बिजुली पनि छैन। पार्किन्सन रोगले सताएको छ। तर, हिम्मत गुमाएका छैनन् ।

तर उनले जीवनप्रतिको विश्वास भने गुमाएका छैनन् । ओखलढुंगाको सडक किनारमा बस्छन्,  दिनभर गिटी कुट्छन् । ज्यादै परिश्रम गरे पनि दिनको १००–१५० रुपैयाँ मात्र कमाउँछन्।

उनले हाँस्दै भने, “पहिला म करोडमा रमाइरहेको थिएँ, अहिले रोडमा रमाइरहेको छु । तर जीवनमा हार खाएर केही हुँदैन।” उनको कथा केवल संघर्षको मात्र होइन, धैर्य, सकारात्मक दृष्टिकोण र जीवनप्रतिको अटूट प्रेमको सन्देश दिन्छ । उनी आफ्नो अवस्था बुझाउँदा हाँस्दै भन्छन्, मान्छेले सम्पत्ति गुमाउन सक्छ, तर आत्मबल गुमाउनु हुँदैन।

नामगेल शेर्पाको कथा केवल पतनको कथा होइन । यो संघर्ष, धैर्य र जीवनप्रतिको सकारात्मक दृष्टिकोणको कथा हो । उनले पैसा र सम्पत्ति अस्थायी हुने हुँदा जीवनमा हारे पनि फेरि उभिन सकिने र धैर्य र सकारात्मक सोच नै जीवनको सबैभन्दा ठूलो सम्पत्ति भएके बताउँछन् ।

नामगेल शेर्पाको जीवन कथाले हामीलाई सम्झाउँछ,  सफलता र असफलता त जीवनको यात्रा हो, तर वास्तविक जित धैर्य र साहसले मात्र सम्भव हुन्छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending