Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

सामान्य स्थितिमा अझै फर्कन सकेन चौतारा बजार

\"chautara\"चौतारा । सिन्धुपाल्चोकको सदरमुकाम चौतारालगायत मुख्य बजारका रुपमा रहेका बाह्रबिसे, मेलम्ची लगायतका बजार सामान्य स्थितिमा अझै फर्कन सकेका छैनन् । भूकम्पपछिको परकम्पले जमिन थिलथिलो भई लाखौँको लगानीमा निर्माण गरी बनाइएका अग्ला घर भत्काउन घरधनीले नै लाखौँ खर्चनुपर्ने परिस्थिति रहेकाले कतिपयले क्षतिग्रस्त घरको भग्नावशेष अझै पन्छाउन सकेका छैनन् । अग्ला पक्की भवनलगायत सम्पूर्ण भौतिक संरचना ध्वस्त भई बजार कुरुप बन्न पुगेपछि भूकम्प गएको छ महिनापछि क्रमशः टहराको रुपमा विकास हुने क्रममा अघि बढ्न थालेको छ । सुरुमा अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन ९आइओएम० नामक संस्थाले क्षति भएका घर भत्काउने र पन्छाउने काम गरे पनि थोरै समय काम गरेपछि हात झिकेका कारण हाल घरधनीले उल्टै लाखौँ खर्चेर भत्काउने र पन्छाउने काम गर्दै आइरहेका छन् । बजारका कतिपय क्षतिग्रस्त अग्ला भवन अझै पनि त्यत्तिकै रहेकाले बाटो हिँड्नसमेत जोखिम मोल्नुपर्ने अवस्था रहेको छ । चौतारा नगरपालिकाले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेका कारण भग्नावशेष पन्छाउने काम अलपत्र अवस्थामा छ । चौताराको पुरानो बजारमा अधिकांश ढुङ्गामाटोले बनेका कच्ची र केही पक्की घरसमेत ध्वस्त भएकाले भग्नावशेष नपन्छाउँदा प्रायः सुनसान नै रहेको छ । नयाँ बजार पनि कच्ची पक्की दुवै किसिमका घर ध्वस्त भएपछि कतिपय घर जोखिमको अवस्थामा रहेका र कतिपयले टहराको रुपमा धमाधम निर्माण गर्न थालेका छन् । यसरी निर्माण गरिएका टहरामा सामान्य एक कोठाको भाडा भने पहिलेको तुलनामा १० देखि २० गुणा महँगो भएको छ । पहिले रु दुई हजार भाडा तिरेर बत्ती, पानी र शौचालयको सुविधा लिई शैलुन चलाउने विक्रु ठाकुरले हाल टहराको सानो कोठाको बिनासुविधा मासिक रु पाँच हजार भाडा तिर्नुपरेको गुनासो सुनाए । त्यस्तै अर्का रेडिमेट पसल गर्ने अमर गिरीले सानो कोठाको मासिक रु ११ हजार भाडा तिर्नुपरेको बताउँछन् । अर्का थोक विक्रेता कमल श्रेष्ठले पनि पहिले पक्की घरमा सबै सुविधासहित मासिक रु दुई हजार ५०० तिर्दै आएकामा हाल टहराको सानो कोठाको मासिक भाडा रु सात हजार तिर्नुपरेको बताउँछन् । चौतारा बजारमा कतिपय घरधनीले टहरोसमेत बनाउन सकिरहेका छैनन् भने केहीले बनाएको टहराको एउटा सानो कोठाको मासिक भाडा रु २० हजारसम्म तोक्दै आएका छन् । भूकम्प गएको मौका छोपेर चौतारा नगरपालिकाले भने चौतारा बहुमुखी क्याम्पसदेखि टुँडिखेलसम्मको साँघुरो सडकलाई फराकिलो तुल्याउन सडकको दायाँबायाँ साढे चार मिटर मापदण्ड तोकेको छ । कतिपयले पुनःनिर्माण गर्दा नगरपालिकाले तोकेको मापदण्डअनुसार नै गरेका छन् भने कतिपयको भने मापदण्डअनुसार गर्ने हो भने बास नै टुङ्गिने अवस्थासमेत रहेको छ । करिब दुई किमी क्षेत्रमा पर्ने बजारका सडक ज्यादै साँघुरो भएकाले सवारी साधन आवतजावतमा वर्षौंदेखि समस्या भोग्दै आउनुपरेको यथार्थता रहेको छ । सडकको मापदण्ड नमान्ने घरधनीलाई कारबाही गरेरै छाड्ने नगरपालिकाका कार्यकारी अधिकारी श्रीकृष्ण पौडेल बताउँछन् । भत्केका घरधनीहरु कतिपयले आवश्यक जमिन छाडेर निर्माण गरेका छन् भने नभत्केका घरका लागि पनि सर्वपक्षीय र सर्वदलीय बैठकले निर्णय गरी भत्काउने अडान नगरपालिकाले लिएको छ । ‘अब बन्ने घरको अनिवार्य नक्सा पास गर्नुपर्छ’ – कार्यकारी अधिकृत पौडेलले भने– ‘नभत्काउने घरधनीलाई बत्ती, पानीलगायतको सुविधाबाट वञ्चित गराइनेछ ।’ विनाशकारी भूकम्पपछि चौतारा बजारको क्षतिग्रस्त घरलाई पन्छाएर टहरो मात्र बनाउने हो भने पनि अझै वर्षौं लाग्ने स्थानीयवासी बताउँछन् । त्यस्तै सरकारी भवन पनि क्षतिग्रस्त भएकाले पुनःनिर्माणमा निकै समय लाग्ने अनुमान गरिएको छ । हाल चौतारा अस्पताललगायत कतिपय सरकारी कार्यालयहरु टेन्ट र टहरोबाट सञ्चालन हुँदै आइरहेका छन् । बजार क्षेत्रका कतिपय भग्नावशेष अझैसम्म पन्छाउन नसकेपछि साँझबिहान हिँड्न पनि असहज महसुस भएको छ । भूकम्पले बजार क्षेत्रमा मात्र १५ जनाले ज्यान गुमाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: