रुपन्देही । रुपन्देही–३ मा आसन्न उपनिर्वाचनको पूर्वसन्ध्यामा नागरिक उन्मुक्ति पार्टी (नाउपा) गहिरिँदो विवाद र दुई धारमा विभाजित देखिएको छ। संरक्षक रेशम चौधरीले डा. उमाशंकर चौधरीलाई स्वतन्त्र उम्मेदवारका रूपमा अघि सार्ने संकेत गरे पनि अध्यक्ष रञ्जिता श्रेष्ठको मौनता र जनमत पार्टीको फरक रणनीतिले यो उम्मेदवारी सहज हुने देखिँदैन।
रेशम चौधरीले बिहीबार सामाजिक सञ्जालमा डा. उमाशंकरको फोटो पोष्ट गर्दै मौन समर्थन जनाएपछि राजनीतिक चर्चाले गति लिएको छ। पार्टीको केन्द्रीय सदस्य र वरिष्ठ उपाध्यक्ष राकेश कोइरीका अनुसार डा. उमाशंकरलाई मोर्चाको साझा उम्मेदवार बनाउने तयारी भएको छ। तर, डा. उमाशंकर आफैंले यसलाई अहिलेसम्म संस्थागत निर्णय नआएको बताउँदै चोखो स्पष्टता दिएका छैनन्।
अर्कोतर्फ, नाउपाभित्रै अध्यक्ष श्रेष्ठको धारणा अझै अज्ञात छ। उनी यसअघि रुपन्देही–३ बाट पार्टीकै उम्मेदवार उठाउने घोषणा गरिसकेकी थिइन्। पार्टी विभाजनका कारण निर्वाचन आयोगमा नाउपा दर्ता हुन नसक्दा स्वतन्त्र उम्मेदवारीमार्फत प्रतिस्पर्धा गर्ने योजना बनेको हो। तर रेशम चौधरीले प्रस्ताव गरेको उम्मेदवारमा पार्टी अध्यक्षको सहमति नहुँदा उम्मेदवारी कत्तिको प्रभावकारी हुन्छ भन्नेमा शंका उत्पन्न भएको छ।
यहीबीच, लोकतान्त्रिक मधेसी मोर्चाका घटक दलहरूले भने रेशमको उम्मेदवारलाई साझा उम्मेदवार बनाउने निर्णय पुन: दोहोराएका छन्। जसमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता प्रगतिशील दल, राष्ट्रिय मुक्ति पार्टी र तराई–मधेस लोकतान्त्रिक पार्टी सहभागी छन्।
तर, मोर्चाकै अर्को घटक जनमत पार्टीले भने उपनिर्वाचनमा कसैसँग साझेदारी नगर्ने निर्णय गरिसकेको छ। यसले रेशम चौधरीको उम्मेदवारीमा गम्भीर चुनौती थपिएको छ, विशेषगरी जब जनमतबाट धनीराम चौधरी उम्मेदवार बन्ने पक्का भएको छ। उनी नाउपाका पूर्व उम्मेदवार समेत हुन्, जसले अघिल्लो निर्वाचनमा राम्रै मत ल्याएका थिए।
उता, डा. उमाशंकर चौधरी थारु समुदायका प्रतिष्ठित अनुहार हुन्। उनी लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा निर्देशक भएर सेवा गरेपछि थारु आयोगको सदस्यसमेत बनेका थिए। भैरहवा निवासी डा. सरोजसिंह चौधरी पनि रेशमको 'ब्याकअप' उम्मेदवारको रूपमा चर्चामा छन्, तर उनको नाम हालसम्म औपचारिक रूपमा अगाडि आएको छैन।
रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको विवाद अझै टुंगिएको छैन। चौधरी पक्षले लालवीर चौधरीलाई नयाँ अध्यक्ष बनाए पनि निर्वाचन आयोगले श्रेष्ठलाई नै आधिकारिकता दिएको छ। आयोगले तोकेको दर्ता समय साउन २७ गते समाप्त भइसकेकाले अब नाउपाले स्वतन्त्र उम्मेदवारीकै बाटो समाउनुपर्ने निश्चितजस्तै छ।
यसरी, मधेसी र थारु समुदायको दबदबा रहेको यो क्षेत्रमा साझा उम्मेदवारीको अवधारणामा देखिएको भाँजो र आन्तरिक कलहले उम्मेदवारको जितभन्दा बढी पार्टी अस्तित्वकै लडाइँ देखिन थालेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: