काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत केही विभागहरूको शुल्क घटाउने विषयमा गरिएको सहमतिप्रति स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) ले आपत्ति जनाउँदै सम्झौता गर्ने व्यक्तिको आधिकारिकता माग गरेको छ।
स्ववियु अध्यक्ष दीपकराज जोशी नेतृत्वको टोलीले त्रिवि पदाधिकारीलाई बुझाएको ज्ञापनपत्रमा शुल्क घटाउने सम्झौता शैक्षिक, वैज्ञानिक र वस्तुगत आधारविनाको 'कागजको खोस्टा' भएको आरोप लगाइएको छ।
“विभागको कार्यक्रमबाट विभागमा रूपान्तरण भएपछि शुल्क घट्नु स्वाभाविक हो। तर, भ्रम सिर्जना गर्ने गरी गरिएको यस्तो निर्णयले विद्यार्थीलाई थप अन्यायमा पुर्याएको छ,” ज्ञापनपत्रमा उल्लेख छ।
स्ववियुले शुल्क घटाउने निर्णय कसले र कुन हैसियतमा गर्यो भन्ने प्रश्न उठाउँदै यो निर्णय विद्यार्थी शोषण वैधानिक बनाउने अर्को नाटक भएको आरोप लगाएको छ।
“सम्झौता गर्ने व्यक्तिको आधिकारिकता के हो भन्ने प्रश्न खडा भएको छ। अब यस्तो नाटक सह्य हुने छैन,” स्ववियुको चेतावनी छ।
चार विभागमा शुल्क घटाउने निर्णय विवादमा
त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतका चार विभाग:
अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति
लैंगिक अध्ययन
सामाजिक कार्य
द्वन्द्व, शान्ति तथा विकास अध्ययन
यी विभागहरूमा शुल्क घटाउने सहमति अखिल (क्रान्तिकारी) र त्रिवि प्रशासनबीच भएको थियो। तर, स्ववियुले उक्त निर्णयमा आफूहरू समावेश नभएको भन्दै त्यसको वैधानिकतामाथि प्रश्न उठाएको हो।
छात्रवृत्ति प्रणालीमा पनि असन्तोष
स्ववियुले त्रिविको छात्रवृत्ति निर्देशिका विभेदकारी र अन्यायपूर्ण रहेको भन्दै आपत्ति जनाएको छ। “निःशुल्क छात्रवृत्ति प्रत्येक वर्ष एउटै विद्यार्थीलाई दोहोरिने व्यवस्थामा हाम्रो विमति छ,” ज्ञापनपत्रमा भनिएको छ।
स्ववियुले त्रिविलाई तीन दिनभित्र शुल्क पुनर्मूल्याङ्कन समिति गठन गर्न माग गर्दै त्यसो नगरे श्रृंखलाबद्ध आन्दोलन सुरू गर्ने चेतावनी दिएको छ।
“आन्दोलनबाट सिर्जना हुने परिस्थिति को सम्पूर्ण जिम्मेवारी त्रिवि प्रशासनको हुनेछ,” ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
स्ववियुले त्रिविमा शुल्क निर्धारण प्रक्रिया पारदर्शी र वैज्ञानिक हुनुपर्ने माग राख्दै आएको छ। यसपटकको विवादले त्रिविमा नीतिगत संवादको अभाव र विद्यार्थी संगठनबीचको प्रतिस्पर्धात्मक शक्ति संघर्ष समेत उजागर गरेको देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: